सहकारीबाट समृद्धि

६ हजारको लगानी ३५ वर्षमा करोडौको सम्पत्ती कसरी भयो सम्भव (भिडियोमा हेरौ)

 

दमक/
सायद ४५ साल तिरको कुरा हुनु पर्छ कृष्ण मोहन शाहले दमकमा तरकारी बेच्न थाल्नु भएको । उहाँको बुबा पनि व्यवसायनै गर्नु हुन्थ्यो । तर खाद्यन्नको अर्थात गाउँका धान खरिद गर्ने र बेच्ने काम उहाका बुबाले गर्नु भयो । पछि कृष्णमोहनलाई पनि व्यवसाय गर्न मन लाग्यो । तर बुबाको जति पुजी थिएन । व्यवसाय सुरु गर्न भनेर उहाँसँग ६ हजार रुपैँया थियो । त्यहिबाट दमकको पुराना तरकारी बजारमा खुल्ला ठाउँमा बसेर तरकारीको पसल थापेको र संघर्ष गर्न सुरु गरिएको उहाँले स्मरण गर्नु भयो ।
त्यो सुरुवाती बेला थियो । तर अहिले अवस्था फेरिएको छ । अहिल उहाँ तरकारी तथा फलफूलका सामाग्री खुद्रामा बेच्नु हुन्न । बोराका बोरा, गाडीका गाडी लोड अनलोड हुन्छ ।

देशका विभिन्न ठाउँमा उहाँले तरकारी एवं फलफूल पठाउन सक्ने हुनु भएको छ । किसानका बारीमा गएर , बोट बोटमै गएर रुखमा फलेका सबै उत्पादन उहाँले खरिद गरेर ल्याउनु हुन्छ । त्यसमध्येबाट केहि प्रतिशत मुनाफा राखेर अहिले होलसेलमा बेच्नु हुन्छ ।
अहिले सम्म यहि तरकारी बेचेर उहाँले दमक बजारमा ३ वटा घर बनाउनु भएको छ । ५ वटा गाडी किन्नु भएको छ । छोराछोरीलाई भनेकै ठाउँमा र विषय पढाउनु भएको छ । अथक मिहनत , लगनशिल र निरन्तर कर्मको फलनै आफ्नो सफलताको आधार बनेको उहाँको अनुभव छ ।
बाईट,
उहाँ मात्रै कहाँ होर आफ्नो कर्म र निरन्तर मिहनतले एक उत्कृष्ट संघर्षशिलको पाठशाला बन्नु भएका अम्बर बोहोरलाई पनि हेरे पुग्छ । भारतको आसामबाट आएर दमक बस्न थाल्नु भएका बोहोराले दमकका निकै दुख पनि पाउनु भयो । तर त्यसबेला पाएको दुखले अहिले सुख मिलेको छ । सुरुवातको बेलामा आफ्नो खल्तिमा रहेको ७ हजार ७ सय रुपैँयाले चिखा खाने कप, पकाउने कित्ली , च्यारङ्ग, चिनी किनेर एउटा चिया पसल सुरु गर्नु भयो ।
सानो कटेरोमा सुरु भएको त्यो चिया पसलबाटै उहाँले यो क्षेत्रमा सफलता हाँसिल गर्नु भयो । अहिले उहाँ निम्स नेशनल हस्पिटल भित्र चमेना गृह सञ्चालन गनुहुन्छ । सुरुमा उहाँलाई एक रुपैँया पनि ऋण कसैले पत्याएनन् । तर आफ्नो व्यवसाय चल्दै गएपछि सबैको मन जीत्नु भयो । विस्वास पढ्न थाल्नु भयो । व्यवसाय बढाउन ऋण पनि चाईयो । लिनु भयो तर त्यो ऋणलाई जे कामकालागि लिनु भयो त्यहि काममा लगाएर उहाँले मनग्गे आम्दानी गर्नु भयो ।
ऋण नलिई व्यापार गर्न उती सहज छैन । बोहोराले पनि ऋण लिएरै व्यवसाय गर्नु भयो । तर लिएको ऋण कसरी तिर्ने उहाँले सुत्र अपनाउनु भयो । त्यो सुत्रले उहाँलाइ सफल बनायो । न ऋणको भार कहिलै पर्यो । न ऋणले उहाँको सर्वस्व नै डुबायो । ऋणले त उहाँले झन कमाई दियो । जीन्दगीमा सुख थपीदियो ।
यता दमक ६ मा १५ वर्ष देखि मोवाईल तथा यसका पार्ट पुर्जाको सामाग्री बेच्दै आउनु भएका उमनाथ अर्याल अर्थात सबैका मामाले पनि समय चीन्नु भयो । समयको मागलाई ध्यान राख्न जान्नु भयो । ग्राहकको चाहना र आवश्यकताको पहिचान गर्न सक्नु भयो । त्यहि अनुसार आफु परिस्कृत हुदै अघी बढ्नु भयो । र त अहिले दमकमा होलसेल ब्यापारी मध्येको एक उत्कृष्टमा पर्नु भएको छ । लगनशिलता र आफुमा भएको आत्मविस्वासका कारणनै आफुले व्यापारलाई अघी बढाउन सकेको उहाँको अनुभव छ ।
अर्यालले सुरुमा १५ लाखको लगानीमा एउटा पसल सुरु गर्नु भएको थियो । अहिले करोडौको पुजी भएको छ । पसल पनि एक बाट बढेर तीनमा पुगेको छ । सुरुमा आफ्नो सालो भाईको सहयोगमा ब्यापार गर्नु भएका उहाँले अहिले आवश्यकताका आधारमा कर्मचारी राख्नु भएको छ । यहि पसलको कमाईले दमकमा घर बनाउन सक्नु भयो । अहिले दमक मात्रै नभएर इटहरी पूर्वका विभिन्न शहरमा रहेका मोवाईल पसलहरुमा उहाँको सामान पुग्छ ।
यी सबै काम गर्न उहाँले पनि ऋणनै लिनु भयो । तर ऋणलाई उहाँले ऋण मात्रै बनाउनु भएन । पुजीमा परिणत गर्नु भयो । अनी त्यहिबाट मुनाफा निकालेर त्यो ऋण तिरिसकेपछि अगाडीको त्यो ऋण आफ्नो सम्पत्ती बनाउनु भयो ।
व्यवहारिक वित्तिय साक्षरता भएका कारण उहाँहरु ऋणमा कहिलै डुब्नु भएन । उहाँहरुलाई लगानी गरेको ऋण कहाँ र कसरी सदुपयोग गर्ने भन्ने कुरा उहाँहहरुले कारोबार गरेको सस्था स्वणर् लक्ष्मी बचत तथा ऋण सहकारीले सिकाई रह्यो । सहकारीको सहि दिशा निर्देश र त्यसले गरेको सहजीकरणका कारण आफ्ुहरुले सफलता प्राप्त गर्दै आएको तीनजनाकै अनुभव छ ।

व्यवसायमा सफल हुन लगनशिल, इमान्दर, मिहेनती तथा संघर्षशिल मात्रै भएर पनि पुग्दैन । व्यवसाय गर्नेहरुसँग वित्तिय साक्षरताको ज्ञान अतीनै महत्वपूणर् छ । हरेक सहकारीहरुले आफ्ना सेयर सदस्यले लगेको ऋण कहाँ र केमा खर्च गरिरहेका छन् भन्ने कुराको अनुगमन र नियमन मात्रै गर्ने हो भने पनि अहिले देखिएको आर्थीक तरलतामा आउन सक्थ्यो ।

भिडियोमा हेरौ

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा मनाइएको साकेलामा देखियो यस्तो रौनकता

दमक,१८ वैशाख । आज साकेला पर्व देशभर बिभिन्न कार्यक्रम गर्दै मनाइएको छ । साकेला अर्थात उभौली पर्व प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने तथा बाली रोपाइंसंग सम्बन्धित

बुद्धको वचन किन तोडीदै

दमक,१८ वैशाख । बुद्ध जन्मेको देश नेपाल । यो वाक्य सुन्दा पनि विस्वभर रहेका नेपालीहरुको छाती गर्वले ढक्क फुल्ने गर्दछ । तर आज गौतम बुद्धको

कांग्रेसले अब ’नबोल्ने व्रत’ तोड्ने थापाको दाबी

काठमाडौं,१८ वैशाख । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्नु भएको छ । शुक्रबार नेपाल ट्रेड युनियनको कार्यक्रममा सम्बोधन गर्दै थापाले

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र

काठमाडौं,१८ वैशाख । दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन गर्ने कार्य तिब्ररुपमा भइरहेको छ । सहरी व्यवस्थापनका लागि विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई अस्थायी बसोबासमा स्थानान्तरण गर्ने

सुन्य खन जोत प्रविधि

उर्लाबारी,१८ वैशाख । परम्परागत रूपमा खेत जोतेर खेती गर्दा लाग्ने समय, श्रम र लागतलाई चुनौती दिँदै बिना जोताई गरिएको खेतीमा उत्पादन राम्रो देखिएपछि कृषकहरू यसतर्फ

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

काठमाडौं,१८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ श्रमिकको सम्मान हुन्छ त्यही समाज समृद्ध हुने बताउनु भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा