उज्यालो शिक्षा

उज्यालो शिक्षा : सामुदायीक विद्यालयको गुणस्तर बढे निजीहरु ‘कि बन्द हुन्छन् कि अझ झन राम्रा हुन्छन् ’ (भिडियो बहस)

 

दमक/
पालिका सरकारहरु अहिले आगामी आर्थिक वर्षको बजेट बनाउने काममा व्यस्त छन् । कस्ता कार्यक्रम ल्याउने र ती कार्यक्रममा बजेटको प्राथमिकता कसरी छुट्याउने भन्नेमा अहिले जनप्रतिनिधी र कर्मचारीको ध्यान केन्द्रित भएको छ ।

यहि सन्दर्भमा हामीले दमक नगरपालिकाले शिक्षा सम्बन्धी कस्ता कार्यक्रम गर्दै छ र त्यसको कार्यान्वान कस्तो हुँदै छ भन्नेबारेमा बहस गरेका छौ ।

उज्यालो शिक्षा कार्यक्रम मार्फत गरिएको बहसमा दमक नगरपालिकाको शिक्षा समिती अध्यक्ष कुवेर भट्टराई, नगरपालिकाले शिक्षा सम्बन्धीको बनाइरहिएको नितीको मस्यौदा समिती संयोजक कृष्ण भण्डारी र निजी शैक्षिक सस्थाका सञ्चालक टेकनाथ भण्डारी सहभागी हुनुभयो ।

दमक नगरपालिकाले अहिले नगरको शैक्षिक गुणस्तर बृद्धि गर्न भनेर १ करोड रुपैँया बजेट छुट्ट्याएको छ । यसले यहाँ रहेका २१ वटा समुदायीक विद्यालयहरुलाई कनिका छरेझै वितरण गर्न पुगेको छ ।

आगामी वर्ष चाहि यो वजेटको आकार बढाएर ५ करोड बनाउने प्रस्ताव समितीले बजेट निर्माण गर्ने समितीलाई पेष गरेको बहसमा क्रममा शिक्षा समिती संयोजक भट्टराईले बताउनु भयो ।

तर बिनियोजीत बजेटको सहि कार्यान्वान हुने कुरामा आशंका व्यक्त गर्नु हुन्छ दमकमा लामो समय श्रोत व्यक्ति समेत भएर काम गर्नु भएका र अहिले चाहि ढुकुरपानी माविका प्रधानाध्यापकको काम गरि रहनु भएका कृष्ण भण्डारी ।

यता निजी शैक्षिक सस्थाका सञ्चालक टेकनाथ भण्डारी भने दमकका २१ वटा सामुदायीक विद्यालयलाई मर्ज गरेर ५/६ वटा विद्यालय बनाउन सुझाव दिनु हुन्छ । ‘२१ मा गरिने लगानी त्यहि ५/६ मा गरौ । निशुल्क नगर बस सञ्चालन गरेर विद्यार्थीहरु ओसार परास गरौ । यसो गरेमा सामुदायीक विद्यालयको शैक्षिक अवस्था सुध्रन्छ र यसकै दवावमा यहाँ रहेको निजी बिद्यालयले पनि आफ्नो गुणस्तरियता सुधार गर्ने छन् । ’ भण्डारीको भनाई छ ।

तीन जनासँग गरिएको उज्यालो शिक्षाको भिडियो यहाँ राखीएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

इलाम दुर्घटना: धन्न मानवीय क्षति भने भएन

इलाम १५ असार । इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा आइतबार दिउँसो गोलिया (काठ) लोड गरेको ट्रक अनियन्त्रित भई करिब १०० मिटर तल खस्दा दुर्घटना भएको छ।

त्रिविका क्याम्पसहरूबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्ना सबै आंगिक क्याम्पसहरूबाट दलनिकट विद्यार्थी संगठनका संरचनाहरू हटाउन निर्देशन दिएको छ। विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सोमबार

किसानलाई राहत कि केवल सरकारी औपचारिकता ?

काठमाडौं १५ असार ।  नेपालमा आज (असार १५) २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव हर्षोल्लासका साथ मनाइँदै छ । ‘मानो रोपेर मुरी फलाउने’ महिनाको

प्र्यांकको नाममा समाजलाई त्रास बनाउने खेल कहिलेसम्म

झापा १५ असार । पछिल्लो समय सामाजिक सञ्जालमा प्र्यांकको नाममा देखाइने केही गतिविधिले एउटा गम्भीर प्रश्न खडा गरेको छ—हामी मनोरञ्जन गरिरहेका छौँ कि समाजमा डर

सुस्ता क्षेत्रको विवाद अझै समाधान हुन सकेन : भीम रावल

काठमाडौं ,१५ असार । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले नेपाल जस्तो संवेदनशील भूराजनीतिक अवस्थाको देशले आफ्नो राष्ट्रिय हित र सीमाको सुरक्षामा अडान लिनुपर्ने बताउनु

बेरुजु दोहोरिनु वित्तीय अनुशासनका लागि गम्भीर चिन्ताको विषय : सभामुख अर्याल

काठमाडौं , १५ असार । सभामुख डोलप्रसाद अर्यालले वर्षेनी एउटै प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन, सुशासन र सार्वजनिक उत्तरदायित्वका दृष्टिले गम्भीर चिन्ताको विषय भएको बताउनु