जनतासँग जनप्रतिनिधी

दमकको ५ नम्बर वडा बालमैत्री घोषणा हुँदै, बालबालिकाले के पाउलान ?(भिडियो सहित)

 

दमक/
२०८७ सालसम्म सबै स्थानीय तहलाई बालमैत्री बनाउने लक्ष्यका साथ जारी भएको निर्देशिकाले ५१ ओटा सूचक पूरा भएपछि कुनै पनि स्थानीय तहले आफूलाई बालमैत्री घोषणा गर्न सक्ने प्रबन्धसमेत गरेको छ।

यहि अनुसार झापाको दमक नगरपालिकाले पनि आफ्नो काम सुरु गरेको छ । दमकका १० वटा वडा मध्ये पहिलो पटक वडा नं ५ बालमैत्री वडा बन्ने तरखरमा अघी बढिरहेको छ ।

यसकालागि वडाका जनप्रतिनिधी, अभिभावक, कर्मचारी, बालक्लव सदस्य तथा पदाधिकारी, सामाजीक व्यक्तित्वहरुलाई सामुहिक रुपमा बाल श्रम शोषण अन्त्य गरौ , बालमैत्री वडा स्थापना गरौ जस्ता नारा लेखिएका पम्प्लेट टासिदैछ । कविद्यालयहरुलाई तोकिएको सुचक पालना गर्न निर्देशन गरिएको वडा नं ५ का वडा सदस्य गोपल प्रसाद संगौलाले कार्यक्रम जनतासँग जनप्रतिनिधीको कुराकानीका क्रममा बताउनु भयो ।

युनिसेफले बालमैत्री वातावरणका मूलभूत सिद्धान्तका रूपमा चार वटा खम्बालाई अगाडि सारेको छ । बालबालिकाको रुचि अनुसार स्कूल सञ्चालन हुनुपर्ने, शैक्षिक वातावरण सुरक्षित स्वस्थ र संवर्द्धनात्मक हुनुपर्ने, कक्षामा तालीमप्राप्त शिक्षक र पर्याप्त शैक्षिक सामग्रीहरू हुनुपर्ने एवं बाल अधिकारको प्रत्याभूति र उनीहरूका मागको सुनुवाइ हुनुपर्ने कुरा बालमैत्री विद्यालयका आधारभूत तत्त्व हुन् भनी युनिसेफले भनेको छ।

दमकमा अझै पनि सार्वजनिक सवारी, होटल तथा असङ्गठित क्षेत्रमा श्रम गर्ने बालबालिकाको संख्या ठूलो छ। अलपत्र अवस्थामा रहेका, पारिवारिक हिंसा भोगेका, गरीबी र अभावको पीडा बीच अभिभावकविहीन बालबालिकालाई नियम र कानूनमा भएका अधिकार, सेवा र सुविधा प्रदान गर्न प्रभावकारी निकाय नभएका कारण उनीहरू दयनीय अवस्थामा देखिन्छन्।

स्थानीय सरकारले उपयुक्त किसिमले अनाथ, असहाय र अशक्त बालबालिकालाई आधारभूत सुविधा प्रदान नगरुन्जेल बालअधिकारका विषय कागजी दस्तावेजका रूपमा मात्र रहने निश्चित छ।

वडा सदस्य संगौलासँगकोे कुराकानीको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

इलाम दुर्घटना: धन्न मानवीय क्षति भने भएन

इलाम १५ असार । इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा आइतबार दिउँसो गोलिया (काठ) लोड गरेको ट्रक अनियन्त्रित भई करिब १०० मिटर तल खस्दा दुर्घटना भएको छ।

त्रिविका क्याम्पसहरूबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्ना सबै आंगिक क्याम्पसहरूबाट दलनिकट विद्यार्थी संगठनका संरचनाहरू हटाउन निर्देशन दिएको छ। विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सोमबार

किसानलाई राहत कि केवल सरकारी औपचारिकता ?

काठमाडौं १५ असार ।  नेपालमा आज (असार १५) २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव हर्षोल्लासका साथ मनाइँदै छ । ‘मानो रोपेर मुरी फलाउने’ महिनाको

प्र्यांकको नाममा समाजलाई त्रास बनाउने खेल कहिलेसम्म

झापा १५ असार । पछिल्लो समय सामाजिक सञ्जालमा प्र्यांकको नाममा देखाइने केही गतिविधिले एउटा गम्भीर प्रश्न खडा गरेको छ—हामी मनोरञ्जन गरिरहेका छौँ कि समाजमा डर

सुस्ता क्षेत्रको विवाद अझै समाधान हुन सकेन : भीम रावल

काठमाडौं ,१५ असार । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले नेपाल जस्तो संवेदनशील भूराजनीतिक अवस्थाको देशले आफ्नो राष्ट्रिय हित र सीमाको सुरक्षामा अडान लिनुपर्ने बताउनु

बेरुजु दोहोरिनु वित्तीय अनुशासनका लागि गम्भीर चिन्ताको विषय : सभामुख अर्याल

काठमाडौं , १५ असार । सभामुख डोलप्रसाद अर्यालले वर्षेनी एउटै प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन, सुशासन र सार्वजनिक उत्तरदायित्वका दृष्टिले गम्भीर चिन्ताको विषय भएको बताउनु