दमकमा रबी ल्याउनुको कारण के ?(भिडियोमा हेरौ)

दमक/
भोली दमकमा राष्ट्रिय स्वतन्त्र पार्टिका सभापति रबी लामिछाने आउँदै हुनुहुन्छ । दमकमा आयोजना हुने बृहत जनसभालाई सम्बोधन गर्न रबीलाई झापा ल्याइसकिएको र कार्यक्रमको तालिका अनुसार भोली दिउँसो २ बजे दमकमा लामिछाने आउँदै हुनुहुन्छ ।

 

भोली हुने जनसभाको सम्पूणर् तयारी पुरा भइसकेको रास्वपा दमक नगर कमिटीका सभापति तथा जनसभा कार्यक्रमका संयोजक बिबेक पाठकले जानकारी दिनुभयो ।

अहिलेको यो परिस्थितीमा जनसभा किन आयोजना गरिएको भन्ने उज्यालो खवरको प्रश्नमा पाठक भन्नु हुन्छ ‘ हाम्रो पार्टि नयाँ छ । यसको सांगठनिक बिस्तारको काम गर्नु अतीनै जरुरी छ । त्यसैले पार्टिको भिजन, मिसन र लक्ष्यबारेमा आम जनतालाई बुझाउन पार्टिका केन्द्रिय सभापतिलाईनै ल्याइएको हो ।’

 

यसले दमक सहित झापामा संगठन विस्तारमा महत्वपूणर् प्रभाव पार्ने भएकोले पनि यो जनसभालाई विषेश महत्वका साथ हेरिएको सभापति पाठकले बताउनु भयो ।

 

‘यहाँ समुदाय लक्षित वर्ग, उद्यमी , विभिन्न पेषामा आवद्ध भएकाहरु तथा समुदयहरुसँग संवादको कार्यक्रम पनि राखीएको छ । यसले कुन क्षेत्रमा पार्टिको धारणा कस्तो भन्नेबारेमा बुझाउन सहज होस भनेर हामीले पार्टिका सभापति सहित अन्य महत्वपूणर् व्यक्तित्वहरुलाई आमन्त्रण गरेका हौ ।’ पाठकको प्रष्टोक्ति छ ।

 

पाठकसँग गरिएको संवादको भिडियोलाई यहाँ राखीएको छ ।

https://www.facebook.com/TheUjyaalokhabar/videos/307957445066184

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने शिक्षामन्त्रीको प्रस्ताव

काठमाडौँ, १७ वैशाख । सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य गर्न चासो देखाएको छ । माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग

विपक्षी दलहरूको संयुक्त बैठक : सरकारका नीतिप्रति कडा आपत्ति

काठमाडौं,१७ वैशाख । नेकपा (एमाले) राष्ट्रियसभा संसदीय दलका नेता प्रेमप्रसाद दंगालको अध्यक्षतामा विपक्षी दलहरूको संयुक्त बैठक बसेको छ । नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली

दिगो शान्तिका लागि बुद्धका शिक्षाको महत्व :राष्ट्रपति

काठमाडौं,१७ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले शान्ति, सह–अस्तित्व, मध्यम मार्ग र करुणामा आधारित बुद्धको दर्शनले विश्व समुदायलाई स्थायित्व, सहकार्य र आपसी विश्वासको मार्गतर्फ अग्रसर गराउन

कर्णालीको राजधानीमा खानेपानी संकट

सुर्खेत,१७ वैशाख । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको गम्भीर अभाव देखिएको छ । दैनिक ३४७ लिटर प्रतिसेकेन्ड खानेपानी आवश्यक पर्ने भए पनि हाल मात्र ८३

अध्यादेशबारे राष्ट्रपतिले आज संविधान विद्हरूसँग परामर्श गर्ने

काठमाडौं,१७ वैशाख। सरकारले संसद् रोकेर अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले आज संविधानविद्हरूसँग परामर्श गर्ने हुनु भएको छ् । अध्यादेशबारे छलफल गर्न आज अपरान्ह ४

इरान र अमेरिका बिचको तनाव बढ्दै

तेहरान,१७ वैशाख । इरान र अमेरिका बिचको तनाव बढ्दै जाँदा, इरानले स्ट्रेट अफ होर्मुज र आफ्नो परमाणु कार्यक्रमका विषयमा अमेरिकाको प्रस्तावसामु नझुक्ने संकेत दिएको छ