झापाको २४ किलोमिटर लामो कालोपत्रे यो सडक समयभन्दा अघीनै बन्यो,‘हाम्रो खवरदारीले काम गर्यो : सांसद सावा

सुरुङ्गा/
झापाको कनकाई नगरपालिकाको सुरुङ्गादेखि झापा गाउँपालिकाको लसुनासम्मको २४ किलोमिटर सडक निर्धारित समय भन्दा अघीनै सम्पन्न भएको छ ।

यो सडकखण्ड निर्माण सम्पन्न हुँदा सीमावर्ती विहारको डिघल बैङ्क नाकासम्म नेपालीको पहुँच सहज हुने बिस्वास गरिएको छ ।

२०७६ साल भदौ १६ गते भएको ठेक्का सम्झौतामा २०८० साल भदौ १५ गते कार्यसम्पन्न गरिसक्नुपर्ने उल्लेख थियो तर सो समयभन्दा अघि नै काम सम्पन्न भएको कनकाई इन्टरनेसनल बिल्डर्स प्रालिका सञ्चालक रामप्रसाद मैनालीले बताउनुभयो ।

कनकाई नगरपालिका र झापा गाउँपालिकामा रहेको यस सडकखण्डको कनकाई आशिष जेभीले भ्याटसहित ४७ करोड एक लाख २२ हजार ५४९ रुपियाँमा कनकाईतर्फको ठेक्का पाएको थियो ।

दुई खण्डमध्ये बाँकी झापा गाउँपालिकाको सडक भने मैनाचुली निर्माण कम्पनीले पाएको थियो तर खण्डको काम भने हुन बाँकीनै छ ।

निर्माण कम्पनी सबै समयमा काम सक्दैनन् भनेर सरकार र जनताबाट आरोप खेपिरहेको बेलामा समयमै काम गर्न सफल बनेको कम्पनीका व्यवस्थापक लीला सेलुवालले बताउनुभयो ।

यसतर्फको काम अन्तिम अवस्थामा रहेको पूर्वाधार विकास कार्यालय झापाका प्रमुख रमेश श्रेष्ठले बताउनुभयो । “हामीले कनकाई नगरपालिकाको काम सम्पन्न गरिसकेका छौँ, काम सकाएर रकम अन्तिम किस्ताबाहेक सबै भुक्तानी गरिसकेका छौँ, अब चाँडै अन्तिम किस्ता भुक्तानी हुने छ,” उहाँले भन्नुभयो ।

यता यही क्षेत्रका प्रतिनिधीसभा सदस्य लाल बहादुर सावा एलपीले आफुहरुको निरन्तर खवरदारीका कारण कामले द्रुतगति लिएको बताउनु भयो । ‘काम कहाँ कस्तो र कसरी भइरहेको छ , हामी निर्माण कम्पनीसँगै लागेर निरन्तर अवलोकन र फिल्ड भिजिटमा रहिरह्यौ । जनताको सास्तीलाई प्रत्यक्ष अनुभूति समेत गरेकोले त्यो सस्तीबाट मुक्ताी दिलाउनु थियो जुन हामीले गरिहेका छौ ।’

सावाले उज्यालो खवरसग कुरा गर्दै भन्नु भयो ‘अव झापा गाउँपालिका क्षेत्रको बाँकी खण्डलाई पनि यही गतीमा काममा लगाउने गरि हामी खवरदारी गर्ने छौ ।’

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच शिष्टाचार भेटवार्ता

काठमाडौं,२ वैशाख । गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि जापानका राजदूत मायदा तोरुबीच आज (बुधबार) गृह मन्त्रालयमा शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ । उक्त भेटघाटमा

समानुपातिक सांसदसँग प्रधानमन्त्री शाहको छलफल

काठमाडौं,२ वैशाख । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभाका सबै दलबाट निर्वाचित समानुपातिक सांसदहरूसँग छलफल गर्नु भएको छ । बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित अन्तरक्रिया

कांग्रेसको प्रदेशसभा सदस्य कुँवरद्धारा पदबाट राजीनामा

काठमाडौं,२ वैशाख । नेपाली कांग्रेसका प्रदेशसभा सदस्य द्रोर्णकुमार कुँवरले पदबाट राजीनामा दिनु भएको छ। मन्त्री पद नपाएपछि मन्त्री कुँवरले पदबाट राजीनामा दिनु भएको हो ।

पूर्वउपसभापति खड्कासँग कांग्रेसको ७ दिने स्पष्टिकरण माग

काठमाडौं,२ वैशाख । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले पूर्वउपसभापति पूर्णबहादुर खड्कालाई ७ दिने स्पष्टिकरण सोध्ने निर्णय गरेको छ । पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन,