‘समृद्ध नेपाल सुखी नेपाली’ विषयक वकृत्वकलामा बिजेताहरुले केके बोले ?(भिडियो सहित)

दमक/
यूवा सघं दमक नगर कमिटिले आयोजना गरेको ‘‘समृद्ध नेपाल सुखी नेपाली’ विषयमा बकृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।

दमकमा रहेका १७ वटा प्लस २ स्तरका विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुबिच भएको प्रतियोगितामा झापा मोडल अग्रेजी माद्यमिक विद्यालयका प्रतिक खनाल प्रथम बन्नु भयो भने ग्लोबवल एजुकेशन एकेडेमीका प्रज्वल सिटौला द्धितिय तथा हिमालय माद्यमिक विद्यालयका सुलभ न्यौपाने तृतिय हुनु भएको छ ।

उहाँहरुले क्रमश नगद १५ हजार, ११ हजार र ७ हजार ५ सय रुपैँयाका साथै मेडल र प्रमाणपत्र पाउनु भयो ।
कार्यक्रममा नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपि शर्मा ओली प्रमुख अतिथी रहनु भएको थियो ।

यूवाहरुको चेतमा ‘समृद्ध नेपाल सुखी नेपाली’का बारेमा रहेको धारणा प्रस्फुटन गराउन यो प्रकारको प्रतियोगिता गरिएको यूवा सघं दमक नगर कमिटिका अध्यक्ष बिबेक भट्टराईले बताउनु भयो ।

कार्यक्रममा वक्ताहरुले बोलेपछि आफ्नो मन्तव्य राख्दै प्रमुख ओलीले यूवाहरुको मनबाटै ‘समृद्ध नेपाल सुखी नेपाली’ को भावना आउनु पर्ने र यसमा सबैले आ आफ्नो तर्फबाट कर्तव्य बोध गर्न आवश्यक रहेको उल्लेख गर्नु भयो ।

आफु प्रधानमन्त्री हुदा ‘समृद्ध नेपाल सुखी नेपाली’ बनाउने कुरामा धेरै कार्यक्रमहरुको थालनी गरिएको तर वर्तमान सरकारले यसलाई पुरा गर्न अवरोध पुर्याएको उल्लेख गर्नु भयो ।

‘धेरै सोच र खोजले यो नारा तय गरिएकोले यो नारा मात्रै नभएर देश बनाउने भिजन रहेको ओलीले अर्थाउनु भएको थियो ।

बिजेता बनेक तीनजनाले बोलेको भिडियो उज्यालो खवरको आधिकारिक फेसबुक पेजमा राखीएकोले त्यहाँबाट हेर्न सकिने छ ।

(20+) Facebook

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

इलाम दुर्घटना: धन्न मानवीय क्षति भने भएन

इलाम १५ असार । इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा आइतबार दिउँसो गोलिया (काठ) लोड गरेको ट्रक अनियन्त्रित भई करिब १०० मिटर तल खस्दा दुर्घटना भएको छ।

त्रिविका क्याम्पसहरूबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्ना सबै आंगिक क्याम्पसहरूबाट दलनिकट विद्यार्थी संगठनका संरचनाहरू हटाउन निर्देशन दिएको छ। विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सोमबार

किसानलाई राहत कि केवल सरकारी औपचारिकता ?

काठमाडौं १५ असार ।  नेपालमा आज (असार १५) २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव हर्षोल्लासका साथ मनाइँदै छ । ‘मानो रोपेर मुरी फलाउने’ महिनाको

प्र्यांकको नाममा समाजलाई त्रास बनाउने खेल कहिलेसम्म

झापा १५ असार । पछिल्लो समय सामाजिक सञ्जालमा प्र्यांकको नाममा देखाइने केही गतिविधिले एउटा गम्भीर प्रश्न खडा गरेको छ—हामी मनोरञ्जन गरिरहेका छौँ कि समाजमा डर

सुस्ता क्षेत्रको विवाद अझै समाधान हुन सकेन : भीम रावल

काठमाडौं ,१५ असार । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले नेपाल जस्तो संवेदनशील भूराजनीतिक अवस्थाको देशले आफ्नो राष्ट्रिय हित र सीमाको सुरक्षामा अडान लिनुपर्ने बताउनु

बेरुजु दोहोरिनु वित्तीय अनुशासनका लागि गम्भीर चिन्ताको विषय : सभामुख अर्याल

काठमाडौं , १५ असार । सभामुख डोलप्रसाद अर्यालले वर्षेनी एउटै प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन, सुशासन र सार्वजनिक उत्तरदायित्वका दृष्टिले गम्भीर चिन्ताको विषय भएको बताउनु