इलाम उत्तरि बोडर क्षेत्रका बालबालिका भारतीय विध्यालय जादै।

सन्दकपुर गाउँपालिका-५ कालपोखरीकी ६८ वर्षीया निम लमु नातिनी पढाउन भारत जाने तरखरमा छन् । ‘भारतको मानेभञ्ज्याङमा रहेको रिब्स स्कुलमा नातिनी पढाउन त्यहाँ नजिकै कोठा खोजिसकेको छु, चैत पहिलो साता यहाँबाट जान्छु’, उनले भने ।

 

विद्यार्थी अभावमा सामुदायिक विद्यालयहरू बन्द भएपछि इलामका भारतीय सीमावर्ती गाउँका बालबालिका भारतीय विद्यालयमा पढ्न जाने गरेका छन् ।

 

भारतसँग सीमा जोडिएको उत्तरी इलामका लेकाली गाउँमा विद्यालय नभएका कारण त्यहाँका बालबालिका भारतीय विद्यालयमा पढ्न जानुपर्ने बाध्यता छ ।

 

पातलो बस्ती र जनघनत्व पनि कम भएको लेकाली क्षेत्र जौबारी, मेघमा, कालपोखरीलगायत ठाउँमा केही वर्षयता विद्यालय नै बन्द भएपछि बालबालिकालाई प्राथमिक तहबाट पढाउन भारतीय क्षेत्रमा अभिभावक गएर बस्नुपर्ने बाध्यता भएको जौबारीका सोनाम शेर्पाले बताए ।

 

जौबारीको राष्ट्रिय प्राथमिक विद्यालय बन्द भएको आठ वर्ष भयो । कक्षा १ देखि ५ सम्म पढाइ हुँदै आएको उक्त विद्यालय विद्यार्थी अभावका नाममा २०७२ सालमा बन्द भएको थियो । ‘सीमा क्षेत्रका धेरै बालबालिकालाई भारतीय विद्यालयमा पढ्न पठाउन थालेपछि यहाँका विद्यालयमा विद्यार्थी अभाव भयो, उक्त विद्यालय ८० जनासम्म बालबालिका अध्ययन गर्न आउने गर्थे । त्यसपछि उक्त विद्यालय स्थापनाको कुनै पहल भएको छैन’, उनले भने ।

 

अहिले यस क्षेत्रबाट मात्रै करिब १५ जना बालबालिका मानेभञ्ज्याङको रिब्स विद्यालयमा पढ्छन् । महिनाको भारु १५ देखि १८ हजार खर्च हुने गरेको मानेभञ्ज्याङमा कोठा लिएर नानी पढाउन बस्नुभएकी डोमा शेर्पाले बताए ।

 

डोमाले भने, ‘आफ्नै देशमा बच्चा पढाउन पाएको भए सहज हुन्थ्यो, विद्यालय छैन, कामकुरो सबै बर्बाद भएको छ ।’

 

जौबारीको मात्रै होइन, माइजोगमाई–२ को मेग्मामा रहेको सरस्वती प्राथमिक विद्यालय, सन्दकपुर–५ कालपोखरीमा रहेको प्राथमिक विद्यालय, सन्दकपुर–५ को मजुवामा रहेको अर्को प्राथमिक विद्यालय बन्द भइसकेको राष्ट्रिय प्रावि जौबारीका पूर्वप्रधानाध्यापक पासाङछिरिङ शेर्पाले जानकारी दिए । जसका कारण उक्त क्षेत्रका नानीबाबुलाई अध्ययनका लागि नजिकैका भारतीय बजार लैजानुपरेको उनले जानकारी दिए ।

 

लेकाली क्षेत्रमा विद्यालय नहुँदा जौबारी, तुम्लिङ, मेग्मा, आलेभञ्ज्याङ, नुनथला, इङ्ला, गैरीबासलगायतका सबै बालबालिका भारतीय विद्यालय लैजानुपरेको छ ।

 

सीमाक्षेत्रका कतिपय बालबालिका घरबाटै धाएर विद्यालय जाने गरेका हुन् । कतिपयको भने पढ्नका लागि महँगो शुल्क र अभिभावकसहित भारतीय बजारमा बास हुने गरेको छ । यहाँ लेकाली क्षेत्र भएका कारण पातलो बस्ती र जनघनत्व पनि कम छ ।

 

इलामको जौबारी, मेग्मा, कालपोखरीलगायत धेरै स्थानका सामुदायिक विद्यालय विद्यार्थी अभावमा बन्द भइसकेका छन् ।

 

भारतीय विद्यालयमा आफ्ना नानीबाबु भर्ना गरेपछि नेपालतर्फका विद्यालय विद्यार्थी अभावकै कारण बन्द भएको जौबारीका थुक्तेन लामाले जानकारी दिए ।

 

सीमा क्षेत्रका नेपाली विद्यार्थी भारतको मानेभञ्ज्याङमा रहेको रिब्स स्कुलमा पढ्न जाने गरेको लामाले जानकारी दिए । ‘नेपालतर्फ विद्यालय छैन, नानीहरूलाई जति महँगो भए पनि पढाउनु त पर्छ नि, यो सीमावासीको रहरभन्दा पनि बाध्यता हो,’ उनले भने ।

 

यसरी विद्यार्थी भारत लैजाँदा पैसा त खर्च हुन्छ नै नेपालको राष्ट्रियता, स्वाभिमानजस्ता विषयसमेत नेपाली बालबालिकाले थाहा नपाउने गरेको शेर्पाको भनाइ छ ।

 

बन्द भएका विद्यालय जीर्ण बनिसकेका छन् । जौबारीको राष्ट्रिय प्राविमा भने केही समयअघि सशस्त्र प्रहरी बसेको थियो । उक्त विद्यालयमा बसेरै सशस्त्रले विद्यालय नजिकै आफ्नो भवन निर्माण गरेको छ । सीमा क्षेत्रमा विद्यालय सञ्चालन गर्न हालसम्म सरोकारवाला निकायले चासो देखाएका छैनन् ।

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बस्ती हटेको शंखमुल किनार अझै अस्तव्यस्त, महानगर पन्छियो

काठमाडौँ,१३ मंसिर । कुनै समय सुकुम्बासी बस्तीले भरिएको शंखमुलको नदी किनार अहिले खाली छ। सरकारले बस्ती हटाएको लामो समय बितिसक्दा पनि उक्त क्षेत्रले भने व्यवस्थित

इलाका प्रहरी कार्यालय झिलझिले सार्ने निर्णयविरुद्ध स्थानीयको प्रदर्शन

झिलझिले , १३ मंसिर । इलाका प्रहरी कार्यालय झिलझिले सार्ने निर्णयको विरोधमा व्यापक प्रदर्शन भएको छ ।इलाका प्रहरी कार्यालय झिलझिलेलाई साविक स्थानमा व्यवस्थित गर्नका लागि

सुरक्षामा करिब दुई हजार सुरक्षाकर्मी परिचालन गरिने

सुर्खेत,१३ मंसिर । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न गर्न कर्णाली प्रदेशमा करिब दुई हजार सुरक्षाकर्मी परिचालन गरिने भएको छ । मंसिर

५ रुपैयाँका १५ करोड सिक्का छाप्न राष्ट्र बैंकद्वारा बोलपत्र आह्वान

काठमाडौं,१३ मंसिर । नेपाल राष्ट्र बैंकले पाँच रुपैयाँ दरका १५ करोड थान सिक्का छाप्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले

कांग्रेसद्वारा ‘हामी तयार छौँ’ अभियानका प्रतिनिधिलाई अभिमुखीकरण

काठमाडौँ,१३ मंसिर ।नेपाली कांग्रेसले देशका ७५३ वटै स्थानीय तहमा सञ्चालन गर्न लागेको ‘हामी तयार छौँ अभियान’ का लागि खटिने प्रतिनिधिहरूलाई आज अभिमुखीकरण दिएका छन् ।

सर्लाहीका दुई स्थानमा आगलागी, साढे ७१ लाखको क्षति

सर्लाही,१३ मंसिर । सर्लाहीका दुई छुट्टाछुट्टै स्थानमा आगलागी हुँदा करिब ७१ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–५ सखुवापुल

पूर्वी नाका काँकडभिट्टाबाट भुटानी पर्यटकको आगमन उत्साहजनक

काँकडभिट्टा,१३ मंसिर। शान्तिका अग्रदूत गौतम बुद्धको पवित्र भूमि र अनुपम प्राकृतिक सौन्दर्यले भरिपूर्ण नेपाल भुटानी पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ ।धार्मिक तीर्थयात्रा र घुमफिरका