गाम्रेण्ट उद्योगः सिप सिके यही छ हजारौको आम्दानी, तर सञ्चालक भन्छन् अहिले भारत र बंगलादेशका कामदारबाट अभर टारीरहनु परेको छ । (भिडियोमा हेरौ)

दमक/
हातमा सिप भयो भने आफ्नै ठाउँमा पनि रोजगार पाउन सकिन्छ । रोजगार गर्न मन नलाग्नेले स्वरोजगार बन्न सक्ने क्षेत्र थुप्रै छन् । ती मध्येको एक क्षेत्र हो गाम्रेण्ट अर्थात कपडा उद्योग ।

यो उद्योगमा काम गर्न जान्नेहरुले महिनाको २५ हजार देखी डेढ लाख रुपैँया सम्म आफ्नै ठाउँमा बसेर कमाई गर्न सकिने यस क्षेत्रका अनुभवी हरु बताउँछन् । यदी काम नगरेर आफै सानो तीनो गम्रेण्ट वा टेलरीङको समेत व्यवसाय गर्न सकिन्छ । जसबाट आफ्नो क्षमता र कामको माग अनुसार आम्दानी गर्न सकिन्छ ।

तर त्यसकालागी तपाईकोह हातमा सीप चाहि हुनै पर्छ । सिप सिक्नु भयो भने विस्वका जुनसुकै कुनामा गएपनि तपाईले कुनै समस्या भोग्नु पर्दैन ।

सन्तोस थापा हो । उहाँको स्थई घर चितवन हो । उहाँका चारवटा गाम्रेण्ट उद्योगहरु छन् । अहिले उहाँ देशव्यापी रुपमा गाम्रेण्टमा काम गर्ने जनशक्ति उत्पादन गर्दै अभियान चलाएर हिडीरहनु भएको छ ।

यही क्रममा उहाँ अहिले झापाको दमकमा आउनु भएको छ । यहाँ पनि उहाँले एक महिनामै दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य राख्नु भएको छ । महिनौ सिकाउने, विभिन्न तहको प्रमाणपत्र भन्दै वितरण गर्ने । तर काममा लगायो भने त्यो तालीमप्राप्त जनशक्तिले काम निकाल्नै नसक्ने । अहिले तालीमका लागी तालिम मात्रै गराउने चलन बढेको भन्दै उहाँले तालीम लगत्तै रोजगारमा लगाइहाल्ने अभियानमा हिडेको बताउनु भएको छ ।

उहाँले यही चैत्र १ गते देखी दमक ७ पशुहाट स्थित ओम मेची हस्पिटल जाने बाटोको छेउमै रहेको  कृष्ण रेडिमेड स्टोरमा एक महिना सम्म ग्रामेण्टमा काम गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्दै हुनुहुन्छ । खासमा यस खाले अभियान किन चलाइन पर्यो भनेर हामीले उहाँलाई केहि प्रश्न गरेका छौ ।

तालीम एक महिना सम्म चल्ने छ । बिभिन्न चार सिफ्ट गरी कुल २० जनालाई मात्रै सहभागी गराईने छ । एक सिफ्टमा पाँच जनालाई मात्रै दिइने भइएकोले यसको प्रभावकारीता राम्रो हुने दावी गरीएको छ । तालीम पछि न्यूनतम २० देखी ३० हजार रुपैँया सम्मको काम गर्ने अवसर पनि तालीम दिने सस्थाले उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेको छ ।

भिडियो

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने शिक्षामन्त्रीको प्रस्ताव

काठमाडौँ, १७ वैशाख । सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य गर्न चासो देखाएको छ । माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग

विपक्षी दलहरूको संयुक्त बैठक : सरकारका नीतिप्रति कडा आपत्ति

काठमाडौं,१७ वैशाख । नेकपा (एमाले) राष्ट्रियसभा संसदीय दलका नेता प्रेमप्रसाद दंगालको अध्यक्षतामा विपक्षी दलहरूको संयुक्त बैठक बसेको छ । नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली

दिगो शान्तिका लागि बुद्धका शिक्षाको महत्व :राष्ट्रपति

काठमाडौं,१७ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले शान्ति, सह–अस्तित्व, मध्यम मार्ग र करुणामा आधारित बुद्धको दर्शनले विश्व समुदायलाई स्थायित्व, सहकार्य र आपसी विश्वासको मार्गतर्फ अग्रसर गराउन

कर्णालीको राजधानीमा खानेपानी संकट

सुर्खेत,१७ वैशाख । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको गम्भीर अभाव देखिएको छ । दैनिक ३४७ लिटर प्रतिसेकेन्ड खानेपानी आवश्यक पर्ने भए पनि हाल मात्र ८३

अध्यादेशबारे राष्ट्रपतिले आज संविधान विद्हरूसँग परामर्श गर्ने

काठमाडौं,१७ वैशाख। सरकारले संसद् रोकेर अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले आज संविधानविद्हरूसँग परामर्श गर्ने हुनु भएको छ् । अध्यादेशबारे छलफल गर्न आज अपरान्ह ४

इरान र अमेरिका बिचको तनाव बढ्दै

तेहरान,१७ वैशाख । इरान र अमेरिका बिचको तनाव बढ्दै जाँदा, इरानले स्ट्रेट अफ होर्मुज र आफ्नो परमाणु कार्यक्रमका विषयमा अमेरिकाको प्रस्तावसामु नझुक्ने संकेत दिएको छ