बन्दै छ दमक

दमक १ मा यी हुन पूर्वाधार क्षेत्रमा भएका प्रगती

 

दमक/ २०७९ मा भएको निर्वाचन पछि दमक नगरपालिकामा भौतीक प्रगती के कती र कसरी भए ? खास गरेर चालु आर्थीक वर्ष २०८०/८१ के बजेट कार्यान्वायनको अन्तिम चरणमा आइसक्दा भएका प्रगती र हुन बाकी काम बारेमा यो रिपोर्टमा प्रस्तु गरिने छ । वडा कार्यालयले प्राप्त गर्ने बजेट सिलिङ अन्तर्गतका योजना मात्रै नभएर यहाँ भएका नगर स्तरीय, प्रदेश र सघं सरकारको लगानीमा समेत भएका कामहरुको संक्षीप्त जानकारी यो रिपोर्टमा पाइने छ ।

१) सुम्निमा मार्ग
यो सडक २ सय ६० मिटर लामो छ भने यसको चौडाई २० फूटको हो । यहाँ अहिले ११ लाख ४९ हजार रुपैँया वडा कार्यालयको बजेट र ४ लाख ५० हजार उपभोक्ताको साझेदारीमा दुवै तर्फ ड्रेन र ग्रावेल हाल्ने काम सम्पन्न भएको छ । पहिला हिलाम्मे र धुलाम्मे बनेर हिड्नै मुस्किल पर्ने यो सडक बनेपछि नागरीकक भन्छन् अहिले त हामीलाई हिडन सजीलो भएको छ । हिलो टेक्नु परेको छैन । अव कालोपत्रे बनाउन अझै निरन्तर पहल गर्ने छौ । स्थानीयबासी बुद्धिलाल काङवाले बताउनु भयो ।

२) सताशी मार्ग ,
यो सडक दमक नगरपालिका वडा नं १ को एउटा महत्वपूणर् सडक हो । झण्डै एक किलोमिटर लामो रहेको यो सडकले यहाँको बेलडाँगी रोड हुदै रतुवा खोला सम्मको दुरीलाई छोट्याँछ । ९ सय ९२ मिटर लामो रहेको यो सडक संघिय सरकारको बजेट अन्तर्गत अहिले दुवै तर्फ पक्की ड्रेन निर्माण भएको छ । ४० फुट चौडाई रहेको यो सडकको स्तर उन्नत्ती गर्न ग्रावेल पनि हालीएको छ । ६२ लाख रुपैँयामा ड्रेन सहित सडकमा ग्रावेल समेत बिच्छाइएपछि स्थनीयले के सुविधा पाए ? स्थानीयबासी याम बहादुर ढकाल भन्नु हुन्छ पहिला हिलाम्मे सडकमा सकसपूणर् यात्रा गर्नु पथ्र्यो अहिले चाहि त्यो हटेको छ ।
३) शान्ती मार्ग
४ सय मिटर लम्बाई रहेको यो सडक २० मिटर चौडाईमा फिजिएको छ । वडाले यो सडकलाई आकर्षक बनाउने क्रमागत योजनामा राखेर हरेक वर्ष बजेट बिनियोजन गरिरहेको छ । अघिल्लो आर्थीक वर्षमा यहाँ वडाले १० लाख र उपभोक्ताले ३ लाख खर्चेर सडक निर्माणको काम गरे । चालु आर्थीक वर्षमा पनि यो सडकमा वडाले ९ लाख र उपभोक्ताले २ लाख ६० हजार खर्चेर सडक बनाइरहेका छन् । यस्तै आगामी आर्थीक वर्षकालागीपनि वडाले यो सडकको दुवै तर्फ पक्की ड्रेन र ग्रावेल निर्माण गर्न ७ लाख रुपैँया बजेट बिनियोजन गरेको छ । सयरी वडाले क्रमागत रुपमा बजेट बिनियोजन गर्दै काम गराएपछि स्थानीयबासीपनि दङ्ग देखीएका छन् । स्थानीयबासी छगेन्द्र चाम्लीङ राई भन्नु हुन्छ उपभोक्ताको सकृयता र वडाको ध्यानाकर्षण दुवै मिलेपछि यत्तीको सडक बन्ने काम भएको छ ।
४) रवी स्टेन्ड मार्ग

रवि स्टेण्ड । अर्थात दमकबाट पाँचथरको रवि जाने सडक । यो सडक पहिला हिलाम्मे थियो । धुलाम्मे थियो । तर अहिले भने लकीङ टायल लगाएर टलक्क भएको छ । यो पाँचथरबाट रवि आएकाहरुको नजरमा दमक राम्रै रहेछ भन्ने सन्देश दिन सक्ने भएको छ । १ सय ८२ मिटर लामो यो सडक रवि स्टेण्ड देखी बेलडाँगी रोड सम्म जोड्ने सडक हो । यो सडक बनाउन वडा नं १ को कार्यालयले ८ लाख रुपैँया लगानी गर्यो अनी उपभोक्ताले २ लाख ४० हजार रुपैँया लगानी गरे । अनी सम्पन्न भयो यती टलक्क टल्केको लकीङ टायल सहितको सडक । अनी उपभोक्ता पनि अहिले त बनेका छन् फूरुङ्ग । स्थानीयबासी राम कुमार श्रेष्ठका अनुसार यो बाटो हिलो र धुलोले पुरीएको थियो । रवि तिरबाट आउनेहरुले पनि दमकको हेराई र बुझाईनै यहीबाटो हेरेर बनाउथे । तर अहिले त राम्रो भयो ।
५) पाचथरे मार्ग
यो सडकले पुर्वमा बेलडागी रोडलाई छुन्छ भने पश्चिममा सुन्दरी मार्गलाई भेट्छ । कुल लम्बाई ५ सय मिटर रहेको यो सडक बनाउन वडाको सिफारीसमा नगरपालिकाले २० लाख रुपैँया लगानी गर्यो भने स्थानीय उपभोक्ताले २ लाख ४० हजार लगाए ।अनी यहाँ बन्यो दुवै तर्फ ड्रेन र ग्रावेल सहितको सडक । यसले स्थानीयबासीको आवज जावतमा सहजता ल्याएको स्थानीयबासी मोहन चौलागाईले प्रतिकृया दिनु भएको छ ।
६) दिप मार्ग
२ सय मिटर रहेको यो सडक लकीङ टायल लगाएर टलक्क पारीएको छ । वडा कार्यालयको सिफारिस र अनुरोधमा कोशी प्रदेश सरकारले यो सडक बनाउने ३२ लाख बराबराको स्टमेट तयार पारेको थियो । पछि सरकारले २५ लाख रुपैँया चाहि बजेट बिनियोजन पनि गर्यो । तर त्यहाँबाट घटेर १८ लाखमा ठेण्डल लागी यहाँ दुवै तर्फ ड्रेन निर्माण सहित लकीङ टाली लगाउने काम सम्पन्न भएको छ । सडक बनेपछि रुपामाया बानिया भन्नु हुन्छ पहिला घरबाट बाहिर निस्कनै सक्ने स्थिती थिएन । अहिले त बाटो राम्रो बनेको छ । सबैलाई सजिलो भएको छ ।
७) बेलडाँगी सडकबाट निर्मला दाहलको घर सम्मको सडक ।
जम्मा लगात १० लाख ४० हजार, यसमा वडा कार्यालयको ८ लाख र बाँकी चाहि उपभोक्ताहरुको । यो १७ फूट चौडाई रहेको यो सडकको दुवै तर्फ ड्रेन निर्माण गरिएको छ। ऋव घरबाट निस्कने पानी सडकमा बगाउनु पर्ने छैन । १ सय ८० मिटर लामो यो सडकमा ग्रावेल समेत लगाएर राम्रो बनाइएको छ । र उपभोक्ता भन्छन् अहिले यत्तीको बन्यो । हिड्न सहज भएको छ । हामी खुसी छौ ।
८) मलन मार्ग
बेलडाँगी रोडको बाटो। दमक नगरपालिकाक उप प्रमुख रेगिना भट्टराईको घर भन्दा पछाडी पट्टि पर्छ मिनल मार्ग । यहाँ ११९ मिटर लामो सडकमा दुवै तर्फ ड्रेन निर्माण मात्रै भएको छैन । ड्रेन माथी ढक्कन पनि लगाइएको छ । २० फुट चौडाई रहेको यो सडकमा ग्रावेल पनि हालीएको छ र ओहोर दोहोर गर्न सहज भएको छ । यो बाटो बनाउन उपभोक्तालाई सहभागीनै नगराई वडा कार्यालयले मात्रै ८ लाख रुपैँयाको बजेटमा यो काम सम्पन्न भयो । यस अघी सँधै डुबाउ हुने यो क्षेत्रमा अहिले यत्तीको सडक बनेपछि स्थानीयबासी भन्छन् अमृत कुमार राई भन्नु हुन्छ अव पिच बनाउने हो कि लकीङ टायल लगाउने भन्नेबारेमा टोलमा छलफल भइरहेको छ । त्यसलाई पनि पूणर्ता गरिदिन राईले माग राख्नु भएको छ ।
९)देवकोटा मार्ग
देवकोटा मार्गको यो सडक ४० फुटे सडक हो । ११२ मिटर मात्रै लम्बाई रहेको यो सडक निर्माण गर्न नगरपालिकाले १५ लाख ६८ हजार रुपैँयामा ठेक्का प्रकृयाबाट काम गराएको छ । वडा कार्यालयको पहल र सिफारीसमा यहाँ दुदै तर्फ ड्रेन निर्माण गर्दै ग्रावेलीङको काम समेत भएको छ ।
१०) उज्यालो मार्ग
उज्यालो मार्ग । हेर्दा सुकुम्बासी जस्तै देखिने यो बस्ति सुकुम्बासीको चाहि हैन । कसैले यहाँ ल्याएर बसाइको बस्ति हो यो । तर यो बस्तिका बासिन्दा ज्याला मजदुरी गरेर आफ्नो दैनिकी टार्छन । उनीहरुसग साझेदारी गर्ने कुनै पैसा हुदैन । तर पनि सरकारको नजर यस्तो बस्तिमा पनि पर्यो भने बाटो ग्रावेल मात्रै नभएर यती टलक्क परेको लकीङ टायलकै सडक बन्न सक्छ । दुवै तर्फ ड्रेन पनि निर्माण हुन सक्छ भन्ने एउटा ज्वलन्त उदाहरण हो । कुल ४ सय मिटर लामो रहेको यो सडकको चौडाई भने १६ फुटको मात्रै रहको छ । कोशी प्रदेश सरकारले हरेक निर्वाचन क्षेत्रको पूर्वाधार विकासकालागी छुट्याएको बजेट अनुसार यो सडक पनि यही निर्वाचन क्षेत्रका सांसद होम बहादुर थापा मार्फत बनेको हो । वडाध्यक्ष हरी न्यौपानेको पहल र माग बमोजिम सांसद थापाले १५ लाख ६८ हजार रुपैँया बजेट बिनियोजन गरेर यत्तीको सडक बनेको छ । सडक बनेपछि बर्खामा हिलोमा सिकसिको मान्दै हिड्ने दिनको अन्त्य भएको स्थानीयबासी टीकामाया बानियाले बताउनु भयो ।
१०) धनबहादुर श्रेष्ठको घरबाट रतुवा जाने सडक र हल्दार चोकबाट रतुवा जाने सडक
वडाकै गौरव आयोजनामा पर्ने धनबहादुर श्रेष्ठको घरबाट रतुवा जाने सडक र हल्दार चोकबाट रतुवा जाने सडक हो यो । झण्डै आदा किलोमिटर लामो रहेको यो सडक ड्रेन सहित ४० फूटको चौडाईमा फलिएको छ । यो सहित हल्दाल चोकबाट पूर्व रतुवा जाने बाटो सम्म यसको कनेक्सन हुने छ । दुवै तर्फको यो सडक निर्माण गर्न सघं र नगरले ८०/८० लाख बजेट बिनियोजन गरेका थीए । ठेक्का प्रकृयामा लैजादा यो सडक निर्माणकालागी १ करोड १२ लाख बजेटमा अहिले धमाधम काम भइरहेको छ । स्थानीयबासी भन्छन् लामो संघर्षपछि गाउँमै कालोपत्रे कुल्चीन पाइयो ।
११) हल्दार चोकको पुर्व जाने शिव मार्ग जोड्ने सडक ।
हल्दार चोकको पुर्व जाने शिव मार्ग जोड्ने सडकले हल्दार चोकको चमलाई बढाउने भएको छ । किनकी यो सडक यहाँको चोकबाट सुरु भएर पश्चिममा शिव मार्गमा जोडीन्छ। वडा कार्यालयले यहाँ ५ लाख रुपैँया बजेट बिनियोजन गरीदिएपछि उपभोक्ताहरु आफै खटेर काम गरिरहेका छन् । उपभोक्ता विस्वनाथ पोखरेल भन्नु हुन्छ यो सडकले हवल्दार चोकको इज्जत बढाउने गरीको बन्ने छ ।
यसरी वडा नं १ ले यहाँका भित्री सडकहरु समेत निर्माण गरिरहेको छ । अझैपनि धेरै ठाउँमा सडक सनर्माण गर्न बाँकी नै छ । बजार र ग्रामीण क्षेत्र समेत जोडीएको यो वडामा गाउँ गाउँमा सडक सञ्जाल अझै पुर्याउन बाँकीनै छ। स्तरीय र सुविधायूक्त सडक निर्माणमा वडाले योजना बनाएर वडाकै बजेट निर्माण गर्ने गरेको र त्यहाँ नपुग भएका र ठुलो लगानी लाग्ने सडकहरुमा नगर, प्रदेश र सघीय सरकारसग पहल गर्ने काम भइरहेको जनाइएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रोमानियालाई नेपालमा लगानी गर्न सांसद पराजुलीको आग्रह

काठमाडौं,११ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले नेपाल र रोमानिया बीच व्यापार, लगानी, पर्यटन तथा श्रम सहकार्य विस्तारको ठूलो सम्भावना रहेको बताउनु भएको

शेखर कोइरालाद्वारा पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव

काठमाडौं,११ जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव अघि सार्नु भएको छ। कांग्रेसभित्र तिब्र विवाद र असन्तुष्टि बढिरहेको

सरकारले गरेका ४  निर्णय

सरकारले नेपाल(चीन जोड्ने विद्युत प्रसारणलाइन आयोजना (चिलिमे(केरुङ) को कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तरपत्र स्वीकृत गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रतिउत्तरपत्र स्वीकृत गर्नेसहित ४ 

सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

काठमाडौं,११ जेठ । सरकारले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने

पूर्णबालमैत्री नभएर बालमैत्री उन्मुख वडा घोषणा, कहिले हुन्छ पूर्ण बालमैत्री ?

दमक,११ जेठ । झापाको दमक नगरपालिका वडा नम्बर २लाई बालमैत्री उन्मुख वडा घोषणा गरीएको छ । आईतबार औपचारीक कार्यक्रमकोअ ायोजना गरी जिल्ला समन्वय समिती झापाको