दमकमा शिव र पार्वतीको प्राण प्रतिष्ठा गरीदै

दमक/ दमकको मद्य भागमा पर्छ धनेश्वर धाम । यहाँ साक्षात शिवजी स्थापना भएको भन्ने विस्वास छ । जहाँ बालीएको दियो कहिलै ननिभ्ने जस्ता किम्वदन्ती अहिले पनि सुन्ने गरीन्छ ।

 

यो मन्दिरमा धनेस्वर बाबाको रक्षाकालागी नागहरु पनि स्थापना भएको र त्यो बलेको दियो वा शिवलीङ्गमा कोहि व्यक्तिले छुन वा असर गर्न खोजेमा नागले डस्ने गरेको पनि पहिलैदेखी बसोबास गर्नेहरु बताँछन् ।

यस्तो ऐतिहाँसिक र किम्वदन्ती समेत रहेको धनेस्वर धाम रहेको छ दमक ५ स्थित खरखरे। आम्दा रोडमा ।
अहिले यहाँ छ भव्य शिव पाञ्चायन मन्दिर । अनी अन्य देवि देउताका छुट्टा छुट्टै मन्दिर तथा दर्शनस्थल । महाआरती स्थल । बिशाल यज्ञ । अनी जतिबेलैपनि नागलाई खेल्न सहज होस भनेर बनाइएको नागपोखरी । पोखरीको बिचमा छ शिवजीको प्रतिमा । जहाँबाट निरन्तर पानी झरीरहन्छ । अनी धनेस्वर बाबाको छेउछाउमा बालबालिकाहरुपनि झुमिरहुन भन्न बनाइएको छ बाल उद्धन पनि ।

 

कोहि कसैले केहि खुसी र उमङ्गको कार्यक्रम गर्छ भने उसलाई सामुहिक खुसी साट्न सहज होस भनेर बनाइएको छ तीन तले भव्य सभाहल पनि ।

 

अनी अहिले मन्दिरको पूर्व तर्फ स्थापना गरीएको छ, शिवजीको बिशाल शालीक । शालीक मुनी छन् पार्वती । यसको परिसरमा बनाइएको छ १०८ शिवलीङङ्ग ।

हो यही शिव र पार्वतीको प्रतिमाको प्राण प्रतिस्ठाको कार्यक्रम राखीएको छ । दमक तथा पूर्वि क्षेत्रकै लागी गौरव मानीने यो ठाउँमा स्थापना गरिएका शिव र पार्वतीको प्रतिमाको प्राण प्रतिस्ठा बारेमा जानकारी दिदै यस मन्दिर व्यवस्थापन समितीका सचिव एकराज लुईटेल भन्नु हुन्छ ‘ धेरै प्रयास र संघर्षपछि यस मन्दिर परिसरमा बिभिन्न देवि देउताका प्रतिमाहरु स्थापना गर्न सक्षम भएका छौ ।यही सन्दर्भमा अहिले शिवजी र पार्वतीको प्रतिमा स्थापना गरिएको र यही २८ गते कलश यात्रा गर्दै यसको प्राण प्रतिस्ठा गरीदै छ । सम्पूर्ण धर्मप्रेमीहरु अनिवार्य आएदिनुहोला । ’

हो यहाँ २७ गते देखी ३० गते ४ दिन सम्म बिभिन्न कार्यक्रमहरु राखेर शिव र पार्वतीको प्राण प्रतिस्ठा गरिदै छ । यो कामले दमक एक धामिर्क नगर बन्दै छ भन्ने सन्देश पनि दिने जनाइएको छ र धनेश्वर धाम धार्मीक तथा पर्यटकीय क्षेत्रको रुपमा विकास भइरहेको पनि दर्शाइरहेका यहाँको व्यवस्थापन समितीका अध्यक्ष रुद्र कार्कीले जानकारी दिनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रोमानियालाई नेपालमा लगानी गर्न सांसद पराजुलीको आग्रह

काठमाडौं,११ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले नेपाल र रोमानिया बीच व्यापार, लगानी, पर्यटन तथा श्रम सहकार्य विस्तारको ठूलो सम्भावना रहेको बताउनु भएको

शेखर कोइरालाद्वारा पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव

काठमाडौं,११ जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव अघि सार्नु भएको छ। कांग्रेसभित्र तिब्र विवाद र असन्तुष्टि बढिरहेको

सरकारले गरेका ४  निर्णय

सरकारले नेपाल(चीन जोड्ने विद्युत प्रसारणलाइन आयोजना (चिलिमे(केरुङ) को कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तरपत्र स्वीकृत गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रतिउत्तरपत्र स्वीकृत गर्नेसहित ४ 

सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

काठमाडौं,११ जेठ । सरकारले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने

पूर्णबालमैत्री नभएर बालमैत्री उन्मुख वडा घोषणा, कहिले हुन्छ पूर्ण बालमैत्री ?

दमक,११ जेठ । झापाको दमक नगरपालिका वडा नम्बर २लाई बालमैत्री उन्मुख वडा घोषणा गरीएको छ । आईतबार औपचारीक कार्यक्रमकोअ ायोजना गरी जिल्ला समन्वय समिती झापाको