दमक/ माओवादीलाई सरकारको समर्थन फिर्ता लीएर नयाँ समिकरण गर्दै सत्ताको नेतृत्वमा पुग्नु भएका नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपि शर्मा ओलीलाई नि वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)नै प्रमुख चुनौती बन्न सक्ने प्राध्यापक तथा विष्लेशक बास्कोटा धनन्जयले गर्नु भएको छ ।
चुनावमा काग्रेससग गठबन्धन निर्वाचनमा हामीएको मओवादीले चुनाव पछि एमालेसग सत्ता साझेदारी गर्यो । पछि फेरी एमालेसगको सहकार्य छोडेर काग्रेससग मिलेर बनायो र अन्तिममा फेरी एमालेसगै सत्ता साझेदार गर्योे । यो स्थिती हेर्दा माओवादीलाई सत्ताको मोह कति छ भन्ने कुरा प्रष्ट बुझिने बताउँदै बास्तोला भन्नु हुन्छ ‘जतिबेलाई पनि जुनसुकै शक्तिलाई परिचालन गराएर भएपनि काग्रेस-एमालेको सरकारमा भाजो ल्याउने काम प्रचण्डबाट हुन सक्ने भन्दै यसको व्यवस्थापन गर्न ओलीले चुनौती मोल्नु पर्ने उहाँको भनाई छ ।
‘बरु माओवादीलाई पनि केहि मन्त्रिको लोभ देखाएर वा केहि गरेर यो सरकारमा मिलाउने र सदनमा रहेका सबै दलको समर्थनमा सरकार निर्माण गर्ने विकल्पमा छलफल गरी टुङ्गोमा पुर्याएमात्रै वर्तमान सरकारले स्थाइत्व प्राप्त गर्ने उहाँको विष्लेशण छ । यसो हुदा सदन त प्रतिपक्ष बिहिन हुन्छ होला नि भन्ने उज्यालो खवरको प्रश्नमा जवाफ दिदै धनन्जयले भन्नु भयो नेपालमा कहिले र कुन दल चाहि प्रतिपक्ष भएको देख्नु भएको छ ?
सदनमा एकले अर्कोलाई गाली र विरोध गर्दैमा प्रतिपक्ष बनिन्छ र सरकारी वा राजकीय पदहरुको बाडफाडमा सबै दल मिल्ने र आ-आफ्नो भाग खाने र भन्न चाहि म प्रतिपक्ष भन्ने ? यो सुहाउदो कुरा हैन धेरै वर्षदेखी नेपालको सदनले प्रतिपक्ष पाएकै छैन । ’
धनन्जय बास्कोटासगको संक्षीप्त संवादको भिडियो यहाँ राखीएको छ ।









