प्रधानमन्त्री ओलीको गृहनगरमा गुञ्जियो ‘गाउँ गाउँबाट उठ बस्ती बस्तीबाट उठ’

दमक/ सोमबार साँझको समय । साढे ६ बजिसकेको थियो । आकाशमा वर्षात हुन तयारी देखिन्थ्यो । तर दमकस्थित गणतन्त्र चोकमा नेकपा एमाले र नेपाली काग्रेसका नेता तथा कार्यकर्ताहरु बिस्तारै भेला भए । भेला हुन आउनेहरुका कसैको हातमा मैनबत्ती थियो । कोही माईक र साउण्ड सिस्टम बोकर आइरहेका थीए । अनि कोही चाँही त्यहाँको भीडलाई व्यवस्थापन गरिरहेका पनि थीए ।

यही भीडबाट नेकपा एमाले दमक नगर कमिटीका अध्यक्ष राम पौडेल माईक समाउँदै भीड जम्मा भएको भन्दा एक खुड्किलो माथी उठेर सम्बोधन गर्न थाल्नु भयो । सबैको ध्यान अध्यक्ष पौडेल तर्फ केन्द्रित भयो ।

यो भीड जम्मा भएको रहेछ नेकपा एमाले र नेपाली काग्रेसको गठबन्धनबाट बनेको सरकारको स्वागत गर्न ।
सरकारको नेतृत्व गर्नु भएका नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री बन्नु भएका केपी शर्मा ओलीको दमक गृहनगर रहेकाले त्यसैको खुसीयालीमा सामूहिक दीप प्रज्वलन कार्यक्रम राखिएको अध्यक्ष पौडेलेले खुड्किलोमा उभिएर सहभागी तर्फ फर्केर बोल्नु भयो ।
अनि नेपाली काग्रेस दमक नगर समितीकाका उप सभापति प्रेम भट्टराईले भेलामा बोल्दै भन्नु भयो काग्रेस एमाले गठबन्धनको सरकारले परिणाम दिने काम गर्न सकोस् जनताका समस्या सम्बोधन गर्न सकोस हार्दिक शुभकामना ।

यसपछि सहभागीहरुलाई दीप प्रज्वलन कार्यक्रममा सहभागी हुन अनुरोध गरियो । यसको थालनी एमालेका केन्द्रीय सदस्य रोमनाथ ओली र गीता अधिकारीले गर्नु भयो । यसपछि सबैले त्यहाँ लेखिएको अक्षरमा मैनवत्ती बाले ।

लेखिएको थियो नेपालको ४५ औ प्रधानमन्त्री बन्नु भएकोका हार्दिक बधाई तथा शुभकामना । आकाशबाट पानी पर्नै लागिसकेको थियो । त्यही भएर हातको मैनवत्ती सल्काएर भेलालाई संक्षिप्त सम्बोधन गर्दै एमाले केन्द्रीय सदस्य ओलीले भन्नु भयो देशका दुई ठूला दल मिलेर सरकार राम्रोसग चल्न सक्नु पर्छ र जनताका समस्यालाई सम्बोधन गरिनु पर्छ ।’

यसपछि कार्यक्रममा सहभागीहरुमा एकाएक जोश र जाँगर बढेर आयो । अनि एकबाट गुञ्जिन थालेको गाँउगाउँबाट उठ बस्ति बस्तिबाट उठ बोलको गीतमा सबैले आवाज दिन थाले । एक छिन भएपनि यो गीतले दमक चोक घन्केको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रोमानियालाई नेपालमा लगानी गर्न सांसद पराजुलीको आग्रह

काठमाडौं,११ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले नेपाल र रोमानिया बीच व्यापार, लगानी, पर्यटन तथा श्रम सहकार्य विस्तारको ठूलो सम्भावना रहेको बताउनु भएको

शेखर कोइरालाद्वारा पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव

काठमाडौं,११ जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव अघि सार्नु भएको छ। कांग्रेसभित्र तिब्र विवाद र असन्तुष्टि बढिरहेको

सरकारले गरेका ४  निर्णय

सरकारले नेपाल(चीन जोड्ने विद्युत प्रसारणलाइन आयोजना (चिलिमे(केरुङ) को कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तरपत्र स्वीकृत गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रतिउत्तरपत्र स्वीकृत गर्नेसहित ४ 

सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

काठमाडौं,११ जेठ । सरकारले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने

पूर्णबालमैत्री नभएर बालमैत्री उन्मुख वडा घोषणा, कहिले हुन्छ पूर्ण बालमैत्री ?

दमक,११ जेठ । झापाको दमक नगरपालिका वडा नम्बर २लाई बालमैत्री उन्मुख वडा घोषणा गरीएको छ । आईतबार औपचारीक कार्यक्रमकोअ ायोजना गरी जिल्ला समन्वय समिती झापाको