नदी नियन्त्रणमा सरकारी प्रयास

झापाका ठूला नदीमा १३० किलोमिटर क्षेत्रमा तटबन्ध

 

दमक, ११ साउन / झापा बाढीको उच्च जोखिममा पर्ने क्षेत्र हो । कनकाई, मेची, बिरिङ, रतुवा, मावा, कमल, बनियानी, निन्दा, हडिया, टाङटिङ सहितमा आउने बाढीबाट वर्षेनी जनधनको क्षति हुँदै आएको छ । यसलाई दृष्टिगत गरी सरकारले आर्थिक वर्ष २०६६÷०६७ बाट ‘जनताको तटबन्ध’ नामक ठूलो योजनाको कार्यक्रम सञ्चालन गरी क्षति न्यूनिकरणको प्रयास गरिरहेको छ । जुन उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालय मातहतको निकाय हो ।

 

जनताको तटवन्ध कार्यालय गैंडे झापा अन्तर्गत हालसम्म विभिन्न ५ खोला तथा नदीमा गरी ११७.४२ किलोमिटर तटबन्ध गरिएको छ । जहाँ कुल ३०३.६६ किलोमिटर तटबन्ध गर्नुपर्ने कार्यक्रमको लक्ष्यमा हालसम्म ११७.४२ किलोमिटर तटबन्ध गरेर ३७.५५ प्रतिशत प्रगति हाँसिल भएको छ । सोही कार्यालयले समन्वय गरेको अन्य योजना समेत गरी कुल १३० किलोमिटर क्षेत्रमा तारजालीको बाँध बाँधिएको छ ।

 

वर्षाैंदेखि बाढीको कटानबाट पीडित बन्दै आएका स्थानीयले यो कार्यक्रमबाट तटवन्ध अघि बढेपछि धेरै राहत महसुस गरेका छन् ।
५ खोला तथा नदी नियन्त्रणका लागि कुल १७ अर्ब ६१ करोड बजेट आवश्यक पर्ने योजना बनाइएको थियो । सो मध्ये गत आर्थिक वर्षमा ५६ करोड ९६ लाखको लागत मार्फत १४.४६३ किलोमिटर तटवन्ध गरिएको जनताको तटवन्ध कार्यालय गैंडेका सूचना अधिकारी इन्जिनियर दुर्गाप्रसाद पोखरेलले जनाउनु भयो । त्यसमध्ये हालसम्म ३ अर्ब ८२ करोड ८२ लाख रकम खर्च भएको विवरण छ । बजेट निश्चित नभई वर्षेनी घट्दो क्रममा रहेकाले कहिलेसम्ममा तटबन्धको लक्ष्य पुरा गर्न सकिएला भन्ने यकिन गर्न भनें गाह्रो छ ।

 

जिल्लाको सबैभन्दा पश्चिमी क्षेत्रमा रहेको रतुवा र मावामा ९० दशमलव ८५ किलोमिटर तटबन्ध गर्नुपर्नेमा गत आर्थिक वर्षमा २.१५८ किलोमिटर तटबन्ध हुँदा हालसम्म तटबन्धको लम्बाई ३८.०४ किलोमिटर पुगेको छ । जुन गत आर्थिक वर्षसम्मको कुल ४१ दशमलव ८८ प्रतिशत भौतिक प्रगति हो । यसका लागि ३ अर्ब ८९ करोड ६४ दशमलव ८४ लाखको लागत रहेकोमा हालसम्म १ अर्ब ३२ करोड ६०.६० लाख रुपैयाँ आर्थिक खर्च भएको छ ।

 

 

त्यस्तै, कमलमा ४६.८४ किलोमिटर तटबन्ध गर्नुपर्नेमा हालसम्म ३१.६७ प्रतिशत भौतिक कार्य प्रगति हुन पुगेको छ । जसमा गत आर्थिक वर्ष २.८१२ किलोमिटर तटबन्ध हुँदा हालसम्म १४.८३ किलोमिटर क्षेत्रमा बाँध निर्माण भएर खेत तथा बस्ती जोगाउन मद्धत पुगेको छ । जसका लागि १ अर्ब ७७ करोड ११.९१ लाखको लागतमा हालसम्म ४४ करोड ३८.९ लाख खर्च भएको छ ।

 

 

जिल्लाको सबैभन्दा ठूलो कनकाई नदीमा ५३.१ किलोमिटर तटबन्ध गर्ने योजना अनुरुप गत आर्थिक वर्षमा ३.२५५ किलोमिटर तटबन्ध हुँदा हालसम्म २७.२५ किलोमिटर काम भएको छ । जुन कुल तटबन्धको योजनामा ५१.३२ प्रतिशत कार्य प्रगति हो । ३ अर्ब ९० करोड ३४.५१ लाखको लागतमध्ये १ अर्ब १७ करोड ६४.०३ लाख रकम खर्च भएको कार्यालयले जनाएको छ ।

 

६५.९ किलोमिटर तटबन्ध गर्नुपर्ने बिरिङमा गत आर्थिक वर्षको ३.२०० किलोमिटर समेत हालसम्म २७.१ किलोमिटर काम हुँदा ४०.९९ प्रतिशत भौतिक प्रगति भएको पाइन्छ । कुल २ अर्ब ४६ करोड ५३.०९ लाख मध्ये हालसम्म ६५ करोड ८३.३१ लाख रकम खर्च भएको कार्यालयले जानकारी गराएको छ ।

 

 

पूर्वी सीमानाको मेची नदीमा ४६.९७ किलोमिटर तटबन्धको योजनामा गत वर्ष ३.०३८ किलोमिटर गरी हालसम्म १०.२८ किलोमिटर किनारामा बाँधको व्यवस्थापन गरिएको छ । जुन कुल कामको २१.८८ प्रतिशत हो । कुल तटबन्धका लागि सरकारले ५ अर्ब ५७ करोड ४२.८७ लाख रकम छुट्याएकोमा हालसम्म २२ करोड ३५.१५ लाख खर्च भएको छ ।

 

यसैगरी, आयोजनाको टार बजार संरक्षण कार्यक्रम अन्तर्गत जोखिमयुक्त सदरमुकाम बचाउ कार्यमा कुल २१.५० किलोमिटर तटबन्ध गर्नुछ । त्यसमध्ये गतवर्ष १.०७३ किलोमिटर गरी हालसम्म ५.८१ किलोमिटर तटबन्ध भइ २७.०१ प्रतिशत प्रगति हाँसिल गरेको तथ्यांक कार्यालयसँग छ । त्यसमा छुट्याइएको ९९ करोड १३ लाखमध्ये हालसम्मको अवस्थामा २४ करोड ६७.०४ लाख रकम खर्च भएको देखिन्छ ।

 

 

एशियाली विकास बैंकको सहयोगमा आयोजनाले गत आर्थिक वर्षबाट सञ्चालनमा ल्याएको ‘प्राथमिकता प्राप्त नदी बेसिन जोखिम व्यवस्थापन’मा तोकिएको रतुवा र मावाको तटबन्ध ११.८१ किलोमिटर हो । जसमध्ये चालु आर्थिक वर्षमा ९३ प्रतिशत काम सम्पन्न भएको छ ।

 

 

जनताको तटबन्धबाट सुरुङ्गा, घाग्रा, भुतेनी, देउनिया र अदुवा खोलाबाट शहरी क्षेत्र जोगाउने कार्यमा २ करोड ९८.६४ लाख रकमको लागतमा गत आर्थिक वर्ष भद्रपुर सहितमा १.०८६ किलोमिटर तटबन्ध गरेर जोखिमयुक्त ठाउँमा जोखिम कम गराउने प्रयास भएको देखिन्छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

भोटेकोशी बाढीले खोस्यो अनोजको जीवन, आमाको उपचार खर्च जुटाउने सपना पनि अधुरै

 विराटनगर , १९ भदौ । मोरङ बेलबारी नगरपालिका– ९ का २६ वर्षीय अनोज धमलाले चाहेजस्तो हुन्थ्यो भने, उनी यतिबेला कोरियामा हुन्थे । कोरियन भाषा परीक्षा

बाढीपीडितलाई मन्त्री सतपालजी महाराजको राहत सहयोग

काठमाडौँ , भदौ १९ । मानव धर्मका प्रणेता एवं भारतको उत्तराखण्ड प्रदेश सरकारका पर्यटनमन्त्री सतपालजी महाराजले भोटेकोशी बाढीबाट प्रभावित नेपाली नागरिकहरूको उद्धार तथा राहतका लागि

मन्दिरहरूमा भक्तजनको भीड, धार्मिक सदभावको सन्देश

दमक ,१९ भदौ । भगवान् श्रीकृष्णको जन्मोत्सव—श्रीकृष्ण जन्माष्टमी पर्व आज शुक्रबार देशभर भक्तिभावपूर्वक मनाइँदै छ। दमकका विभिन्न कृष्ण मन्दिर तथा धार्मिक स्थलहरूमा बिहानैदेखि श्रद्धालु भक्तजनहरूको

भोटेकोशी बाढीको दशौँ दिन : जलविद्युत् आयोजनाका सुरुङमा खोजी अझै जारी

काठमाडौं , भदौ १९ । भोटेकोशीमा आएको विनाशकारी बाढीको दशौँ दिनसम्म पनि रसुवा र नुवाकोटका जलविद्युत् आयोजनामा सम्पर्कविहीन कर्मचारी तथा श्रमिकको खोजी चुनौतीपूर्ण बनेको छ

विपद्मा नेपाललाई २९ देशको साथ, राहत र आर्थिक सहयोग जुट्यो

 काठमाडौं , भदौ १९ ।भोटेकोशी बाढीपछि नेपाललाई परेको विपद्मा हालसम्म २९ देशसहित ठूला अन्तराष्ट्रिय संस्थाहरूले साथ सहयोग गरेका छन् । केही मुलुकहरूले अत्यावश्यक मानवीय सहायता

राष्ट्रपति पौडेलद्वारा पाटनको कृष्ण मन्दिरमा दर्शन र पूजा आराधना

काठमाडौँ,१९ भदौ ।श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सबिता पौडेलसहित शुक्रबार ललितपुरको पाटनस्थित कृष्ण मन्दिरको दर्शन एवम् पूजाअर्चना गर्नु भएको छ ।