एमाले जिल्ला अधिवेशन

एमाले झापा १० औ अधिवेशन : अध्यक्षमा दिपक कार्की सहित पदाधिकारीमा यी नेता चुनिदै

झापा/
नेकपा एमालेको १० औ अधिवेशन चलिरहेकोछ । हिजो शुक्रबार अधिवेसनको समुद्धघाटन सम्पन्न भयो । आज नेतृत्व छानिनेछ । आजै नेतृत्व चयन गरेर एमाले झापाको दशौ अधिवेसन समापन गर्ने तयारी मुल आयोजक कमिटीको छ ।

यो अधिवेशनले नेतृत्वमा सबै पदाधिकारी र जिल्ला सदस्यमा सर्वसम्मत गराउने प्रयास गर्ने यस अघिनै बताइसकिएको छ । झापा एमालेको नेतृत्व गर्न यो दिपक कार्कीलाई अध्यक्ष बनाउन सर्वसम्मत भइसकेको छ । यद्यपी यसको औपचारिक घोषणा भने भइसकेको छैन ।

अध्यक्षमै आकांक्षा राख्नु भएका प्रेम गिरीलाई यो पटक उपाध्यक्षमा व्यवस्थापन गरिने श्रोतले जनाएको छ । उहाँले यसमा सहमती दिइसकेकोले अध्यक्ष पदमा कार्की नै सर्वसम्मत बन्ने पक्कापक्की भएको बताइएको छ ।

यद्यपी उपाध्यक्ष पदमा गोपाल बुढाथोकीको पनि आकंक्षा रहेकोले उहाँलाई उपाध्यक्ष बाहेक पार्टिको अन्य महत्वपूणर् स्थानमा जिम्मेवारी दिने गरि सहमती गराइने एक अधिबेसन प्रतिनिधीले जानकारी दिनु भएको छ । यसै गरि सचिवमा शिव ढुङ्गेल सर्वसम्मत हुने पनि बताइएको छ । यसै गरि सह -सचिवमा असारु राजबंशी र महिला सह सचिवमा रेनुका उप्रेती डाँगीलाई सर्वसम्मत गराउने तयारी भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बिर्तामोडमा न्वारानको भोज खाँदा दर्जनभन्दा बढी बिरामी

बिर्तामोड,१० भदौ । झापाको बिर्तामोड नगरपालिका–९ मा न्वारानको भोज खाएका ठूलो संख्याका स्थानीय बिरामी परेका छन्। स्थानीय रामकुमार श्रेष्ठको नातिनीको न्वारान भोजमा सहभागी भएका पाहुनाहरूमा

वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने ५ जना पक्राउ

काठमाडौं,१० भदौ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा

ठूलो मानवीय क्षतिको आशंका, तटीय क्षेत्रमा उच्च सतर्क रहन अपिल

काठमाडौं , १० भदौ । जिल्ला प्रशासन कार्यालय रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठुलो संख्यामा मानवीय क्षति

उच्च सतर्कता अपनाउन र उद्धारमा जुट्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौं ,१० भदौ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमल्सिनाले रसुवाको स्याफ्रुबेँसी, टिमुरे लगायतका क्षेत्रमा भीषण बाढीका कारण गम्भीर क्षति पुगेको बताउनु भएको छ ।बुधबार

कृषि कर्जा र वित्तीय चेतनालाई किसान मैत्री बनाउन मन्त्री चौधरीको जोड

काठमाडौं , १० भदौ । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले कृषि कर्जाको पहुँच विस्तारसँगै किसानले बुझ्ने भाषामा वित्तीय तथा कृषि सम्बन्धी चेतना अभिवृद्धि