भोटेकोशीमा भीषण बाढी

ठूलो मानवीय क्षतिको आशंका, तटीय क्षेत्रमा उच्च सतर्क रहन अपिल

काठमाडौं , १० भदौ । जिल्ला प्रशासन कार्यालय रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठुलो संख्यामा मानवीय क्षति भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको बताउनु भएको छ।तिब्बतको च्याङलु लगायतका क्षेत्रमा बाढीले निकै ठुलो विनाश निम्त्याएको जानकारी दिँदै अधिकारीले क्षतिको यकिन विवरण आउन भने केही समय लाग्ने उल्लेख गर्नु भएको छ। उहाँका अनुसार बाढीको आयतन (भोल्युम) निकै ठुलो रहेकाले सीमा क्षेत्रका कतिपय सञ्चार सम्पर्क विन्दुहरू समेत अवरुद्ध हुने अवस्थामा पुगेका छन।

 

तिब्बततर्फ मानवीय र भौतिक क्षति निकै उच्च रहेको खबरहरू प्राप्त भइरहेकाले नेपालतर्फका तल्लो तटीय क्षेत्रमा पनि यसको गम्भीर असर पर्न सक्ने भन्दै उहाँले सबैलाई सजग रहन आग्रह गर्नु भएको छ।‘तिब्बत तर्फ मानवीय क्षति एकदमै ठुलो भोल्युममा भएको छ, अब कति भन्ने विवरण आउन बाँकी छ,‘ अधिकारीले भन्नु भयो।

 

बाढीको उच्च जोखिमलाई मध्यनजर गर्दै रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्ला भएर बग्ने भोटेकोशी र त्रिशूली नदीको किनारमा रहेका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न प्रशासनले निर्देशन दिएको छ ।सहायक प्रमुख जिल्ला अधिकारीले नदीमा पानीको सतह अनपेक्षित रूपमा बढिरहेकाले तटीय क्षेत्रमा कुनै पनि गतिविधि नगर्न र उच्च सतर्कताका साथ सुरक्षित रहन आम जनसमुदायलाई अपिल गर्नु भएको छ । प्रशासनले तटीय क्षेत्रमा सञ्चालित आयोजना, मजदुर र स्थानीय बासिन्दालाई विशेष सावधानी अपनाउन र कुनै पनि विपद्को संकेत पाउनसाथ सुरक्षा निकायमा खबर गर्न समेत सूचित गरेको छ । बाढीको जोखिम अझै कायमै रहेकाले अर्को सूचना नआएसम्म नदी किनारमा नजान सर्वसाधारणलाई आग्रह गरिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बस्ने भयो मन्त्रीपरिषदको बैठक

काठमाडौ , १० भदौ | रसुवामा अप्रत्याशित बाढी आएपछि प्रधानमन्त्री वालेन्द्र शाहले केही बेरमा मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक

केपी ओलीको यस्तो अपिल सार्बजनिक

काठमाडौ ,१० साउन | पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाढीका कारण नदीमा पानीको बहाव बढेकाले नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह गर्नुभएको

प्रधानमन्त्रीको निर्देशन कस्तो?

काठमाडौ , साउन १० | रसुवामा बुधबार बिहान गएको बाढीका विषयमा प्रधानमन्त्री वालेन्द्र शाहले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाउनुभएको छ। सिंहदरबारस्थित

रसुवामा बाढीपछि उच्च सतर्कता अपनाउन सभापति थापाको आग्रह

काठमाडौं,१० भदौ ।नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रसुवामा अप्रत्याशित रूपमा आएको ठूलो बाढीपछि भोटेकोशी र त्रिशूली नदीको तल्लो तटीय तथा आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाउन

भोटेकोशी बाढी धादिङको गल्छी पुग्यो, उद्धारका लागि तीन हेलिकप्टर परिचालन

काठमाडौं,१० भदौ । रसुवाबाट प्रवेश गरेको ठूलो बाढी धादिङको गल्छीसम्म आइपुगेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका उपसचिव, प्रवक्ता तथा

आधा दर्जन बढी जलविद्युत् आयोजनामा क्षति, विद्युत् आपूर्ति अवरुद्ध

काठमाडौं , १० भदौ । रसुवा जिल्लामा आएको आकस्मिक बाढीले नेपाल विद्युत् प्राधिकरणका उत्पादन, प्रसारण तथा वितरण संरचनामा क्षति पुगेपछि विद्युत् आपूर्ति अवरुद्ध भएको छ।प्राधिकरणका