अनुशीलन

सरकारले पालिकास्तरसम्म सृजना प्रवद्र्धनको कार्यक्रम ल्याउनु पर्छ ः शिव रेग्मी प्रणत

दमक, १५ भदौ  ।  बुबा भिमप्रसाद र आमा सावित्रा रेग्मीको साहिलो छोराका रुपमा ०२६ साल मंसिर २९ गते फुयतप्पा इलाममा जन्मिएर झापाको खुदुनावारीमा मुलोथलो बनाउँदै आउनु भएका शिवप्रसाद रेग्मी कविता लेखनको यात्रामा शिव रेग्मी प्रणत नामले चिनिनुहुन्छ । ०४० को दशकको सुरुबाट कविता लेखेर आफ्नो सृजनशील यात्रा अघि बढाउनु भएका उहाँले कविता, गजल, गीत, निवन्ध, कथा, समालोचना क्षेत्रमा कमल चलाउँदै आउनु भएको छ ।

 

 

उहाँको ०४१ सालमा लेखिएको ‘आफ्नै कुरा’ शिर्षकको कविता पहिलोपटक पत्रिकामा प्रकाशित भएपछि उहाँलाई कविता लेख्नमा उत्साह जाग्दै गयो । कविता मार्फत आफ्ना भावना व्यक्त गर्ने बानी बन्यो । आफ्नै सन्तुष्ठिका लागि लेखिएका कविता पछि आएर अरुका लागि हुन पुगे । प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय कविता प्रतियोगितामा ०५२ सालमा उहाँको ‘आद्र्र विम्ब’ कविताले दोस्रोस्थान हाँसिल गरेपछि उहाँको कविता उहाँको निजी मात्रै भएर सीमित रहेन । त्यो प्राप्तिले उहाँलाई केही न केही लेखिरहने जिम्मेबारी थप्यो । फलस्वरुप ०५४ सालमा उहाँको पहिलो कविता कृति ‘पाखण्ड गीत’ प्रकाशित भयो ।

 

पूर्वमा गजल लेखनको सुरुवात हुँदै गर्दाका गजलका त्यो बेलाका अगुवा उहाँले गजल माहोल सिर्जना गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । फलस्वरुप त्यसबेलासम्म गजलमा खाली रहेको कुन्ती नामक गजलकाव्य लेखेर गजलमा काव्य लेख्ने पहिलो गजलकारका रुपमा इतिहास निर्माण गर्नुभयो ।
प्रभावशाली कविता र गजल लेख्ने उहाँ चर्चाकोपछि भन्दा पनि प्रभावकारी सृजनाको पछि लाग्ने असल सर्जकका रुपमा चिनिनुहुन्छ । लीला लेखनका अभियन्ताका रुपमा समेत रहनुभएका उहाँ नेपाल र भारतका विभिन्न ठाउँबाट सम्मानित र पुरस्कृत हुनु भएको छ । पट्याँस पत्रकारिताका लागि भवानी पद्म पुरस्कार दमकबाट पट्याँस पत्रकारिताको मौलिक पुरस्कार समेत प्राप्त गर्नुभएको छ । जयेन्द्रप्रसाद प्रज्ञा पुरस्कार बिर्तामोड, सर्जक मञ्च बिर्तामोड, बृहत बालमहोत्सव दमक, सुसेली साँस्कृतिक समूह खुदुनावारीसहित दर्जनौं संस्थाहरुबाट उहाँ सम्मानित र पुरस्कृत हुनुभएको छ ।

 

सन् २०१७ मा क्रान्तिधारा मेरठ साहित्य महाकुम्भ भारत, सन् २०१७ मा सिक्किम साहित्य परिषद सिक्किम, २०१८ मा नेपाल भारत साहित्य महोत्सव भारतसहितबाट समेत सम्मानित भएर आफ्नो सृजनशील आयतन अन्तराष्ट्रियस्तरमा बढाउन सफल हुनुभएको छ ।

 

एमए र एमएड अध्ययन गरी निरन्तर रुपमा अध्यापन क्षेत्रमा रहनु भएका उहाँ हाल दमक ८ मा बसोबास गर्दै दमक बहुमुखी क्याम्पस र सरस्वती मावि दमकमा अध्यापन कर्ममा व्यस्त हुनुहुन्छ । सरकारले पालिकास्तरसम्म साहित्य र कला प्रवद्र्धनको कार्यक्रम ल्याउनु पर्ने आवश्यकतामा जोड दिने प्रणतसँग सृजनाप्रतिको मोह यो ‘अन्शीलन’ कार्यक्रममा प्रस्तुत गर्नेछौं । अनि उहाँका शक्तिशाली रचनाहरु पनि उसैगरी प्रस्तुत हुनेछन् । (हेरौं भिडियो )

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राहत होइन अब नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा

काठमाडौं ,१८ भदौ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले नेपालले प्राकृतिक विपद्बाट भएको क्षतिका लागि अब राहत नभई अन्तर्राष्ट्रिय समुदायसँग क्षतिपूर्ति माग्नुपर्ने बताउनु

भदौ २३ गते ‘जेनजी शहीद दिवस ,यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले भदौ २३ गतेलाई ‘जेनजी शहीद दिवस’ का रूपमा मनाउने निर्णय गर्दै सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारले बाढीबाट ज्यान

बाढीको प्रभाव , मूल्यबृद्धिको संकेत

काठमाडौं ,१८ भदौ। भोटेकोशी तथा त्रिशूली नदीमा आएको भयावह बाढीका कारण चीनसँगको प्रमुख व्यापारिक नाका जोड्ने सडक तथा व्यापारिक मार्गमा ठूलो क्षति पुगेपछि नेपालमा चाडपर्व

ग्यास आपूर्तिमा सहजीकरण गर्न सरकार तयार : मन्त्री यादव

काठमाडौं ,१८ भदौ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी यादवले होटल व्यवसायीहरूलाई ग्यास आपूर्तिमा देखिएको समस्या समाधानका लागि सरकारसँग सहकार्य गर्न आग्रह गर्नु भएको छ

विपद्पछि राहतभन्दा पूर्वाधार अभाव ठूलो चुनौती

काठमाडौं ,१८ भदौ। प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा सांसदहरूले बाढीपहिरोबाट प्रभावित क्षेत्रमा राहत तथा उद्धारसँगै पूर्वाधार पुनर्निर्माणलाई प्राथमिकता दिन सरकारको ध्यानाकर्षण गराएका छन्। बिहीबार

बाढी प्रभावित क्षेत्रमा तत्काल अस्थायी स्वास्थ्य शिविर सञ्चालन गर्न सांसद शेरचनको माग

काठमाडौं,१८ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद ओजस्वी शेरचनले बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य संकट गम्भीर बन्दै गएको भन्दै तत्काल अस्थायी स्वास्थ्य शिविर सञ्चालन गर्न सरकारसँग