वडामा एक महिनासम्म केएचडीसी कार्यक्रम, सुविधासम्पन्न ल्याबको पनि स्थापना

दमक, २६ भदौ ।  वडामा रहेका आधारभूत स्वास्थ्य केन्द्र खोप लगाउने बेलामा मात्रै चलायमान भए भन्ने आरोप लागिरहेका बेला झापाको दमक नगरपालिका वडा नम्बर ९ मा केही फरक कामको सुरुवात भएको छ ।

 

यहाँ आधुनिक ल्यावको उद्घाटन गरिएको छ भनें दीर्ग रोगहरुको पहिचान गर्ने र त्यसबाट बच्ने उपायबारेमा जनचेतना बढाउने कार्यक्रम केएचडीसी कार्यक्रमको पनि थालनी भएको छ ।

 

बुधबार धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत प्राध्यापक डा. सञ्जीव शर्मा र दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले यी दुवै सेवाको संयूक्त समुद्घाटन गर्नु भयो ।

 

समुद्घाटनपछि ल्यावको निरीक्षण गर्दै केएचडीसी कार्यक्रमका प्रमुख समेत रहनु भएका डा. शर्माले भन्नु भयो ‘पहिला यत्तिको उपकरणहरु जिल्लास्थित स्वास्थ्य कार्यालयमा समेत नभएको र अहिले पनि धेरैवटा सरकारी परीक्षण केन्द्रमा यस्तो सुविधा नभएको अवस्था छ ।’ तर वडा स्तरकै आधारभूत स्वास्थ्य केन्द्रमा सेट अप गरिएका ल्यावका सामग्री देखेर डा. शर्मा दंग पर्नु भयो । भन्नु हुन्छ ‘मलाई आज ज्यादै खुसी लागेको छ । म हरेक गाउँमा यस्तै सुविधा सम्पन्न ल्याव हुनुपर्छ भन्ने सोचको मान्छे । मेरो सोचले अहिले सार्थकता पाउन थालेको छ ।’

 

दमक नगरपालिकाकी उप–प्रमुख रेगिना भट्टराई प्रसाईले आफुले सपथ ग्रहण गर्दै गर्दा वडाका स्वास्थ्य कार्यालयहरुमा ल्याव बनाउने भनेर घोषणा गरेको बताउनुहुँदै भन्नु हुन्छ ‘त्यो घोषणालाई अहिले क्रमशः पुरा गर्दै छांै । अहिले हामीले वडा नम्बर ६ र ९ मा ल्याव बनायौं । अव यही वर्ष वडा नम्बर ३,४ र १० मा समेत ल्याव स्थापना गर्ने छौं । बाँकी वडामा पनि क्रमशः बनाउदै दमकका १० वटै वडामा आधुनिक ल्याव सहितको आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरेरै छाड्छौं । ’

 

उद्घाटन कार्यक्रममा बोल्दै नगरका प्रमुख रामकुमार थापाले सकभर यो वर्षनै वडा नम्बर ७ र ८ मा पनि केही दातृ संस्थाहरुसँगको सहकार्यमा ल्याव बनाउन पहल भइरहेको बताउनु भयो । आम्दा अस्पतालले वडा नम्बर ७ मा ३ लाख रुपैँया बराबरको सहयोग गर्ने सहमति भइसकेकाले अव त्यहाँ पनि यही वर्ष ल्याव स्थापना गर्ने उहाँले जनाउनु भयो । वडा नम्बर १ मा दमक अस्पतालकै ल्याव प्रयोग गर्ने साथै वडा नम्बर ८ मा पनि दातृ संस्थाको खोजी गरिरहिएकाले सकेसम्म यही वर्षनै सबै वडाको स्वास्थ्य केन्द्रहरुमा आधुनिक ल्याव बनाउने र आम नगरबासीलाई वडाबाटै स्वास्थ्य परीक्षणको सुविधा पुर्याउने काम भइरहेको उहाँले बताउनु भयो ।

 

वडा नम्बर ९ का वडाध्यक्ष कुवेर भट्टराई स्वास्थ्य क्षेत्रकै पृष्ठभूमिबाट आउनु भएकोले पनि सो वडामा जनस्वास्थ्यका क्षेत्रमा अन्त भन्दा केही फरक कामहरु हुने गरेको स्थानीयको बुझाई छ । विरामीहरुलाई घर घरमै गएर उपचार र औषधीको प्रबन्ध, विपन्न र अस्पताल जानै नसक्नेलाई वडाध्यक्ष आफैं पनि गएर प्राथमिक उपचार गराउँदै र स्वास्थ्य परामर्श दिएर हौसला बढाउने काम पनि यहाँ हुने गरेका छन् । साथै कार्यक्रममा जग्गा दाताहरु सोमराज तामाङ र याम बहादुर अधिकारीलाई सम्मान पनि गरिएको छ । यहाँ केएचडीसी कार्यक्रमको विषेशज्ञको टोली एक महिनासम्म बसी दीर्ग रोगको पहिचान गर्ने छ । पहिचान गर्न आवश्यक श्रोत सामग्रीको पूर्ण सञ्चालनको तालिम समेत आधारभूत स्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मीहरुलाई प्रदान गरिने छ । त्यसपछि यो कार्यक्रम यहाँ निरन्तर चल्ने वडाध्यक्ष भट्टराईले जानकारी दिनुभयो ।

https://fb.watch/uxaoBcUiCA/

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर

बाढीले तहसनहस बेत्रावती अझै खण्डहर

काठमाडौं,१ कार्तीक । गत भदौ १० गते तिब्बततर्फबाट रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले तहसनहस पारेको बेत्रावती बजार हाल खण्डहर र बगरमा परिणत भएको छ

२१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन

काठमाडौं,१ असोज । गत असोज ११ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गतको म्याग्दीको दाना–राहुघाट