विद्यार्थीलाई सृजनशील बनाउँदै ग्लोबल एजुकेशनल एकेडेमी

दमक, २ असोज  ।  झापाको दमक ६ मा रहेको ग्लोबल एजुकेशनल एकेडेमीले विद्यार्थीलाई सृजनशील बनाउँदै शैक्षिक यात्रामा आफुलाई प्रभावकारी रुपमा अघि बढाइरहेको छ । सो क्रममा एकेडेमीले विभिन्न सांस्कृतिक कार्यक्रमका साथ बाल दिवस मनाउँदै नव आगन्तुक विद्यार्थीलाई स्वागत र कक्षा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार प्रदान गरेको छ ।

 

भदौ ३० गते बाल दिवसमा कक्षा मन्टेश्वरी, कक्षा १ देखि १० र ३१ गते कक्षा ११ का विद्यार्थीलाई स्वागत गरी तीन चरणको कार्यक्रम सम्पन्न भएको छ । बालदिवसमा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक प्रस्तुति दिएका छन् । योसँगै वार्षिक रुपमा कक्षा उत्कृष्ट र अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कार वितरणको कार्यक्रम सम्पन्न गरिएको छ । कक्षा १ देखि १० सम्मका विद्यार्थीको कार्यक्रममा दमक नगर प्रमुख रामकुमार थापाले प्रमुख अतिथिका रुपमा बोल्दै दमक नगरमा ग्लोबलले शैक्षिक क्षेत्रमा पुर्याएको योगदानको प्रसंशा गर्नुभयो ।

 

मन्टेश्वरी र कक्षा ११ को कार्यक्रममा ६ नम्बर वडाध्यक्ष टेकबहादुर थापा प्रमुख अतिथिका रुपमा सहभागि भई विद्यालयको प्रगतिमा प्रोत्साहन प्रदान गर्नुभएको थियो । उहाँले सामाजिक उत्तरदायित्वको क्षेत्रमा पनि विद्यालयको सक्रियता रहोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो ।

 

 

कार्यक्रममा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) का झापा अध्यक्ष गौरीमान फागोले ग्लोबलको शैक्षिक प्रगतिको चर्चा गर्दै शुभकामना व्यक्त गर्नुभयो । उहाँले विद्यार्थीहरुलाई दिमागलाई मनले नियन्त्रण गरेर सकारात्मक यात्रामा अघि बढ्न सुझाव दिनुभयो ।

 

सो दुईदिने कार्यक्रमको सभाध्ययक्ष विद्यालय सञ्चालक समिति अध्यक्ष इन्दिरा बस्नेतले विद्यार्थीका सपना पुरा गर्न विद्यालय लागिपरेको भनाई राख्नुभयो ।
विद्यालयका प्रिन्सिपल गुणराज अधिकारीले ग्लोबल प्रदेशकै उत्कृष्ठ प्रविधिमैत्री विद्यालयका रुपमा स्थापित भइसकेको जनाउँदै विद्यालयको गुणस्तर घट्न नदिन विद्यालय, अभिभावक र विद्यार्थीबीच समन्वय हुनुपर्ने कुरामा जोड दिनुभयो । उहाँले विद्यालयकोतर्फबाट गुणस्तरीय पठनपाठनका लागि कुनै कन्जुस्याईं नहुने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

 

विद्यालयको गुणस्तरीय शिक्षा अनि बाल दिवससहितका विभिन्न अवसरमा हुने अतिरिक्त क्रियाकलापले आफूहरुको चौतर्फी विकास हुने वातावरण बनेकोमा विद्यार्थीहरुले खुसी व्यक्त गरेका छन् । उज्वल कोइराला र रुपेश नेपालले विद्यालयको गतिविधिले आफूहरुलाई सृजनशील बनाएको बताउनु भयो ।

 

 

कार्यक्रममा, विद्यालयको वार्षिक परीक्षा तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्टता हाँसिल गर्ने विद्यार्थीहरुलाई नगद तथा शैक्षिक सामग्रीले पुरस्कृत गरिएको छ । कक्षा नर्सरीदेखि १२ सम्मका कक्षा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः जनही ६ हजार, ४ हजार र ३ हजारका दरले पुरस्कार प्रदान गरिएको हो ।
कार्यक्रममा, उत्कृष्ठ ५ जना अभिभावकलाई नगदसहित मायाको चिनो प्रदान गरेर सम्मानित गरिएको छ । सो अवसरमा विद्यालय सञ्चालक समितिका पूर्व अध्यक्ष एवम् वर्तमान सदस्य खेमप्रसाद भण्डारी, पूर्व सहायक प्रधानाध्यापक एवम् लेखा समिति सदस्य शंकरराज गौतम, प्याब्सनका कमल गाउँपालिका अध्यक्ष बद्री साम्पाङ लगायतले मन्तव्य व्यक्त गर्नुभयो ।

 

वि.सं.२०५३ सालमा स्थापना भएको ग्लोबलमा मन्टेश्वरीतर्फ २२५, कक्षा १ देखि १० सम्म १ हजार १ सय र कक्षा ११ र १२ मा १ हजार ३ सय विद्यार्थी अध्ययनरत छन् । सो विद्यालयमा विज्ञानमा बायोलोजी, मेनेजमेन्ट, कम्प्युटर बिजनेस र होटल मेनेजमेन्ट तथा मानविकी र कानुनको पढाई हुँदै आएको छ ।

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर

बाढीले तहसनहस बेत्रावती अझै खण्डहर

काठमाडौं,१ कार्तीक । गत भदौ १० गते तिब्बततर्फबाट रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले तहसनहस पारेको बेत्रावती बजार हाल खण्डहर र बगरमा परिणत भएको छ

२१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन

काठमाडौं,१ असोज । गत असोज ११ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गतको म्याग्दीको दाना–राहुघाट