वडादेखि ढोकासम्मको कार्यक्रमबाट नेपालमै चर्चित वडा

पथरी, १० असोज /  मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ८ ले घरदैलोमा पुग्नेसहितका नेपालमै नवीन प्रकारका कार्यक्रम सञ्चालन गरेर वडावासीको मन जित्दै आएको छ ।

 

उज्यालो खबरको ‘उज्यालो संवाद’ कार्यक्रममा बोल्दै ८ नम्बर वडाध्यक्ष नवीन कार्कीले ‘वडादेखि ढोकासम्म’को कार्यक्रम नेपालकै पृथक कार्यक्रम रहेको बताउनु भयो ।

 

 

उहाँले धाएर वडा कार्यालय आउन नसक्ने अवस्थाका अपाङ्गता भएकासहितका असक्त अवस्थाका वडावासीको विवरण संकलन गरी कागजात घरमै पुर्याइदिने कार्यक्रमले नेपालमा फरकखाले काम भएको उल्लेख गर्नु भयो ।

 

नगरकै कान्छा वडाध्यक्ष कार्कीले नवीनतम् सोच अघिसारेर वडा समितिमार्फत कार्यक्रम अघि बढाउँदै वडावासीको सेवाका सवालमा वडा अगाडि देखिएको चर्चा हुँदै आएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

इलाम दुर्घटना: धन्न मानवीय क्षति भने भएन

इलाम १५ असार । इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा आइतबार दिउँसो गोलिया (काठ) लोड गरेको ट्रक अनियन्त्रित भई करिब १०० मिटर तल खस्दा दुर्घटना भएको छ।

त्रिविका क्याम्पसहरूबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्ना सबै आंगिक क्याम्पसहरूबाट दलनिकट विद्यार्थी संगठनका संरचनाहरू हटाउन निर्देशन दिएको छ। विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सोमबार

किसानलाई राहत कि केवल सरकारी औपचारिकता ?

काठमाडौं १५ असार ।  नेपालमा आज (असार १५) २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव हर्षोल्लासका साथ मनाइँदै छ । ‘मानो रोपेर मुरी फलाउने’ महिनाको

प्र्यांकको नाममा समाजलाई त्रास बनाउने खेल कहिलेसम्म

झापा १५ असार । पछिल्लो समय सामाजिक सञ्जालमा प्र्यांकको नाममा देखाइने केही गतिविधिले एउटा गम्भीर प्रश्न खडा गरेको छ—हामी मनोरञ्जन गरिरहेका छौँ कि समाजमा डर

सुस्ता क्षेत्रको विवाद अझै समाधान हुन सकेन : भीम रावल

काठमाडौं ,१५ असार । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले नेपाल जस्तो संवेदनशील भूराजनीतिक अवस्थाको देशले आफ्नो राष्ट्रिय हित र सीमाको सुरक्षामा अडान लिनुपर्ने बताउनु

बेरुजु दोहोरिनु वित्तीय अनुशासनका लागि गम्भीर चिन्ताको विषय : सभामुख अर्याल

काठमाडौं , १५ असार । सभामुख डोलप्रसाद अर्यालले वर्षेनी एउटै प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन, सुशासन र सार्वजनिक उत्तरदायित्वका दृष्टिले गम्भीर चिन्ताको विषय भएको बताउनु