दशैंको मुखमा विपन्नलाई ३ महिना पुग्ने रासन, वितरणको कार्यविधि चाँहि के हो ?

दमक, २३ असोज
उहाँको नाम हो अर्जुन न्यौपाने । दमक ३ स्थित जनज्योति टोल उहाँको घर । आर्थिक रुपमा विपन्न उहाँको परिवारलाई अहिले दशंैमा मिठो खाने र राम्रो लगाउने भन्दा पनि छाक कसरी टार्ने भन्नेकै पिरलो छ । त्यही भएर दशैंको बेलामा वडा कार्यालयमा रासन सहितको राहत वितरण छ भन्ने सुनेर उहाँ ३ नम्बर वडा कार्यालयमा आइपुग्नु भयो ।

 

बाघखोर दमककी कोपिला पाण्डेको श्रीमान कमाउन भन्दै १५ दिन अघि बैदेशिक रोजगारमा जानु भएको छ । अर्काको केही खेत अँधिया गरेर जीविकोपार्जन गर्न धौ धौ भएपछि भर्खरै लाखौ ऋणपान गरेर श्रीमान विदेश जानुभएपनि अहिले आफ्ना लालाबालालाई कसरी चार्ड मनाउने भन्ने चिन्ताले चिन्तित कोपिलालाई वडाले दिएको रासनले राहत मिलेको प्रतिकृया दिनुभयो ।

 

दमक नगरपालिका वडा नं ३ का वडाध्यक्ष नवीन बरालले भुगोलको रुपमा यो वडा ठूलो र धेरै सुकुम्बासीका साथै आर्थिक विपन्न परिवार रहेकाले राहतका लागि छनोटमा पनि समय लागेको बताउनु भयो । तरपनि दशैंको बेलामा यसखाले राहत कार्यक्रमले विपन्नसँग हामी पनि छौ, विपन्नसँगै हामीपनि दशै मनाउँछौं भन्नेगरिको भावनाको विकास गराउन यो कार्यक्रम गरिएको बताउनु भयो ।

 

यसरी वडा-वडा तथा नगरमा समेत विपन्नहरुलाई राहत वितरण गरियो । दशैंलाई लक्षित गरेर गरिएको यो कार्यक्रम वडा नं ६ मा पनि गरियो । छुट भएकाहरुलाई बुधबार समेत सो वडाले रातह वितरण गरेको थियो । वडा तथा नगरमा समेत गरी यो पटक ३ सय भन्दा बढी विपन्न परिवारलाई राहत वितरण गरिएको छ । विभिन्न टोल विकास संस्थाको सिफारिस, वडाको प्रमाणित अनि नगरले बनाएको विपन्न पहिचान गर्ने समितिको स्विकृतीमा विपन्न परिवारलाई दशैंमा राहत वितरण गरिएको नगरकी उप-प्रमुख रेगिना भट्टराई प्रसाईंले जानकारी दिनुभयो ।

 

दमक नगरपालिकाको तथ्यांकमा अहिले ४ हजार २ सय परिवार विपन्न छन् । ती मध्ये १ हजार २ सय अति विपन्न रहेको नगरको तथ्यांकमा उल्लेख छ ।

 

नगर प्रमुख राम कुमार थापाका अनुसार अति विपन्न मध्ये पनि यो पटकको दशैंमा ३ सय परिवारलाई दशैं राहत दिइएको र बाँकीलाई फेरि चैत महिनातिर वितरण गरिने उहाँले जानकारी दिनुभयो । यो कार्यक्रममा यो वर्ष १५ लाख रुपैँया बजेट विनियोजन गरी काम गरिएको उहाँको भनाई छ ।

 

पहुँच भएकाहरुका लागि मात्रै सरकार छ भन्ने गलत भाष्यलाई चिर्न दमकका विपन्न परिवारलाई दशंैको मुखैमा वितरण गरिएको खाद्यान्नले विपन्नकालागि पनि सरकार छ है भन्ने अवस्था विकास गराएको छ । यसलाई निरन्तरता दिइदै भूँई मान्छेले समेत सरकार भएको अनुभूति हुनेगरिका रोजगारीसहितका अन्य प्रभावकारी काम गर्न पालिका सरकार अग्रसर हुन आवश्यक छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पाथीभरामा साउन महिनामा ३ लाख १८ हजार भेटी संकलन

पाथीभरा,२ भदौ । प्रसिद्ध तीर्थस्थल पाथीभरामा साउन महिनामा ३ लाख १८ हजार ५ सय रुपैयाँ भेटी संकलन भएको छ। पाथीभरा क्षेत्र विकास समितिका अनुसार उक्त

जनकवि दुर्गालाल श्रेष्ठको अन्त्येष्टि

काठमाडौं,२ भदौ । जनकवि दुर्गालाल श्रेष्ठको अन्त्येष्टि गरिएको छ ।मंगलबार अन्त्येष्टिअघि श्रेष्ठको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि विजेश्वरीस्थित नेपाल भाषा मंका खलःको प्राङ्गणमा राखिएको थियो।

निष्पक्षतामा प्रश्न नउठ्ने गरी काम गर्छौं : सभापति थापा

काठमाडौं,२ भदौ ।नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनलाई निष्पक्ष र विश्वसनीय रूपमा सम्पन्न गर्नुपर्ने बताउनु भएको छ। मंगलबार पार्टी कार्यालयमा आयोजित प्रशिक्षण कार्यक्रममा

हवाई सुरक्षा सुधार र पर्यटन विकासमा सरकारको प्राथमिकता

काठमाडौं,२ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल (गनेस)ले पर्यटन पूर्वाधार विकास तथा नेपालको हवाई सुरक्षा प्रणाली सुधारलाई सरकारले प्राथमिकतामा राखेर काम

राष्ट्रिय गौरवका पाँच सिँचाइ आयोजना पाँच वर्षभित्र सक्ने लक्ष्य

काठमाडौं ,२ भदौ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका सिँचाइ आयोजनालाई निश्चित समयसीमाभित्र सम्पन्न गर्ने कार्ययोजना अघि सारेको छ। मंगलबार मन्त्रालयमा आयोजित पत्रकार

जनक परियारको नेतृतवमा ‘राष्ट्रिय जागरण अभियान’ को घोषणा

काठमाडौं ,२ भदौ। जनक परियारको संयोजकत्वमा सामाजिक न्याय, सुशासन र नागरिक अधिकारका लागि ‘राष्ट्रिय जागरण अभियान’ घोषणा भएको छ । मंगलबार राजधानीको संवाद डबलीमा कार्यक्रमको