जनक परियारको नेतृतवमा ‘राष्ट्रिय जागरण अभियान’ को घोषणा

काठमाडौं ,२ भदौ। जनक परियारको संयोजकत्वमा सामाजिक न्याय, सुशासन र नागरिक अधिकारका लागि ‘राष्ट्रिय जागरण अभियान’ घोषणा भएको छ ।

मंगलबार राजधानीको संवाद डबलीमा कार्यक्रमको आयोजना गरी देश राजनीतिक अनिर्णयको बन्दी बनेकोले त्यसको निकासका लागि नयाँ अभियान घोषणा गर्नुपरेको संयोजक परियारले बताउनु भयो ।

संयोजक परियारले अभियानले देशमा विद्यमान विभेद, भ्रष्टाचार, अन्याय, शोषण तथा नागरिकका आधारभूत अधिकारसँग सम्बन्धित समस्याविरुद्ध संगठित रूपमा आवाज उठाउने जनाउनु भयो ।

अभियानले नागरिकका मौलिक हक तथा अधिकारको संरक्षण, सामाजिक तथा आर्थिक विभेदको अन्त्य र राज्यका सेवा–सुविधामा समान पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिएको उहाँले जनाउनु भयो ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले नयाँ भनिएकाहरु पनि पुरानै दलहरु भन्दा फरक नभएको आरोप लगाउनु भयो । भ्रष्टाचार र सुशासनको नारा दिएर सत्तामा पुगेकाहरुले पनि थप भ्रष्टाचार र कुशासन चलाएका छन । त्यसको खबरादारीका लािग अभियानले भूमिका खेल्ने विश्वास रहेको बताउनु भयो ।

डा।निर्मल विश्वकर्माले शिक्षा, स्वास्थ्य, रोजगारी, आवास तथा सामाजिक सुरक्षा जस्ता जनताका मौलिक अधिकारहरुमाथि नै वर्तमान सरकारले प्रहार गरेको आरोप लगाए । विश्वकर्माले सरकारलाई खबरादारी गर्न अभियानको मुख्य लक्ष्य हुनुपर्ने सुझाउनु भयो ।

सामाजिक अभियान्ता गणेश गोतामेले श्रमिकका अधिकार संरक्षण गर्ने, महिला, दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिमलगायत पछाडि पारिएका समुदायको अधिकार सुनिश्चित गर्न अभियानले भूमिका खेल्नुपर्ने धारणा राख्नु भयो ।

अभियान्ता रामसुन्दर सुनामले भ्रष्टाचार नियन्त्रण, पारदर्शिता, जवाफदेहिता र कानुनी शासनको प्रभावकारी कार्यान्वयनका लागि दबाब सिर्जना गर्नुपर्ने धारणा राख्नु भयो ।

अभियान्ता राजन छिनालले डिजिटल तथा सामाजिक सञ्जालमार्फत नागरिक जागरण विस्तार गर्ने, विभिन्न सामाजिक अभियान सञ्चालन गर्ने तथा अधिकार र कर्तव्यबारे जनचेतना अभिवृद्धि गरिने जनाउनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पाथीभरामा साउन महिनामा ३ लाख १८ हजार भेटी संकलन

पाथीभरा,२ भदौ । प्रसिद्ध तीर्थस्थल पाथीभरामा साउन महिनामा ३ लाख १८ हजार ५ सय रुपैयाँ भेटी संकलन भएको छ। पाथीभरा क्षेत्र विकास समितिका अनुसार उक्त

जनकवि दुर्गालाल श्रेष्ठको अन्त्येष्टि

काठमाडौं,२ भदौ । जनकवि दुर्गालाल श्रेष्ठको अन्त्येष्टि गरिएको छ ।मंगलबार अन्त्येष्टिअघि श्रेष्ठको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि विजेश्वरीस्थित नेपाल भाषा मंका खलःको प्राङ्गणमा राखिएको थियो।

निष्पक्षतामा प्रश्न नउठ्ने गरी काम गर्छौं : सभापति थापा

काठमाडौं,२ भदौ ।नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनलाई निष्पक्ष र विश्वसनीय रूपमा सम्पन्न गर्नुपर्ने बताउनु भएको छ। मंगलबार पार्टी कार्यालयमा आयोजित प्रशिक्षण कार्यक्रममा

हवाई सुरक्षा सुधार र पर्यटन विकासमा सरकारको प्राथमिकता

काठमाडौं,२ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल (गनेस)ले पर्यटन पूर्वाधार विकास तथा नेपालको हवाई सुरक्षा प्रणाली सुधारलाई सरकारले प्राथमिकतामा राखेर काम

राष्ट्रिय गौरवका पाँच सिँचाइ आयोजना पाँच वर्षभित्र सक्ने लक्ष्य

काठमाडौं ,२ भदौ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका सिँचाइ आयोजनालाई निश्चित समयसीमाभित्र सम्पन्न गर्ने कार्ययोजना अघि सारेको छ। मंगलबार मन्त्रालयमा आयोजित पत्रकार

जनक परियारको नेतृतवमा ‘राष्ट्रिय जागरण अभियान’ को घोषणा

काठमाडौं ,२ भदौ। जनक परियारको संयोजकत्वमा सामाजिक न्याय, सुशासन र नागरिक अधिकारका लागि ‘राष्ट्रिय जागरण अभियान’ घोषणा भएको छ । मंगलबार राजधानीको संवाद डबलीमा कार्यक्रमको