अनुशीलन

काठमाडौंबाट फर्किएर आफ्नै ठाउँमा नाट्यकर्ममा तल्लिन जीवन बराल

दमक, कार्तिक ४
मोरङको पथरी शनिश्चरे २ का खडानन्द बराल नाट्य क्षेत्रमा जीवन बराल नामले चिनिनु मात्र होइन नाटक नै जीवन मानेर आफ्नो उचाई राष्ट्रियस्तरमा बढाउन सफल बन्नु भएको छ ।

 

उमेरले ४३ शिशिर वसन्त पार गर्नु भएका बराल बाल कलाकारका रुपमा ०५३ सालबाट तात्कालिन पथरी ८ स्थित प्रगतिशील मञ्चमार्फत खासगरी स्थानीय वीरेन्द्रनगर क्षेत्रमा नाटकमा अभिनय गर्न थाल्नु भयो । पछि दमकमा प्रकाश आङ्देम्बेको अगुवाईमा सञ्चालन भएको गन्तव्य थिएटरमा नाटक गर्न पुग्नुभयो । त्यहाँ नाटक सिक्दै गर्दा ०६४ सालमा घिमिरे युवराजको अगुवाईमा काठमाडौंमा सञ्चालनमा रहेको शिल्पी थिएटरमा प्रशिक्षार्थीका रुपमा छनोट हुनु भएपछि उहाँको नाट्यकलाले फक्रिने अवसर पायो । राष्ट्रिय नाचघरमा समेत ६ महिनाको तालिम लिन पाएपछि जीवनले रंगकर्म के रहेछ भनेर छर्लङ्ग बुझ्न पाउँनु भयो र त्यही क्षेत्रमा लागिरहने प्रण गर्नुभयो ।

 

त्यसपछि शिल्पी थिएटरमै रहेर नाटक उत्पादन, अभिनयसहित पछिल्लो समयमा निर्देशनकै जिम्मेबारी लिएर निरन्तर १३ वर्ष काम गर्नुभयो । नेपालका विभिन्न ठाउँ र भारतका केही ठाउँमा प्रभावकारी नाट्य प्रस्तुतिबाट दर्शकको मन जित्न सफल बन्नु भयो । विभिन्न विद्यालयहरुमा नाट्य शिक्षकका रुपमा समेत काम गर्न भ्याउनु भयो । यी सवै क्षेत्रबाट सिकेको ज्ञान र सीपलाई आफ्नै गृह क्षेत्रमा उपयोग गराएर नाट्यकर्मको प्रवद्र्धनका लागि उहाँ यसबेला तल्लिन रहनु भएको छ ।

 

पथरी शनिश्चरे फर्किएपछि ‘शब्द थिएटर’ संस्था खडा गरी त्यसको निर्देशकका रुपमा उहाँ रहनु भएको छ । अनि मोरङ र झापाका ६ वटा विद्यालयमा शिक्षकका रुपमा रंगकर्म समेत सिकाइरहनु भएको छ । उहाँकी श्रीमती सुमन कुइकेल र छोरा काव्य समेत नाट्यकर्म मै हुनुहुन्छ । चुलाचुली रंगमञ्च इलामसहितका दर्जन बढी संघ संस्थाबाट सम्मानित उहाँ नाटक गर्नुमा जत्तिको खुसी अरु केही चिजमा पनि पाउनु हुन्न ।

 

उहाँले हालसम्म कचहरी नाटकका रुपमा प्रकृति प्रेमी, जैविक धुन, अँध्यारो विरुद्ध, नारी, बिल्टु विरामी छ, के लाग्यो हल्काले, समय र हिंसा, त्रिपाल, खुशी, कोरोना, दोषी को ? मा अभिनय गर्नुभएको छ । स्टेज नाटकमा लाटो पहाड, बहुलाकाजीको सपना, चरणदास चोर, नयाँ सडकको गीत, तारतुफ, समाजका नाइके, तीन बहिनी, कोमा, माजिपा लाखे, दिक्षान्त, हारजीत, माधवी, चोःलुङ, बाह्र दुर्वासासहितमा उहाँको प्रभावकारी प्रस्तुतिले उहाँलाई नाट्य क्षेत्रमा विशेष चिनाएको छ ।

 

जेसिमा बेटा बर्सुन्, जुली, पाहुना घरकी साहुनी, अनि देउराली रुन्छ, घरभित्रको अर्को घर, बर्बरिक, डम्बरी, आनमयाँ, आमा नहुँदा एक साँझ, दन्तको डोब, बबयागा अर्थात हिँउको बाटो, जयमाया आफूमात्र लिखापानी आइपुगी, सिमेक्वा, हेच्छाकुप्पा नाटकमा उहाँले निर्देशन समेत गर्नुभएको छ । त्यसबीचमा उहाँले दयाहाङ राई मुख्य पात्रका रुपमा रहेको म्यूजिक भिडियो ‘सँगसँगै कान्छि’को निर्देशन गर्नुभयो । भोलिभोलि भन्दैमा बोलको गीतमा उहाँले अभिनय पनि गर्नुभयो ।

 

०६८ /६९ मा उहाँले पहिलो पटक टेलिश्रृंखला ‘अमिलो पिरो’ मा सहायक निर्देशक र कलाकार भएर काम गर्ने अवसर पाउँनु भयो । त्यसपछि उहाँको प्रतिभाले काँचको पर्दामा अझ फैलिँदै जाने मौका पायो । मेरी बास्सै, हिजोआजका कुरा, किलो टांगो, कथैकथाको यो संसार, एउटै आँगन, जीवनचक्र, थोरै भए पुगिसरी, सिंहदरबार २ मा अभिनयको अवसर जुर्यो ।

 

त्यसपछि उहाँको सम्भावनाले चलचित्र क्षेत्रमा पनि प्रवेश पायो । परित्याग चलचित्रमा सहायक निर्देशक भएर भित्रिएको उहाँको पाइला खग्रास, सेमिफुंगा, महानगरहुँदै प्रेमगीत ३, जिग्री, घामड शेरे र मन्सरामा लम्किन पायो । हाल छायांकनमा रहेको बलिदानमा समेत उहाँको अभिनय देख्न पाइने भएको छ । उज्यालो खबरको ‘अनुशीलन’ कार्यक्रममा उहाँसँग गरिएको कुराकानी प्रस्तुत छ ः

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राहत होइन अब नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा

काठमाडौं ,१८ भदौ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले नेपालले प्राकृतिक विपद्बाट भएको क्षतिका लागि अब राहत नभई अन्तर्राष्ट्रिय समुदायसँग क्षतिपूर्ति माग्नुपर्ने बताउनु

भदौ २३ गते ‘जेनजी शहीद दिवस ,यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले भदौ २३ गतेलाई ‘जेनजी शहीद दिवस’ का रूपमा मनाउने निर्णय गर्दै सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारले बाढीबाट ज्यान

बाढीको प्रभाव , मूल्यबृद्धिको संकेत

काठमाडौं ,१८ भदौ। भोटेकोशी तथा त्रिशूली नदीमा आएको भयावह बाढीका कारण चीनसँगको प्रमुख व्यापारिक नाका जोड्ने सडक तथा व्यापारिक मार्गमा ठूलो क्षति पुगेपछि नेपालमा चाडपर्व

ग्यास आपूर्तिमा सहजीकरण गर्न सरकार तयार : मन्त्री यादव

काठमाडौं ,१८ भदौ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी यादवले होटल व्यवसायीहरूलाई ग्यास आपूर्तिमा देखिएको समस्या समाधानका लागि सरकारसँग सहकार्य गर्न आग्रह गर्नु भएको छ

विपद्पछि राहतभन्दा पूर्वाधार अभाव ठूलो चुनौती

काठमाडौं ,१८ भदौ। प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा सांसदहरूले बाढीपहिरोबाट प्रभावित क्षेत्रमा राहत तथा उद्धारसँगै पूर्वाधार पुनर्निर्माणलाई प्राथमिकता दिन सरकारको ध्यानाकर्षण गराएका छन्। बिहीबार

बाढी प्रभावित क्षेत्रमा तत्काल अस्थायी स्वास्थ्य शिविर सञ्चालन गर्न सांसद शेरचनको माग

काठमाडौं,१८ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद ओजस्वी शेरचनले बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य संकट गम्भीर बन्दै गएको भन्दै तत्काल अस्थायी स्वास्थ्य शिविर सञ्चालन गर्न सरकारसँग