पुस्ता हस्तान्तरणको क्रममा पथरी शनिश्चरेको संगिनी

महिला जागरण हरिकीर्तिन समूहको छातामुनि आबद्ध गृहनगर पथरी शनिश्चरे नपा वडा नम्बर ३ अवस्थित आमाहरूको एउटा जाँगरिलो समूहले विगत केही समययता परम्परागत संगिनी स्वर र साधनामा रुचिपूर्वक मञ्चन गर्दै आउनुभएको छ । पछिल्लो दशकयता नेपाली समाजमा भित्रिएको पश्चिमा संस्कृति, आयतित बाजागाजा, लयआदिको प्रभावले लोपोन्मुख यो कलात्मक संस्कृतिलाई बचाउने र पुस्ता हस्तान्तरण गर्ने आमाहरूको योजना भएको बुझिन्छ ।

 

यसमा सहजकर्ताको रूपमा उभिएर सहयोग गर्दै आउनुभएका स्थानीय भाइ अर्जुन काफ्लेका अनुसार आमाहरू केही दिनमा संगिनी विकासक्रमको सिकाइ र उपलब्धी अध्ययनका लागि म्याग्दी, पर्वत, बागलुङ, स्याङजा, गुल्मी, पाल्पा, तनहुँलगायतका जिल्ला जिल्लामा जानुहुने, यसबारे घनिभूत अध्ययन गर्ने र स्थानीय आमा दिदीबहिनीमाझ बसेर प्राप्त ज्ञानमिश्रित अनुभव आदानप्रदान गर्ने सोचमा हुनुहुन्छ ।

 

 

संगिनी नाच मूलतः आमा वा दिदीबहिनीहरूले स्थानीय भाका र लयमा गीत गाएर फन्को मार्दै छमछमी नाच्ने एक परम्परागत नृत्य हो । परस्पर मानवीय प्रेम र समर्पण रहेको संगिनी नाचमा प्रयोग गरिने शब्द चयन, भाका र स्वरसहितको साधनाभित्र धार्मिक ग्रन्थहरूको सार पाइन्छ । जस्तै कि रामायण, महाभारत, गीता आदि जस्ता काव्य ग्रन्थहरूको सन्देशात्मक तथ्यलाई गीत र रैथाने लयमा परिणत गरी ताली बजाई बजाई नाच्ने गरिन्छ । सामाजिक मुद्दालाई पनि यसले कथावस्तुको रूपमा बोक्ने गर्दछ ।

 

 

पैराणिककालका कथावस्तुहरू समेटिएकाले संगिनी गीत सुन्नमा कतिपयलाई आनन्द लाग्छ, मिठो मान्नुहुन्छ- अग्रज आमा रमा काफ्ले भन्नुहुन्छ । यसमा संस्कार, संस्कृति र नैतिक मूल्यमा आधारित आचरण पनि भएकोले पुस्ता हस्तान्तरण जरुरी भएको उहाँको तर्क छ । युवा उमेर समूहका नानीहरू लिएर सिकाइको उत्तराधिकारी निर्माण गर्न लागेको दृश्यअघि बहुविधाले आकर्षित रमा आमा आफैंमा ढुक्क हुनुहुन्छ ।

 

 

अन्य विधामा प्रयोग हुने गीत संगीत जस्तो केवल मनोरञ्जनको साधन होइन, सांस्कृतिक धरोहरको प्रतीक हो, जसले सामुदायिक एकता र सामाजिक सद्भावको पक्षपोषण गर्दछ । महिला जागरण हरिकीर्तिन समूहले आफ्नो अभिनय र मञ्चनका क्रममा प्रयोगमा ल्याएका कतिपय संगिनी गीत र संगीतमा संस्कार र संस्कृति आदि पक्षलाई नियाल्दा यसमा परम्पराको निरन्तरता मात्र छैन, आजको पुस्ताले मन पराउने कतिपय गीतभन्दा सामाजिक सद्भावयुक्त सहिष्णुता, देशभक्ति र राष्ट्रभक्ति पनि निर्देशित छ । यो आज निकै खड्कँदो पक्ष हो, आफैंमा सर्वाधिक राम्रो विषय हो ।

 

 

पूर्वजनप्रतिनिधि देवीप्रसाद घिमिरेका साथमा भूवनेश्वर पोखरेल, उमकान्त खतिवडा, टंकप्रसाद पोखरेल, प्रेमप्रसाद नेपाल, चन्द्रप्रकाश अधिकारी, बलभद्र आचार्य, लोकनाथ गौतमसहितको प्रयासमा उठेको बालन समूहको सक्रियता सँगसँगै संगिनी निर्माण र सञ्चालनमा सहकार्य गर्नुहुने देवीमाया लुइँटेल, टंक पोखरेल, यशोदा पोखरेल, नीरा अधिकारी, मुना अधिकारी, सीता अधिकारी, पिंगला पोखरेललगायतको भूमिका उल्लेख रहेको स्थानीय बालन तथा संगिनीप्रेमी बताउनुहुन्छ ।
सम्बद्ध सबैलाई हार्दिक सम्मान ।
   (पथरी शनिश्चरे, मोरङ)

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर

बाढीले तहसनहस बेत्रावती अझै खण्डहर

काठमाडौं,१ कार्तीक । गत भदौ १० गते तिब्बततर्फबाट रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले तहसनहस पारेको बेत्रावती बजार हाल खण्डहर र बगरमा परिणत भएको छ

२१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन

काठमाडौं,१ असोज । गत असोज ११ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गतको म्याग्दीको दाना–राहुघाट