६ हजार बढी गाई संरक्षणको गौशाला, दुई तले गोठ, सम्वद्र्धनमा हरेक वर्ष महायज्ञ

दमक, कार्तिक २७
एकै ठाउँमा ६ हजार भन्दा बढी गाई । ५ हजार भन्दा बढी स्थानीय समुदायलाई निःशुल्क हस्तान्तरण । कुनै पनि गाईको किनबेच हुँदैन । गाईले दूध दिउँन्जेल घरमा पाल्ने र थारो भएपछि यहीँ ल्याएर छोडिदिने ।

 

गाई धार्मिक रुपमा मात्रै नभएर वैज्ञानिकरुपमा पनि मानव जीवनसँग जोडिएको जीव हो । किनकि, विशेष हिन्दु शास्त्रमा त जन्मेदेखि मृत्यू पर्यन्त गाई चाहिन्छ । सवैका लागि दूध पिउन होस् वा दूधजन्य अन्य सामग्री । गाईको दूध र गहुँत समेत मानव जीवनका लागि प्रभावकारी मानेर विज्ञानले समेत पुष्टि गरेपछि गाई र मानव जीवनको सम्बन्ध अन्योन्यास्रित जस्तै छ ।

 

 

त्यसैले गाईलाई बेच्न हुँदैन, मार्न हुँदैन । बाचुञ्जेल सेवा गर्ने । दूध दिउन्जेल सेवन गर्ने हो । कालगतिले कुनै गाईको मृत्यू भएमा मात्रै उसको जीवन सकिन्छ । यत्ति कुरा आम मानिसलाई बुझाउनका लागि झापाको शिवसताक्षीस्थित सताक्षीधाममा एकजना सन्त बिगत एक दशकदेखि बसिरहनु भएको छ । उहाँको नाम हो नन्द किशोर महाराज ।

 

वर्षेनी गौ रक्षाका लागि भन्दै निकै ठूला महोत्सव लगाउनु हुन्छ । देश बिदेशबाट दिग्गज व्यक्तित्वहरुलाई समेत बोलाएर गाईको किन संरक्षण गर्ने, यसका फाइदा के हुन भनेर प्रवचन नै सुनाइन्छ । यसखाले प्रवचनपछि अहिले केही समुदायमा गाईको किनबेच घटेको छ । पाल्न नसक्नेहरुले यहाँ ल्याएर गाई छोडिदिन्छन् अनि गाईको सेवा गर्न चाहनेले यहीँ आएर गाई लिएर जान्छन् । अहिले यो क्रम यहाँ निरन्तर चलिरहेको छ ।

 

त्यसैले अहिले पनि यहाँको गोठमा ६ सय बढी गाई रहेका छन् । सबैलाई खान र बस्नका लागि व्यवस्था मिलाइएको छ । दुई तलेसम्मको गाईको गोठ पनि यहीँ बनिरहेको छ । दिनभरी जंगलमा चर्न गएका गाई साँझमा फर्केपछि पक्की गोठमा आनन्दले बस्न पाएका छन् ।

कुनै बेलाको अनकण्टार सताक्षीधाम अहिले भने भव्य संरचना सहित सबैको आँखामा पर्न सकेको छ । यहाँ अहिले भव्य भव्य मन्दिरहरु बनेका छन् । पूजा अर्चनाका लागि भक्तजनलाई सहज संरचना बनाइएको छ । गुरुकुल पद्धतिमा संस्कृत पढाउन छुट्टै भवन छ । ज्येष्ठ आमा बुबाको सेवा गर्न बृद्ध सेवा घर बेग्लै छ । यहाँ अहिले पनि हेरालु तथा अन्य कर्मचारी सहित गरेर ५० बढीले रोजगार पाएका छन् । सबैलाई छुट्टा छुट्टै बस्ने ठाउँ बनाइएको छ ।

 

आशा, आस्था, विश्वास अनि भरोसाका साथ काम गर्ने हो भने अभाव र समस्या कहिँबाट सिर्जना हुँदैन रहेछ । यहाँ अहिलेसम्म जति पनि संरचना निर्माण भएका छन्, ती सबै भक्तजनको भेटी, सहयोगी मनहरुको सहयोगबाट भएको हो । कुनै पनि सरकारी बजेट र कार्यक्रम यहाँ खास पर्न सकेको छैन ।

 

यो ठाउँ महाभारतकालीन सन्दर्भसँग जोडिएको धार्मिक मात्रै नभएर प्राकृतिक रुपमा पनि निकै सुन्दर छ । शान्त वातावरणले यहाँ पुग्ने सबैको मनलाई लोभ्याउछ ।

 

गाईको संरक्षण किन गर्नु पर्छ भनेर यो वर्ष पनि फेरि अर्को महायज्ञ यहाँ लाग्दैछ । मंसिर १४ देखि २४ गतेसम्म (११ दिवसीय) गोरक्षा महोत्सव हुने भएको हो ।

 

गोलोक गोवर्धन गौशालाको आयोजनामा हुने यो दशौँ धार्मिक महोत्सव हो । महोत्सवमा धनधान्याञ्चल ज्ञान महायज्ञ, पञ्चकुण्डीय श्रीरुद्र महायज्ञ, श्री तुलसी शालिग्राम , श्री सीताराम विवाह तथा लिङ्ग महापुराण कथा प्रवचन हुने छ । साथै यो पटक चाहि यहाँ ५१ फिट अग्लो सवा करोड रुद्धाक्षको दानाबाट शिवलीङ्ग पनि स्थापना गरिँदैछ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पाथीभरामा साउन महिनामा ३ लाख १८ हजार भेटी संकलन

पाथीभरा,२ भदौ । प्रसिद्ध तीर्थस्थल पाथीभरामा साउन महिनामा ३ लाख १८ हजार ५ सय रुपैयाँ भेटी संकलन भएको छ। पाथीभरा क्षेत्र विकास समितिका अनुसार उक्त

जनकवि दुर्गालाल श्रेष्ठको अन्त्येष्टि

काठमाडौं,२ भदौ । जनकवि दुर्गालाल श्रेष्ठको अन्त्येष्टि गरिएको छ ।मंगलबार अन्त्येष्टिअघि श्रेष्ठको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि विजेश्वरीस्थित नेपाल भाषा मंका खलःको प्राङ्गणमा राखिएको थियो।

निष्पक्षतामा प्रश्न नउठ्ने गरी काम गर्छौं : सभापति थापा

काठमाडौं,२ भदौ ।नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनलाई निष्पक्ष र विश्वसनीय रूपमा सम्पन्न गर्नुपर्ने बताउनु भएको छ। मंगलबार पार्टी कार्यालयमा आयोजित प्रशिक्षण कार्यक्रममा

हवाई सुरक्षा सुधार र पर्यटन विकासमा सरकारको प्राथमिकता

काठमाडौं,२ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल (गनेस)ले पर्यटन पूर्वाधार विकास तथा नेपालको हवाई सुरक्षा प्रणाली सुधारलाई सरकारले प्राथमिकतामा राखेर काम

राष्ट्रिय गौरवका पाँच सिँचाइ आयोजना पाँच वर्षभित्र सक्ने लक्ष्य

काठमाडौं ,२ भदौ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका सिँचाइ आयोजनालाई निश्चित समयसीमाभित्र सम्पन्न गर्ने कार्ययोजना अघि सारेको छ। मंगलबार मन्त्रालयमा आयोजित पत्रकार

जनक परियारको नेतृतवमा ‘राष्ट्रिय जागरण अभियान’ को घोषणा

काठमाडौं ,२ भदौ। जनक परियारको संयोजकत्वमा सामाजिक न्याय, सुशासन र नागरिक अधिकारका लागि ‘राष्ट्रिय जागरण अभियान’ घोषणा भएको छ । मंगलबार राजधानीको संवाद डबलीमा कार्यक्रमको