कमल गाउँपालिका

समाधिस्थल व्यवस्थित गर्न समुदायको अग्रसरता

झापा /

झापाको कमल गाउँपालिका-५ मा अवस्थित समाधिस्थल क्षेत्रलाई व्यवस्थित बनाउन सरोकारवाला लागेका छन् । समाधिस्थल संरक्षणमा राज्यले चासो नदिएको भन्दै स्थानीयवासी, जातीय संस्था तथा नागरिक समाजका अगुवाले समाधिस्थल व्यवस्थित गर्न सुरु गरेका हुन् ।
आदिवासी रङ्गशाला तथा स्मृति प्रतिष्ठानको आयोजनामा बिहीबार समाधिस्थल क्षेत्रको व्यवस्थापनका विषयमा सरोकारवाला, समुदाय, संस्था र सो क्षेत्रका राजनीतिक, सामाजिक अगुवाबीच अन्तक्र्रियात्मक छलफल कार्यक्रममा सहभागीले समाधिस्थल व्यवस्थित बनाउन गुरुयोजना बनाउने तथा आदिवासी रङ्गशाला निर्माणलाई अघि बढाउनुपर्ने औँल्याएका थिए।

उक्त भेलाबाट समाधिस्थललाई व्यवस्थित गर्न धीरेन्द्र सम्वाहाम्फेको संयोजकत्वमा देवेन्द्रराज आङदेम्बे सदस्यसचिव रहेको नौ सदस्यीय समाधिस्थल व्यवस्थापन समिति निर्माण गरिएको छ । समितिले तत्कालै समाधि व्यवस्थित गर्ने, समाधिस्थलमा अत्यावश्यक शौचालय, मलामी विश्रामघर निर्माणलगायत आवश्यक सरसफाइको काम गर्ने जनाइएको छ । दीर्घकालीनरूपमा समाधिस्थल क्षेत्रलाई सौन्दर्यकरण गर्दै सांंस्कृतिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने लक्ष्य राखिएको प्रतिष्ठानका महासचिव दिपेनवाला राईले जानकारी दिए ।

प्रतिष्ठानका अध्यक्ष हुकुमसिहं राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिष्ठानका सल्लाहकारसमेत रहनुभएका सांसद महेन्द्रकुमारी लिम्बू, सल्लाहकार नित्यानन्द ताजपुरिया, सूर्य योक्पाङदेन, किराँत राई, यायोक्खा झापाका अध्यक्ष इन्द्रमान चाम्लिङ राई, आदिवासी जनजाति महासङ्घ झापाका पूर्वअध्यक्ष पारसमणि राई, किराँत राई यायोक्खा कमलगाउँ अध्यक्ष सन्तोष राई, किराँत याक्थुङ चुम्लुङ दमक नगर अध्यक्ष देवेन्द्र लिम्बूलगायतले समाधिस्थल व्यवस्थित आवश्यक भएको भन्दै त्यसमा सहयोग पुर्याउने प्रतिबद्धता जनाए ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बिज्ञ भन्छन : संसदमा प्रधानमन्त्रीले झुट बोल्नु भयो , नेपालले भारतको सिमाना मिचेको छैन

काठमाडौँ ,१७ जेठ । प्रधानमन्त्रीले हालै संसदमा दिएको ‘नेपालले पनि भारतको सीमा मिचेको छ’ भन्ने अभिव्यक्तिले देशको राजनीतिक वृत्त र कूटनीतिक क्षेत्रमा ठूलो बहस सिर्जना

सुकुम्बासी व्यवस्थापन र सहकारीको रकम फिर्तामा सरकार प्रतिबद्धः प्रधानमन्त्री

काठमाडौं,१७ जेठ । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा विवाद केवल एकतर्फी नभई दुवै देशले केही स्थानमा एक–अर्काको भूमि अतिक्रमण गरेको तथ्य देखिएको बताउनु भएको छ

विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने तयारीः प्रधानमन्त्री शाह

काठमाडौं,१७ जेठ । प्रधानमन्त्री बालेन्द्र शाहले विदेशमा रहेका नेपाली नागरिकलाई मतदान अधिकार उपलब्ध गराउने विषयमा सरकार अध्ययनरत रहेको बताउनु भयो । आइतबार सांसद महाविर पुनले

सीमा विवादबारे प्रधानमन्त्रीको टिप्पणीमा संसदमा प्रश्न

काठमाडौं,१७ जेठ । नेपाली कांग्रेसकी सांसद बासना थापाले नेपालले मिचेको भारतीय भूमिको विवरण पेस गर्न माग गर्नु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा नेपालले पनि

संसदलाई मर्यादित र प्रभावकारी बनाउन पुनको आग्रह

काठमाडौं,१७ जेठ । नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले प्रतिनिधिसभाको नियमावलीमा रहेको नयाँ व्यवस्था कार्यान्वयन गर्दै संसदलाई अझ जीवन्त, उत्तरदायी र मर्यादित बनाउनुपर्ने बताउनु भएको

’संसद जनताको आवाज सुन्ने र नतिजा दिने थलो हुनुपर्छःसांसद राई

काठमाडौं,१७ जेठ । श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै संसदमा जनताको आवाज प्रभावकारी रूपमा सुन्न र त्यसको परिणाम देखिनुपर्ने आवश्यकता औंल्याउनु