श्रेष्ठको अगुवाईमा ‘बिग स्कुल’ तर्फ हिमालय मावि

दमक, मंसिर ३
हिमालय माद्यमिक विद्यालयका प्रधानाध्यापक द्रोणबहादुर श्रेष्ठले विद्यालयको शैक्षिक गुणस्तर र विद्यार्थी संख्या बढ्दै जाँदा सरकारको ‘बिग स्कुल’को कार्यक्रममा समावेश हुन पाउनु गौरबको कुरा भएको बताउनु भएको छ ।

 

उज्यालो खबरको ‘उज्यालो शिक्षा’ कार्यक्रममा बोल्दै उहाँले आफूले ०५० सालदेखि शिक्षण सुरु गर्दै ०६९ सालबाट हिमालय माविको शिक्षक बनेको इतिहास उल्लेख गर्दै उहाँले ‘विद्यार्थी निर्मित प्रश्न’को अवधारणा तयार पारेको स्मरण गर्नुभयो । उहाँले विद्यार्थीलाई कम्प्युटरसहितका प्राविधिकका साथै आवश्यक व्यवहारमूलक सिकाई समेत अघि बढाएर हिमालय माविलाई अहिले नेपालकै अब्बलमध्येको विद्यालय बनाउन सफल बन्नु भएको छ ।

 

नमूना विद्यालयबाट अहिले ‘बिग स्कुल’मा परिणत भइरहेको छ । देशभरका २६ ‘बिग स्कुल’ मध्ये हिमालय एक विद्यालय हो । जहाँ ३ हजार ५ सयको संख्यामा विद्यार्थी रहेका छन् । विद्यालय भवन पर्याप्त भइदिएको भए हालसम्म ५ हजार विद्यार्थी भइसक्ने उहाँको भनाई छ । योजना परिरहेको भएपनि नगरपालिका कार्यालयमार्फतको कार्यान्वयनका लागि भवन निर्माणमा ढिलाई भइरहेको समेत उहाँले टिप्पणी गर्नुभयो ।

 

‘बिग स्कुल’को कार्यक्रममा यो वर्ष ंसंघीय सरकारबाट साढे ४ करोड हाराहारीको बजेट पर्ने क्रममा रहेको खुसी व्यक्त गर्नुभयो ।
७९ वटा कक्षा सञ्चालन हुँदै आएको कक्षा १२ सम्मको सो विद्यालयमा बढी गुणस्तरीय सिकाईमा समय खर्चिने शिक्षकका लागि ‘ह्याप्पी टिचर अवार्ड’ प्रदान गर्ने प्रणाली अघि बढाएर समेत गुणस्तरीय शिक्षामा अग्रस्थानमा उक्लिरहेको देखिएको छ ।

 

दमक नगरपालिका कार्यालयले सामुदायिक विद्यालयलाई कक्षा ५ सम्म पूणर् निःशुल्क शिक्षाको कार्यान्वयन अघि बढाएको भएपनि व्यवहारिक रुपमा कार्यान्वयन हुन नसकेको प्रधानाध्यापक श्रेष्ठको भनाई छ । नगरपालिकाले केही शिक्षक प्रदान गर्ने भनेपनि गुणस्तरीय शिक्षक उपलब्ध नभएको र विद्यार्थीको तुलनामा दोब्बर दरबन्दी आवश्यक रहिरहेकाले समस्या समस्यामै रहेको उहाँको भनाई छ । २७ लाखको हाराहारीमा नगरपालिकाले नियमित रकम व्यवस्थापन गर्दा हिमालयले कक्षा ५ सम्म पूणर् निःशुल्क गर्न सक्ने तर सो अनुपातको रकम छुट्याउन नसकेको जनाउनु भयो । व्यवस्थित योजना बनाएर आवश्यक बजेटको समेत व्यवस्थापन गर्न नगरपालिका तयार हुनुपर्ने उहाको धारणा छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पाथीभरामा साउन महिनामा ३ लाख १८ हजार भेटी संकलन

पाथीभरा,२ भदौ । प्रसिद्ध तीर्थस्थल पाथीभरामा साउन महिनामा ३ लाख १८ हजार ५ सय रुपैयाँ भेटी संकलन भएको छ। पाथीभरा क्षेत्र विकास समितिका अनुसार उक्त

जनकवि दुर्गालाल श्रेष्ठको अन्त्येष्टि

काठमाडौं,२ भदौ । जनकवि दुर्गालाल श्रेष्ठको अन्त्येष्टि गरिएको छ ।मंगलबार अन्त्येष्टिअघि श्रेष्ठको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि विजेश्वरीस्थित नेपाल भाषा मंका खलःको प्राङ्गणमा राखिएको थियो।

निष्पक्षतामा प्रश्न नउठ्ने गरी काम गर्छौं : सभापति थापा

काठमाडौं,२ भदौ ।नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनलाई निष्पक्ष र विश्वसनीय रूपमा सम्पन्न गर्नुपर्ने बताउनु भएको छ। मंगलबार पार्टी कार्यालयमा आयोजित प्रशिक्षण कार्यक्रममा

हवाई सुरक्षा सुधार र पर्यटन विकासमा सरकारको प्राथमिकता

काठमाडौं,२ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल (गनेस)ले पर्यटन पूर्वाधार विकास तथा नेपालको हवाई सुरक्षा प्रणाली सुधारलाई सरकारले प्राथमिकतामा राखेर काम

राष्ट्रिय गौरवका पाँच सिँचाइ आयोजना पाँच वर्षभित्र सक्ने लक्ष्य

काठमाडौं ,२ भदौ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका सिँचाइ आयोजनालाई निश्चित समयसीमाभित्र सम्पन्न गर्ने कार्ययोजना अघि सारेको छ। मंगलबार मन्त्रालयमा आयोजित पत्रकार

जनक परियारको नेतृतवमा ‘राष्ट्रिय जागरण अभियान’ को घोषणा

काठमाडौं ,२ भदौ। जनक परियारको संयोजकत्वमा सामाजिक न्याय, सुशासन र नागरिक अधिकारका लागि ‘राष्ट्रिय जागरण अभियान’ घोषणा भएको छ । मंगलबार राजधानीको संवाद डबलीमा कार्यक्रमको