हिजोको तुलनामा नेपाली फिल्म धेरै राम्रो बनेकोमा खुशी लाग्छ ,एउटा सिनेमा सफल हुनु भनेको पनि नेपाली अर्थतन्त्र बलियो हुनु हो । विदेशी सिनेमा रुचाउने हामी आम दर्शकलाइ नेपाली सिनेमाले आकर्षण गर्नु यो नै सिनेमाले पाएको सफलता मान्न सकिन्छ ।
बाँकी त पुणर् भनेका कुनै पनि कुरा पूणर् रहदैनन् । केही टेक्निकल त्रुटिहरु , केही सम्वादहरु फिक्का छन् ।
फिल्ममा रहेका गीत संगीतले सबैको मन लुटेको छ । एक्सन पनि कथ।वस्तु सुहाउँदो नै छ । समग्रमा फिल्म उत्कृष्ट छ । सिनेमाको पहिलो धर्म हो मनोरञ्जन जुन यस सिनेमाले पूरा गरेकै छ ।
सबभन्दा खुशीको कुरा सिनेमाले मेरो गृह जिल्ला चितवन आसपासमा रहेको पर्यटकीय क्षेत्रलाइ प्रवद्र्धन गरेको छ । विश्व सम्पदा सूचिमा परेको बीस हजारी ताललाई पनि मज्जाले देखाएको छ । तनहुँमा अवस्थित देवघाट धाम र नवलपरासीको ओम मन्दिर आसपासमा सिनेमा केन्द्रित छ ।
प्रेम, बलिदान र पारिवारिक सम्बन्धका विभिन्न पक्षहरूलाई उजागर गर्ने पारिवारिक प्रेमकथामा आधारित छ । फिल्मले प्रेमको विभिन्न स्वरूपहरूलाई व्यक्त गर्न खोजेको छ ।
हरिहर अधिकारीको लेखन, चन्द्र पन्तको निर्देशन, प्रतीक पौडेल, चन्द्र पन्त, हरिहर अधिकारीको प्रस्तुति र नीता फिल्मस्को निर्माणमा चलचित्र बनेको हो । हाल देशभर आक्रामण रुपमा प्रदर्शनमा रहेको चलचित्रको मुख्य कलाकारमा हरिहर अधिकारी, नीता ढुंगाना, विपना थापा, प्रशान्त ताम्राकार, संचिता लुइटेल, ब्रह्मानन्दम, सुनील वर्मा आदि रहनु भएको छ ।
जय सिनेमा । नेपाली सिनेमा र नेपाली कलाकारलाई सबैले माया गरौं ।
(चितवन)










