देश देखाउने मदन भण्डारी राजमार्ग, जसले कोर्र्दैछ चुरे क्षेत्रको उज्वल भविष्य

दमक, मंसिर ६
तपाई हामीले अहिले पूर्व पश्चिम महेन्द्र राजमार्ग भएर काठमाडौ, पोखरा वा अन्य शहर तथा बजारको यात्रा गर्ने छौं । यो नै अहिलेसम्मको राष्ट्रिय राजमार्ग हो । अनि यो राजमार्ग उति बेला बनेको हो जतिबेला नेपालमा अहिलेका नेताहरुको भर्खरै जन्म भएको थियो वा कतिपय भर्खरै राजनीतिको कखरा पढिरहेका थिए ।

 

अहिले तिनै नेताहरु नेपालको सत्तामा आसिन छन् । देशका विकास गर्ने भन्दै हरेक वर्ष सरकारका तर्फबाट वार्षिक कार्यक्रम सार्वजनिक गर्छन् ।

 

यहाँका भौतिक संरचनासहित देश बनाएको राजाहरुले मात्रै हो भन्नेहरुको जमात पनि छ । तर के राजापछि राज्यको शक्तिमा विराजमान रहेकाहरुले केही गरेकै छैनन त ?

 

सबैमा निरासा छ । आशाहरु हराउँदै गएका छन् । तर हराएका ती आशाहरुलाई पुनःजागृत गर्ने एउटा राष्ट्रिय राजमार्ग छ । त्यसको पनि एउटा खण्डको मात्रै आज हामी चर्चा गरौं । यो हो मदन भण्डारी राजमार्ग । जुन महेन्द्र राजमार्ग भन्दा १० किलोमिटरको हाराहारीमा उत्तरतर्फबाट फराकिलो राजमार्ग बन्दै गएको छ ।
राष्ट्रिय महत्वको यो राजमार्गमा विभिन्न १० वटा टुक्रे सडकलाई एकीकृत गरिएको छ । यो सडक निर्माणको काम तीव्र रूपले अघि बढाइएको छ । यो मध्ये यसको पूर्वी सिमावर्ती स्थानको आज चर्चा गरौ ।

 

यो ठाउँ हो झापा, इलाम र भारतको संगमस्थल । पूर्व तर्फ मेची नदी छ । मेची पारी भारत । अनि यो ठाउँको उत्तरतर्फ इलाम पर्छ । दक्षिणमा झापा । अहिले यो क्षेत्रमा मदन भण्डारी राजमार्ग निर्माणको काम गतिका साथ अघि बढ्न चाँही सकेको छैन । अहिले पाटापु्र सम्ममात्रै निर्माण भएको यो सडकलाई त्यसभन्दा पनि पूर्व मेची नदीसम्मै पुर्याउदै सो नदीमा पक्की पुल समेत निर्माण गरिदिन स्थानीय उपभोक्ताहरुले माग राखेका छन् ।

 

स्थानीयबासीले यो माग प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलाई राखेका हुन् । साथै बिचमा आवश्यक पर्ने अन्य केही खोलामा पुल तथा कल्र्भटका साथै बस पार्क समेत निर्माण गरिदिन स्थानीयले माग राखे । बसपार्कका लागि आवश्यक पर्ने जमिनको व्यवस्थापन भइसकेकाले सरकारले बसबापार्क निर्माण गर्ने बजेट बनाइदिएर योजना सुरु गरिदिन माग गरिएको मदन भण्डारी उपभोक्ता तथा रेखदेख समितिका अध्यक्ष बृहस्पती खतिवडाले जनाउनु भयो ।

 

यहाँको अर्को तिरिङ खोलामा समेत पुल बनाइदिने माग राखेपछि सभामुख घिमिरेले निरीक्षणका क्रममा मदन भण्डारी राजमार्गको दमकदेखि शान्तिनगरसम्मको एक भाग हेर्ने आयोजनाका प्रमुख सहितका अन्य प्राविधिक कर्मचारीलाई स्थानीयको मागलाई ध्यान दिन निर्देशन दिनु भयो । यसबारेमा माथिल्लो तहमा पनि छलफल भइसकेको र त्यसलाई अव कार्यान्वायनमा लैजान कुनैपनि ढिलाई नगर्न राजमार्ग परियोजना प्रमुख कणर् सिंह क्षेत्री सहित अन्य संयन्त्रलाई सभामुखको निर्देशन छ ‘यहाँ सर्वे गर्न बाँकी रहेका ठाउँहरुमा पनि सर्भे गरेर काम चाँडो गर्नु पर्यो ।’

 

सभामुख घिमिरेको यस्तो निर्देशनपछि आयोजना प्रमुख क्षेत्रीले उज्यालो खवरलाई प्रतिक्रिया दिदै भन्नु भयो ‘हामी यो काममा बिगतदेखि नै लागिपरिरहेका छौं । यसकालागि बजेट पनि आइसकेको छ । कामले दु्रतगति पाउने छ ।’

 

झापाको बाहुनडाँगीदेखि सुनसरीको सर्दु खोलासम्ममा अधिकाश पुलहरु बनिसेका छन् । तर पुल बनिसकेपनि सडक भनें अझै बनिसकेको छैन । केही खण्डमा त अझै ठेक्का नै लाग्न बाँकी रहेको छ । यद्यपि, अवको दुई वर्ष भित्रमा ती खण्डको ठेक्का लगाएर सडकलाई पूणर्ता दिने गरी काम भइइहेको आयोजनाको कार्यालयले जनाएको छ ।

 

पूर्वदेखि पश्चिमसम्म १ हजार ३ सय ९० किलोमिटर लम्बाइ र ७ मिटर चौडाइमा निर्माण हुने यो सडक महेन्द्र राजमार्गको समानान्तर र उत्तरतर्फ पूर्व-पश्चिम भएर जान बाह्रैमहिना प्रयोग गर्न सकिने गरी रेखांकन गरिएको छ । २०७५ जेठ ६ गतेको मन्त्रिपरिषद्को निणर्यपछि सुरु भएको राजमार्गको काम आर्थिक वर्ष २०८१/०८२ मा सम्पन्न गर्ने लक्ष्य लिइएको छ । तर, लक्ष्यअनुसार सरकारले बजेटको सुनिश्चितता नगर्दा केही ढिलाइ भइरहेको छ ।

 

सरकारले मदन भण्डारी राजमार्गलाई चुरे संरक्षणको हिसाबले हेरेको छ । चुरे क्षेत्रमा हुने बाढी, पहिरो र बस्ती जोखिम न्यूनीकरणका लागि चुरेको फेदीबाट सडक निर्माण गरिएको हो । चुरे क्षेत्रमा रहेका चुनढुंगाका खानी र सिमेन्ट उद्योगलाई लक्षित गरेर औद्योगिक करिडोरका रूपमा मदन भण्डारी राजमार्गको अवधारणा ल्याएर कार्यान्वायन गरिरहिएको छ । यो सडक बनेपछि चुरे क्षेत्र आसपासका चुनढुंगा, कोइला, फलामलगायत खानी सञ्चालनको प्रशस्त सम्भावना रहने छ भने यसले सिमेन्ट उद्योगमा चुनढुंगा पुर्‍याउन मात्र होइन, कृषि उत्पादनको बजारीकरण र पर्यटनमा पनि योगदान दिने विश्वास गरिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पाथीभरामा साउन महिनामा ३ लाख १८ हजार भेटी संकलन

पाथीभरा,२ भदौ । प्रसिद्ध तीर्थस्थल पाथीभरामा साउन महिनामा ३ लाख १८ हजार ५ सय रुपैयाँ भेटी संकलन भएको छ। पाथीभरा क्षेत्र विकास समितिका अनुसार उक्त

जनकवि दुर्गालाल श्रेष्ठको अन्त्येष्टि

काठमाडौं,२ भदौ । जनकवि दुर्गालाल श्रेष्ठको अन्त्येष्टि गरिएको छ ।मंगलबार अन्त्येष्टिअघि श्रेष्ठको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि विजेश्वरीस्थित नेपाल भाषा मंका खलःको प्राङ्गणमा राखिएको थियो।

निष्पक्षतामा प्रश्न नउठ्ने गरी काम गर्छौं : सभापति थापा

काठमाडौं,२ भदौ ।नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनलाई निष्पक्ष र विश्वसनीय रूपमा सम्पन्न गर्नुपर्ने बताउनु भएको छ। मंगलबार पार्टी कार्यालयमा आयोजित प्रशिक्षण कार्यक्रममा

हवाई सुरक्षा सुधार र पर्यटन विकासमा सरकारको प्राथमिकता

काठमाडौं,२ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल (गनेस)ले पर्यटन पूर्वाधार विकास तथा नेपालको हवाई सुरक्षा प्रणाली सुधारलाई सरकारले प्राथमिकतामा राखेर काम

राष्ट्रिय गौरवका पाँच सिँचाइ आयोजना पाँच वर्षभित्र सक्ने लक्ष्य

काठमाडौं ,२ भदौ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका सिँचाइ आयोजनालाई निश्चित समयसीमाभित्र सम्पन्न गर्ने कार्ययोजना अघि सारेको छ। मंगलबार मन्त्रालयमा आयोजित पत्रकार

जनक परियारको नेतृतवमा ‘राष्ट्रिय जागरण अभियान’ को घोषणा

काठमाडौं ,२ भदौ। जनक परियारको संयोजकत्वमा सामाजिक न्याय, सुशासन र नागरिक अधिकारका लागि ‘राष्ट्रिय जागरण अभियान’ घोषणा भएको छ । मंगलबार राजधानीको संवाद डबलीमा कार्यक्रमको