बीएण्डसीमा एमबीबीएसको पठनपाठन अघि बढ्दै, पूर्वेलीमा उत्साह

दमक, मंसिर ९
राष्ट्रिय चिकित्सा शिक्षा आयोगबाट स्वीकृति प्राप्त भएपछि झापाको बीएण्डसी मेडिकल कलेजले चिकित्सा शास्त्रअन्तर्गत एमबीबीएसको पठनपाठनको तयारी पूरा गरी विद्यार्थी भर्ना कार्य अघि बढाएको छ । आफ्नै ठाउँमा एमबीबीएस पढ्न पाउने भएकोमा पूर्वका विद्यार्थीहरुमा खुसी छाएको छ ।

 

 

कलेजले आवश्यक जनशक्ति, भौतिक पूर्वाधार र शैक्षिक सामग्रीको व्यवस्था गरिसकेपछि काठमाडौं विश्वविद्यालयको सम्बन्धनमा हाल विद्यार्थी भर्ना कार्य सुरु भएको छ । आयोगले बीएण्डसीलाई चालु शैक्षिकसत्रका लागि ५० जना विद्यार्थी पढाउन पाउने सिट निर्धारण गरे अनुरुप विद्यार्थी भर्ना चलिरहेको कलेजका जनसम्पर्क अधिकृत प्रमेश गिरीले जानकारी दिनु भयो । तर कलेजमा एक सय ५० विद्यार्थीलाई सहज रूपमा पठनपाठन गराउने पुग्नेगरीको व्यवस्था मिलाएको उल्लेख छ ।

कलेजले मेचीनगर नगरपालिका-१२ धाइजनमा विद्यार्थीलाई पठनपाठन गराउन पाँचतले ‘बेसिक साइन्स ब्लक’ तयार गरेको छ । उता, ‘क्लिनिकल साइन्स’ का लागि विर्तामोड नगरपालिका-५ स्थित बीएण्डसी हस्पिटलमा व्यवस्था मिलाइएको गिरीले बताउनु भयो ।
सर्वोच्च अदालतले २०८० चैत १३ गते बीएण्डसीलाई सम्बन्धन दिन परमादेश जारी गरेको थियो । अस्पतालसहितको सो कलेज दुर्गा प्रसाईको अगुवाईमा स्थापना भएको हो ।

https://www.facebook.com/share/v/1Aq6C2TSko/

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर

बाढीले तहसनहस बेत्रावती अझै खण्डहर

काठमाडौं,१ कार्तीक । गत भदौ १० गते तिब्बततर्फबाट रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले तहसनहस पारेको बेत्रावती बजार हाल खण्डहर र बगरमा परिणत भएको छ

२१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन

काठमाडौं,१ असोज । गत असोज ११ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गतको म्याग्दीको दाना–राहुघाट