८९ रनले पराजित

पुलिससँग कर्णाली ८९ रनले पराजित

 

काठमाडौं : प्रधानमन्त्री कप टि-२० क्रिकेट प्रतियोगितामा नेपाल पुलिसले कर्णाली प्रदेशलाई ८९ रनले पराजित गरेको छ।
शुक्रबार टियु मैदान कीर्तिपुरमा भएको खेलमा पुलिसले कर्णालीलाई पराजित गरेसँगै सेमिफाइनल सम्भावना समेत बलियो बनाएको छ। जितसँगै पुलिस ६ अंकका साथमा समूह ‘ए’मा शीर्ष स्थानमा रहन सफल भएको छ।

टस जितेर पहिलो ब्याटिङ गरेको पुलिसका लागि कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरीले २० ओभरमा ६ विकेट गुमाएर २४४ रन बनाएका थिए। पुलिसलाई उच्च स्कोरमा पुर्याउने क्रममा ओपनर कुशलले ३९ बलमा ९ चौका र ३ छक्काको सहयोगमा ८२ रनको सानदार इनिङ खेल्दा दीपेन्द्रसिंहले २८ बलमा ९ चौका र २ छक्काको सहयोगमा ६२ रनको स्कोर बनाए।

त्यस्तै‚ पवन सर्राफले २२ रन बनाउँदा आरिफ शेख ९ बलमा १८ रन बनाएर नटआउट रहे। दीलिप नाथले १० बलमा ३१ रनको नटआउट इनिङ खेले। कप्तान मन्जित श्रेष्ठले १९ रन बनाएका थिए।

कर्णाली का लागि अनुज चुनरा, प्रकाश जैशी र रविन्द्र शाहीले समान २-२ विकेट लिएका थिए। अंक तालिकामा पुलिसले ३ खेलमा ६ अंक जोड्दै शीर्ष स्थान कायम राखेको छ। जवाफमा कर्णाली निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १५५ रन मात्र जोड्न सक्यो।

कर्णाली का लागि प्रकाश जैशीले ४७ बलमा ६८ रनको अर्धशतकीय इनिङ खेले। प्रकाशबाहेक अन्यको प्रदर्शन भने निराशाजनक रह्यो। दिवन पुन १७ रनमा अविजित फर्किंदा दिनेश अधिकारी र मनिष थापाले समान १५-१५ रन बनाए। पुलिसका लागि दिपेन्द्र सिंह ऐरी र योगेन्द्र सिंह कार्कीले समान २-२ विकेट लिए।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

तीन विश्वविद्यालयको उपकुलपति चयनका लागि अन्तर्वार्ता सुरु

काठमाडौं,१३ असार । त्रिभुवन विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका रिक्त उपकुलपति पदका लागि अल्पसूचीमा समावेश उम्मेदवारहरूको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतीकरण कार्यक्रम आजदेखि प्रारम्भ

सरकारी सफ्टवेयर केन्द्र स्थापनाको निर्णयप्रति प्रविधि क्षेत्रमा तरंग

काठमाडौँ,१३ असार । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत एउटा केन्द्रीय सफ्टवेयर विकास र सञ्चालन केन्द्र स्थापना गर्ने अन्तिम तयारी गरिरहेको छ। देशभरका सबै सरकारी

वर्षा नहुँदा देशभर धान रोपाइँको गति सुस्त

काठमाडौं,१३ असार । अपेक्षाअनुसार वर्षा नहुँदा यस वर्ष देशभर धान रोपाइँको गति सुस्त देखिएको छ । कृषि विभागको पछिल्लो तथ्यांकअनुसार असार १२ गतेसम्म देशभर ११.३३

पदाधिकारी चयनका लागि मतदान अन्तिम चरणमा

काठमाडौं,१२ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत दोस्रो चरणको निर्वाचनमा पदाधिकारी चयनका लागि मतदान प्रक्रिया अन्तिम चरणमा पुगेको छ। मतदान शुक्रबार केही

कडा अमेरिकी नियमका कारण इरानी टोली संकटमा

एजेन्सी,१२ असार । जारी फिफा विश्वकप फुटवल प्रतियोगितामा इरानको राष्ट्रिय टोलीले सकसपूर्ण अवस्थाको सामना गरिरहेको छ । अमेरिकाले लगाएको कडा यात्रा नियमहरूबीच प्रतिस्पर्धा गरिरहनु परेको

डिजिटल मतदान मार्फत टोली नेता छान्दै विद्यार्थी

दमक, १२ असार । अगाडि चुनावको ब्यालेट बक्स (मतपेटी) राखिएको छ, तर भित्र मतपत्र खसाल्नु भने पर्दैन। मतपेटीको ठाउँमा सजिएको छ ल्यापटप। विद्यार्थीहरू लाइनबद्ध भएर