‘नेपालको कालो सुन’

अलैँचीको उत्पादन घट्दा मूल्य बढयो, किसानको हातमै मनको १ लाख रुपैँया बढी

दमक, मंसिर १८
अलैँचीलाई ‘नेपालको कालो सुन’ भनिन्छ । विश्वका थोरै देशमा मात्रै अलैँची उत्पादन हुन्छ । विश्वभर उत्पादन हुनेमध्ये ६० प्रतिशत अलैँची नेपालमै फल्छ ।यस वर्ष अलैँचीको भाउ राम्रो आएको छ । उत्पादन कम हुँदा भाउ आकासिएको व्यवसायीहरूको भनाइ छ ।

 

अहिले किसानले नै प्रतिमन (४० केजी) को एक लाखदेखि एक लाख पाँच हजार रुपैयाँसम्म भाउ पाएका छन् । उत्पादन घटेसँगै अलैँचीको भाउ महँगो भएको हो ।अघिल्ला वर्षमा किसानले बेच्ने बेलामा अलैँचीको मूल्य सामान्य हुने र केही समयपछि भाउ बढ्ने गथ्र्यो ।

 

त्यसो हुँदा किसान सधैँ मर्कामा पर्ने गरेका थिए ।विभिन्न रोगका कारण अलैँचीका बोट मर्दै गएका छन् । यसमा लागेको रोगको उपचार के हो भनेर पत्ता लगाउन नसक्दा पनि उत्पादन घटेको किसानको भनाइ छ ।

 

नेपालका पहाडी ४३ जिल्लामा व्यवसायिक अलैँची उत्पादन हुँदै आएको छ । सबैभन्दा बढी अलैँची उत्पादन हुने पकेट जिल्ला ताप्लेजुङ र सङ्खुवासभा हुन् । ती जिल्लामा पनि अलैँची उत्पादन घटेको बताइएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सुस्ता क्षेत्रको विवाद अझै समाधान हुन सकेन : भीम रावल

काठमाडौं ,१५ असार । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले नेपाल जस्तो संवेदनशील भूराजनीतिक अवस्थाको देशले आफ्नो राष्ट्रिय हित र सीमाको सुरक्षामा अडान लिनुपर्ने बताउनु

बेरुजु दोहोरिनु वित्तीय अनुशासनका लागि गम्भीर चिन्ताको विषय : सभामुख अर्याल

काठमाडौं , १५ असार । सभामुख डोलप्रसाद अर्यालले वर्षेनी एउटै प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन, सुशासन र सार्वजनिक उत्तरदायित्वका दृष्टिले गम्भीर चिन्ताको विषय भएको बताउनु

बाहुनडाँगीका किसान हात्ती धपाउन ब्यास्त

झापा , १५ असार ।  दिनहुँ ४०–५० वटा जङ्गली हात्ती छावासहित गाउँ पसिरहेका छन्। चियाबारी र बस्तीमै दिनभर बस्ने हात्तीका कारण स्थानीयहरू ज्यान जोगाउन संघर्ष

कन्काई हस्पिटलमा एक सातासम्म ओपीडी निःशुल्क

बिर्तामोड,१५ असार । बिर्तामोडस्थित कन्काई हस्पिटलले २१औँ वर्षमा प्रवेश गरेको अवसरमा आज असार १५ देखि एक सातासम्म सम्पूर्ण ओपीडी सेवा पूर्ण रूपमा निःशुल्क गरिएको छ।

कन्काई हस्पिटलमा एक सातासम्म ओपीडी निःशुल्क!

बिर्तामोड,१५ असार । बिर्तामोडस्थित कन्काई हस्पिटलले २१औँ वर्षमा प्रवेश गरेको अवसरमा आज असार १५ देखि एक सातासम्म सम्पूर्ण ओपीडी सेवा पूर्ण रूपमा निःशुल्क गरिएको छ।

खासमा दही–चिउराको स्वास्थ्य फाईदा के ? जनस्वास्थ्यविद डा।उप्रेती के भन्नु हुन्छ, जान्नुहोस्

काठमाडौं,१५ असार । असार १५ अर्थात् दही–चिउरा खाने दिन नेपाली संस्कृति र स्वास्थ्य दुवैसँग जोडिएको विशेष अवसर हो । धान रोपाइँको व्यस्त मौसममा शरीरलाई आवश्यक