बिहानी कलाकेन्द्रले यसरी सम्झियो नारायणगोपाललाई

दमक, मंसिर १९
स्वरसम्राटको उपाधि पाउनु भएका कालजयी गीत र संगीतका श्रष्टा नारायणगोपाल गुरुवाचार्यले गाउनु भएको यो गीतलाई उहाँकै श्रद्धा र सम्मानमा भर्खर संगीत सिक्दै गरेका बालबालिकाले प्रस्तुत गरेका छन् । जो झापाको दमकमा रहेको बिहानी कलाकेन्द्रमा गीत संगीत सिक्दै गरेका विद्यार्थीमध्ये हुन् ।

 

स्वरसम्राट नारायण गोपालको ३४ औं स्मृति दिवसका अवसरमा बुधबार बिहानी कला केन्द्रले आयोजना गरेको कार्यक्रममा त्यहाँका विद्यार्थीहरुले नारायणगोपालले गाउनु भएका कालजयी गीत गाएर गीतसंगीतको ओज र महत्व प्रस्ट्याउँदै उहाँप्रति श्रद्धासुमन चढाएका छन् । कला केन्द्रका सञ्चालक कमला खनाल रिजाल र हेमन्त रिजालको संयोजनमा नारायणगोपाललाई सम्झिने काम भएका हो ।

 

नारायणगोपालको सम्मानमा गरिने सांगीतिक कार्यक्रमहरुले उहाँलाई सधैं जिवित राख्दै सृजनशील काम गर्नेहरु अमर रहने सन्देश दिएको कार्यक्रमका प्रमुख अतिथि दमक नगरपालिकाका प्रवक्ता एवम् ८ नम्बर वडाध्यक्ष धर्मप्रसाद दाहाल दिपेशले उल्लेख गर्नुभयो । कार्यक्रममा गीत संगीतका सर्जक राम विष्टसहितको उपस्थिती रहेको थियो ।

 

१ सय ३७ वटा गीत गाउनु भएका नारायणगोपालका अधिकांश गीत कालजयी छन् । जादुमय स्वरका धनी नारायणगोपाल आशगोपाल गुरुवाचार्य र रामदेवी गुरुवाचार्यको सन्तानका रुपमा १९९६ असोज १८ गते काठमाडौंमा जन्मिनु भएको थियो । घाँटीको समस्यका कारण विसं २०४७ मंसिर १९ गते ५१ वर्षको उमेरमा उहाँको निधन भयो । नेपाली सांगीतिक क्षेत्रमा गहिरो प्रभाव छाडेर संसारबाट विदा भएका स्वरसम्राट अहिले पनि जनजनको मनमनमा जीवन्त जस्तै रहिरहनु भएको छ ।

 

यसैबीच, स्मृति दिवसकै अवसर पारेर नारायणगोपाल संगीत कोषले काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी संगीतकार बुलु मुकारुङ, गायक कुमार बस्नेत र गीतकार शिवशंकर थापालाई जनही ५१ हजार नगद, ताम्रपत्रसहितको ‘नारायण गोपाल स्मृति सम्मान २०८१’ प्रदान गरेको छ ।

 

अर्कातर्फ नारायणगोपालका डायरी, संस्मरण र चिठीहरूको संग्रहित पुस्तक समेत तयार भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

अमेरिकाद्वारा इरानमाथि पुनः हवाई आक्रमण

काठमाडौं,१४ असार । अमेरिकाले इरानमाथि पुनः हवाई आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) ले शनिबार इरानका विभिन्न सैन्य

’राउन्ड अफ ३२’ को खेल तालिका सार्वजनिक

काठमाडौं,१४ असार । फिफा विश्वकप २०२६ को समूह चरणका रोमाञ्चक र उतारचढावपूर्ण खेलहरू समाप्त भएसँगै ‘राउन्ड अफ ३२’ अर्थात् नकआउट चरणको पूर्ण तालिका सार्वजनिक भएको

मदन भण्डारीको ७५औँ जन्मजयन्ती आज देशभर मनाइँदै

काठमाडौं,१४ असार । नेकपा (एमाले)का महासचिव तथा ‘जनताको बहुदलीय जनवाद’ (जबज)का प्रवर्तक जननेता मदन भण्डारीको ७५औँ जन्म जयन्ती आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदै छ

नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्न क्रस रिभर बैंकको नयाँ अभियान

काठमाडौं,१३ असार । अमेरिकाको अत्याधुनिक वित्तीय पूर्वाधार निर्माणमा अग्रणी संस्था क्रस रिभर बैंकले नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्न एक अभियान सुरु गरेको छ। हाल नेपालमा

धनुषामा पेस्तोल र गोलीसहित दुई जना पक्राउ

जनकपुर,१३ असार । धनुषामा पेस्तोलसहित २ जना पक्राउ परेका छन् । जिल्लाको जनकपुरधाम उपमहानगरपालिका ०९ थापा चोकस्थित एक होटलबाट शनिबार –आज) पेस्तोल, इगल र्याप्टर लेखिएको