दमक, मंसिर २०
६ महिनाअघि झापाको दमक ८ मा सञ्चालनमा आएको आध्या एजुकेशन प्रालिले जापानमा स्नातक र स्नातकोत्तर तह अध्ययनका लागि जाने विद्यार्थीहरुलाई निःशुल्क सेमिनार सञ्चालन गर्ने भएको छ ।
संस्थाका प्रवन्ध निर्देशक राकेश कणर्ले बिहीबारको पत्रकार सम्मेलनमा बोल्दै जापान अध्ययन गर्न जाने विद्यार्थीहरुका लागि त्यहाँको अध्ययनमा आवश्यक पर्ने पूर्व ज्ञान, भाषा, संस्कृति, कानून लगायतका बारेमा जानकारी गराउन मंसिर २२ गते निःशुल्क सेमिनार गर्न लागिएको जनाउनु भयो ।
उहाँले सो सेमिनारमा भाग लिएर आध्यामार्फत जापानमा अध्ययनको प्रक्रिया सुरु गर्ने पहिलो ५ जना विद्यार्थीलाई शतप्रतिशत र दोस्रो ५ जनालाई ५० प्रतिशत छुटमा जापानीज भाषा अध्यापन गराइने समेत प्रेस विज्ञप्तिमार्फत उल्लेख गर्नुभयो ।
विदेशमा अध्ययनका लागि जाने विद्यार्थीहरुले आवेदन गर्नेदेखिका सम्पूणर् प्रक्रियागत सन्दर्भमा अन्यौलता हुन्छ । त्यो अन्यौलता चिरेर बिना झन्झट जानका लागि लाग्ने खर्चसहितका सहि जानकारी प्रदान गर्दै उनीहरुको भविष्यका लागि मानवीय रुपमा सघाउने उद्धेश्यले सेमिनार राखिएको संस्थाका सदस्य तथा जापानमा अध्यापनरत धिरजकुमार कार्कीले अथ्र्याउनु भयो । उहाँले सो सेमिनारमा सहजीकरण गर्नुहुनेछ ।
संस्थाले जापानका साथसाथै दक्षीण कोरिया, बेलायत, अमेरिका, क्यानडा, फ्रान्स, जर्मनी, डेनमार्क, न्यूजिल्याण्ड, फिनल्याण्ड तथा युरोपेली मुलुकहरुमा उच्चशिक्षा अध्ययन गर्न जाने विद्यार्थीलाई समेत परामर्श प्रदान गर्दै आएको कार्यक्रममा उल्लेख गरिएको छ ।









