भ्रष्टाचारको रिपोर्टिङ गर्ने भारतीय पत्रकार चन्द्राकारको हत्या

दमक, पुस २२
भारतको छत्तीसगढ राज्यमा सडक निर्माणमा भएको भ्रष्टाचारको रिपोर्टिङ गरेका एक भारतीय पत्रकारको हत्या भएको छ । ३२ वर्षीय मुकेश चन्द्राकार जनवरी १ बाट बेपत्ता भएको अवस्थामा परिवारले उजुरी गरेपछि प्रहरीको खानतलासीमा विजापुर शहर क्षेत्रको सडक निर्माण ठेकेदारको कम्पाउण्डको सेफ्‌टी ट्याँकीमा चन्द्राकारको शव फेला परेको छ ।

 

प्रहरी अधिकारीहरूले चन्द्राकारको मोबाइल फोन ट्र्याक गरेपछि सो घटनाको आरोपमा चन्द्राकारका दुई आफन्तसहित तीन जनालाई पक्राउ गरिएको बताएका छन् ।
पत्रकार चन्द्राकारको शरीरमा गहिरो चोट लागेको पाइएको प्रहरीले जनाएको छ । चन्द्राकारले सार्वजनिक निर्माण परियोजनाहरूमा कथित भ्रष्टाचारको बारेमा व्यापक रूपमा रिपोर्ट गर्र्दै लोकप्रिय युट्युब च्यानल बस्तर जंक्शन पनि चलाउँदै आउनु भएको थियो ।

 

 

चन्द्राकारको मृत्युपछि, प्रेस काउन्सिल अफ इन्डियाले राज्य सरकारसँग घटनाको बारेमा विस्तृत जानकारी माग्दै दोषी उपर कडा कारबाहीको माग गरेको छ । स्थानीय पत्रकारहरूले हत्याको विरोधमा प्रदर्शन गरेका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा मनाइएको साकेलामा देखियो यस्तो रौनकता

दमक,१८ वैशाख । आज साकेला पर्व देशभर बिभिन्न कार्यक्रम गर्दै मनाइएको छ । साकेला अर्थात उभौली पर्व प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने तथा बाली रोपाइंसंग सम्बन्धित

बुद्धको वचन किन तोडीदै

दमक,१८ वैशाख । बुद्ध जन्मेको देश नेपाल । यो वाक्य सुन्दा पनि विस्वभर रहेका नेपालीहरुको छाती गर्वले ढक्क फुल्ने गर्दछ । तर आज गौतम बुद्धको

कांग्रेसले अब ’नबोल्ने व्रत’ तोड्ने थापाको दाबी

काठमाडौं,१८ वैशाख । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्नु भएको छ । शुक्रबार नेपाल ट्रेड युनियनको कार्यक्रममा सम्बोधन गर्दै थापाले

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र

काठमाडौं,१८ वैशाख । दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन गर्ने कार्य तिब्ररुपमा भइरहेको छ । सहरी व्यवस्थापनका लागि विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई अस्थायी बसोबासमा स्थानान्तरण गर्ने

सुन्य खन जोत प्रविधि

उर्लाबारी,१८ वैशाख । परम्परागत रूपमा खेत जोतेर खेती गर्दा लाग्ने समय, श्रम र लागतलाई चुनौती दिँदै बिना जोताई गरिएको खेतीमा उत्पादन राम्रो देखिएपछि कृषकहरू यसतर्फ

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

काठमाडौं,१८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ श्रमिकको सम्मान हुन्छ त्यही समाज समृद्ध हुने बताउनु भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा