दमक, पुस २३
भूकम्पका कारण चीनले सगरमाथा क्षेत्र चढ्ने कार्यलाई तत्काललाई बन्द गराएको छ भनें नेपालतर्फको रोक्ने कुनै निर्णय भएको छैन ।
तिब्बत क्षेत्रमा केन्द्रबिन्दु बनाएर गएको ६.८ रेक्टर स्केलको शक्तिशाली भूकम्पछि चीनतर्फबाट नेपालको सगरमाथा क्षेत्रमा प्रवेश अस्थायी रुपमा बन्द गरिएको चिनियाँ सरकारी अधिकारीलाई उद्धृत गर्दै चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाले जनाएको छ ।
चीनले सगरमाथालाई माउन्ट चोमोलोङ्मा भन्ने गर्छ । डिङ्ग्रीलाई चोमोलाङ्माको आधार शिविर मान्ने गरेको छ । त्यहाँका होटल भवन र वरपरका क्षेत्र यथावत् रहेको र पर्यटक तथा कर्मचारी सुरक्षित रहेको डिङ्ग्री संस्कृति तथा पर्यटन ब्युरोले जनाएको छ ।
नेपाली पक्षले भन सगरमाथा भ्रमणका सम्बन्धमा कुनै निर्णय गरेको छैन । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता रामकृष्ण लामिछानेले यसबारे अहिलेसम्म कुनै निर्णय नभएको जानकारी दिनुभयो । नेपालका लागि २०७२ सालमा जस्तो यो भूकम्प ठूलो नभएको र क्षतिको अवस्था समेत नरहेकोले बन्द गर्नुपर्ने आवश्यकता समेत नहुन सक्ने प्रवक्ता लामिछानेको धारणा छ ।









