अमेरिकामा अन्तर्राष्ट्रिय पत्रकार महासंघ स्थापना, अध्यक्षमा खनाल

अमेरिका, पुस २४
पेशागत पत्रकारहरूको छाता संगठन अन्तर्राष्ट्रिय पत्रकार महासंघ अमेरिकामा स्थापना भएको छ ।

 

अमेरिकामा दर्ता भई सर्वसम्मत रूपमा पहिलो कार्यसमिति समेत गठन भएको महासंघले विज्ञप्ति मार्फत जानकारी दिएको छ । अमेरिकाको कानुन अनुसार स्थापित अन्तर्राष्ट्रिय पत्रकार महासंघ पत्रकारहरूको अन्तर्राष्ट्रिय छाता संगठन हुने र सस्थाले पत्रकार र पत्रकारिता क्षेत्रका लागि स्वतन्त्र र निष्पक्ष ढंगले काम गर्ने उद्देश्य लिएको अध्यक्ष रामप्रसाद खनालले विज्ञपित मार्फत जानकारी गराउनु भएको छ । खनाल नेपाल मदर डटकमका प्रधान सम्पादक तथा एभिन्यूज टेलिभिजनका अमेरिका सम्पादक रहनु भएको छ ।

 

 

महासंघको उपाध्यक्षमा, अन्नपूर्ण पोस्ट राष्ट्रिय दैनिकका प्रधान सम्पादक अखण्ड भण्डारी, योहो टेलिभिजनका प्रमुख जीवराम भण्डारी, एभिन्यूज खबर टेलिभिजनका समाचार प्रमुख केदार कोइराला, नेपाल समाचारपत्रका पूर्व सम्पादक टंक पन्त र नेप्लिज डायस्पोराका प्रधानसम्पादक सतिश चापागाईँ चयन हुनु भएको छ ।
महासंघको महासचिवमा खोज पत्रकार, माइक्रोसफ्ट इन्जिनियर टंक दाहाल, सचिवमा न्यूजपाली डटकमका प्रकाशक तथा सम्पादक अनिल अधिकारी, कोषाध्यक्षमा डिसी नेपालका अमेरिका ब्युरो चिफ अर्जुन दाहाल छानिनु भएको छ ।

 

यसैगरी, अन्तर्राष्ट्रिय पत्रकार महासंघको बोर्ड अफ डाइरेक्टरमा इनेप्लिज डटकमका प्रधानसम्पादक विश्वराज थापा, बुटवल टुडे राष्ट्रिय दैनिकका प्रबन्धसम्पादक नवराज कुँवर, क्रियाशील वरिष्ठ पत्रकार दिनेश कार्की, गोरखापत्रका पूर्व सहसम्पादकका कृष्णराज खनाललाई चयन गरिएको छ । क्यानडाबाट नमस्ते रेडियोका पत्रकार अनिल थापा, चलचित्र पत्रकार सुमन दाहाल, अस्ट्रेलियाबाट देशान्तरका पत्रकार सुरेन्द्र सापकोटा पनि बोर्ड अफ डाइरेक्टर छानिनु भयो ।
महासंघको सल्लाहकारमा कान्तिपुर राष्ट्रिय दैनिकका संस्थापक प्रधानसम्पादक योगेश उपाध्याय, हिमालय टाइम्स राष्ट्रिय दैनिकका पूर्व प्रधानसम्पादक पुरुषोत्तम दाहाल, राससका पूर्व अध्यक्ष बालकृष्ण चापागाईँ, गोरखापत्र संस्थान तथा राससका पूर्व अध्यक्ष, पुरु घिमिरे, कान्तिपुर दैनिकका पूर्व आर्थिक ब्यूरो प्रमुख विजय घिमिरेलाई चयन गरिएको छ ।

 

संस्थाको प्रधान कार्यालय अमेरिकामा रहने र विभिन्न देशहरूमा देशस्तरीय शाखाहरू स्थापना गर्ने तयारी रहेको जानकारी दिइएको छ । महासंघमा बिभिन्न संचारमाध्यममा काम गरेका पुराना अनुभवी तथा वरिष्ठ पत्रकारहरु रहेको र भविष्यमा आवश्यकता अनुसार विस्तार गरिँदै लगिने महासंघका महासचिव टंक दाहालले उल्लेख गर्नुभयो ।

 

सबै महादेशहरूबाट प्रतिनिधित्व हुनेगरी अन्तर्राष्ट्रिय पत्रकार महासंघलाई पूर्णता दिइने जनाइएको छ । केही समय भित्रै नेपाल, बेलायत, अस्ट्रेलिया, जापान, क्यानाडा लगायतका देशहरूमा शाखा निर्माण गरिने अध्यक्ष खनालले उज्यालो खबरलाई जानकारी दिनुभयो ।

 

पेशागत पत्रकारहरूको स्वतन्त्र, साझा, र छाता संगठनका रूपमा अन्तर्राष्ट्रिय पत्रकार महासंघ अमेरिकाले काम गर्ने जानकारी दिइएको छ । नेपाली पत्रकारहरूलाई मात्र नभई विभिन्न देशबाट समेत पत्रकारहरूलाई समेट्दै जाने लक्ष्य महासंघले लिएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा मनाइएको साकेलामा देखियो यस्तो रौनकता

दमक,१८ वैशाख । आज साकेला पर्व देशभर बिभिन्न कार्यक्रम गर्दै मनाइएको छ । साकेला अर्थात उभौली पर्व प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने तथा बाली रोपाइंसंग सम्बन्धित

बुद्धको वचन किन तोडीदै

दमक,१८ वैशाख । बुद्ध जन्मेको देश नेपाल । यो वाक्य सुन्दा पनि विस्वभर रहेका नेपालीहरुको छाती गर्वले ढक्क फुल्ने गर्दछ । तर आज गौतम बुद्धको

कांग्रेसले अब ’नबोल्ने व्रत’ तोड्ने थापाको दाबी

काठमाडौं,१८ वैशाख । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्नु भएको छ । शुक्रबार नेपाल ट्रेड युनियनको कार्यक्रममा सम्बोधन गर्दै थापाले

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र

काठमाडौं,१८ वैशाख । दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन गर्ने कार्य तिब्ररुपमा भइरहेको छ । सहरी व्यवस्थापनका लागि विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई अस्थायी बसोबासमा स्थानान्तरण गर्ने

सुन्य खन जोत प्रविधि

उर्लाबारी,१८ वैशाख । परम्परागत रूपमा खेत जोतेर खेती गर्दा लाग्ने समय, श्रम र लागतलाई चुनौती दिँदै बिना जोताई गरिएको खेतीमा उत्पादन राम्रो देखिएपछि कृषकहरू यसतर्फ

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

काठमाडौं,१८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ श्रमिकको सम्मान हुन्छ त्यही समाज समृद्ध हुने बताउनु भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा