एजेन्सी, पुस २५
अमेरिकामा एक दिनको डढेलोले पाँच जनाको ज्यान लिएको छ । डढेलोबाट एक हजार भन्दा बढी संरचना ध्वस्त हुनुका साथै लाखौं मानिस विस्थापित भएका छन् ।
लस एन्जलसबाट विस्थापित हुनेमा अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको परिवार पनि छ । ह्यारिसको लसएन्जलसमा रहेको घर पनि डढेलोले असर पुर्याएको छ ।
मंगलबार पालिसेडबाट सुरु भएको आगोले त्यसै क्षेत्रमा सबै भन्दा बढी क्षति गरेको छ । लाखौं मानिस घर छाड्न बाध्य भएका छन् । घर छाड्नेहरू मध्य पालसेडका मात्र ३७ हजार छन् । बस्तीमा डढेलो सल्किएपछि त्यसबाट बच्न इटनबाट एक लाख जनाले घर छाडेका छन् । पालसेड इटोन, रस्ट र उड्ली गरेर चार क्षेत्रमा डढेलोले असर गरेको हो । तर हाल धेरैजसो ठाउँमा डढेलो निभिसकेको छ ।
प्यासिफिक पेलिसेडको छेवैमा रहेको सान्टा मोनिकामा पनि धेरैलाई सो स्थान छाड्नका लागि सरकारले आदेश दिएको छ । अन्य पहाडी क्षेत्रको तुलनामा बाक्लो बस्ती रहेको सो स्थानमा अहिले धेरै घरमा ढोका लगाइएका छन् र मानिस ओसार्नका लागि बस तैनाथ छन् । डढेलोका कारण १५ लाख जनाले बिजुलीको सुविधा गुमाएका छन् ।
तस्वीर : सीबीसी









