अनुशीलन

सुन्दर सृजनाका सर्जक ‘सुन्दर कुरुप’

दमक, माघ ४
जो कोहीसँग घुलमिल भइनहाल्ने अनि घुलमिल भएपछि उत्तिकै धेरै रमाइलो लाग्नुहुन्छ उहाँ । उहाँको नामको संयोजन नै अनौठो छ । कुरुप बस्तुहरुमा पनि सुन्दरताको दृष्टिले हेरेर त्यसलाई सुन्दरता भर्ने र सृजनामा उतार्न माहिर सुन्दरकुमार लावती सृजनामा ‘सुन्दर कुरुप’को नामले परिचित हुनुहुन्छ ।

 

 

दक्षिणी इलामको चुलाचुली हात्तिलेदामा पिता दल शमसेर लावती र माता रुक्मिणी लावतीका सन्तानका रुपमा वि.सं. २०३३ साल माघ २७ गते जन्मिनु भएका सुन्दरसँग आफू राम्रो संगीतकार बन्छु भन्ने इराधा थियो । त्यही सोचमा पढ्न काठमाडौं गएपनि संगीतकार बन्ने उहाँको सोचमा परिवारले साथ दिएन र साहित्य लेखनमा आफ्‌ना भावना पोख्न थाल्नुभयो ।

 

 

०५० को दशकको उत्तराद्र्धमा पूर्वमा बढेको गजल माहोलका प्रमुख अभियन्तामध्येका सुन्दर पूर्वाञ्चल गजल मञ्चमार्फत आफूलाई बाहिर ल्याउनु भयो । सृजनालाई न्याय गर्न शव्द शव्दलाई लामो समय लगाएर केलाउँदै त्यसलाई मनमनै गुनेर मनमै लेखिसकेपछि मात्र कापीमा उतार्नु हुन्छ । त्यसलाई पनि लामो समय लगाएर अन्तरमन्थन गर्दै, केलाउँदै, तौलिदै, सम्पादन गरेर मात्र बाहिर ल्याउने गम्भिरपन छ उहाँभित्र ।

 

 

सफल सर्जक हुन बहुल प्रकारको नेपाली समाजलाई बुझ्‌न, केलाउन अनि न्याय दिन सक्ने लेखनको आवश्यकता औंल्याउने उहाँ विगत २० वर्षदेखि पेशाले शिक्षक हुनुहुन्छ । पछिल्लो समय स्थानीय जनता माविमा शिक्षणमा आवद्ध उहाँ साहित्य सृजनाको गहिराईमा डुबुल्की मारेर बाँच्न रुचाउनु हुन्छ ।

 

 

कृतिगत हिसावले उहाँको हालसम्म गजल संग्रह ‘जुनको अनुहार’ र कविता संग्रह ‘पृथ्वीको आविस्कार’ प्रकाशित छ । सरल रुपमा गहनता बोकेका गजल र कविताबाट सबैको मन जित्न सफल उहाँका एकल वाचन समेत भएका छन् ।

 

 

सर्जकहरुको पुस्तक कृति प्रकाशन र प्रवद्र्धनमा जुटेको संस्था ’श्रष्ठा पब्लिकेसन’ दमकका अध्यक्ष, चुलाचुली गाउँपालिकाले गठन गरेको ‘भाषा, साहित्य, कला, संस्कृति तथा पर्यटन समन्वय समिति’का उपाध्यक्ष रहेर हाल सृजनाको संगठनात्मक गतिविधिमा सक्रिय हुनुहुन्छ ।

 

 

उहाँले २०६४ मा उर्लाबारी गजल मञ्च, २०७० मा ऐतराज केरुङ स्मृतिमा गजल पुरस्कार पाँचथर प्राप्त गर्नुभयो । २०७० मा मोतीराम भट्ट प्रतिभा पुरस्कार, २०७१ मा गजमञ्च मकवानपुर, २०७१ मै राजेश्वर रेग्मी स्मृति कोष विराटनगर, २०७९ मा जसोदा स्मृति पुरस्कारसहितका संस्थाहरुमार्फत पुरस्कार प्राप्त गर्नुभएको छ । उहाँसँग उज्यालो खबरको अनुशीलन कार्यक्रम गरिएको भलाकुसारी र उहाँका सृजना प्रस्तुति तलको भिडियोमा….

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नेपाली फुटबलको इतिहासमै पहिलो पटक गम्भीर संकट

काठमाडौँ,११ असार । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई निलम्बन गरेको घट्नाले नेपाली खेलकुदको क्षेत्रमा गम्भीर हलचल ल्याइदिएको छ । फिफा

राष्ट्रपतिद्धारा वैकल्पिक विधेयक प्रमाणीकरण

काठमाडौं,१२ असार । राष्ट्रपति रामचन्द्र पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८३ प्रमाणीकरण गर्नु भएको छ ।   बिहीबार राष्ट्रपति कार्यालयले जारी गरेको सूचना अनुसार

परीक्षाको नतिजा पारदर्शी र समयमै छ : शिक्षामन्त्री

काठमाडौं,११ असार । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशन प्रक्रिया पारदर्शी र निर्धारित समयमै सम्पन्न गरिएको बताउनु भएको छ। सामाजिक

दमक क्याम्पसमा बन्दै छ “स्मोकिङ जोन, आफ्नै “स्विमिङ पुल समेत

दमक | ११ असार | तपाईलाई सुन्दा अपत्यारिलो लाग्ला । विद्यार्थी अध्ययन गर्ने थलोमा “स्मोकिङ जोन” पनि बन्नेछ । यदि तपाईं नेपाल बाहिरका अन्तरास्ट्रिय क्याम्पसमा

रास्वपाको दस्तावेजमाथि सुदन किराँतीको टिप्पणी

काठमाडौं,११ असर । श्रम संस्कृति पार्टीका वरिष्ठ नेता तथा पूर्वमन्त्री सुदन किराँतीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशनमा प्रस्तुत दस्तावेजमाथि गम्भीर बहस नगरी ताली

बाल विकासलाई प्राथमिकतामा राख्न मुख्यमन्त्री कार्कीको जोड

विराटनगर,११ असार । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रारम्भिक बाल विकासमा गरिएको लगानीले समग्र समाजको भविष्य निर्माणमा महत्त्वपूर्ण योगदान पुग्ने बताउनु भएको छ । कोसी