मंसिर १६ गते प्रधानमन्त्री शाहद्वारा दशौँ राष्ट्रिय खेलकुदको उदघाटन हुने

सुर्खेत,१२ मंसिर । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले गर्ने हुनु भएको छ। आगामी मंसिर १६ गते बिहान १० बजे सुर्खेतको वीरेन्द्रनगर स्थित कर्णाली प्रदेश रङ्गशालामा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम तय भएको हो ।प्रतियोगिताबारे जानकारी गराउने उद्देश्यले शनिबार कर्णाली प्रदेश रङ्गशालामा आयोजित पत्रकार सम्मेलनमा उद्घाटन कार्यक्रम र प्रतियोगिताको तयारीबारे जानकारी गराइएको हो । पत्रकार सम्मेलनमा नेपाल सरकारका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, कानुनमन्त्री सोविता गौतम र महिला, बालबालिकामन्त्री सीता वादी सहभागी हुनु भएको थियो ।

 

त्यस्तै, कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाही, सामाजिक विकासमन्त्री जीतबहादुर मल्ल, कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव रविन्द्र चन्द, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहता, बोर्ड सदस्यहरू तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति थियो ।प्रतियोगिताका केही खेल औपचारिक उद्घाटनअघि नै सुरु भइसकेका छन् । मंसिर ८ गतेदेखि विभिन्न खेलका प्रतिस्पर्धा सञ्चालन भइरहेका छन् । प्रतियोगितामा सात प्रदेश, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी ११ टोली सहभागी छन् ।३२ खेलका ३८४ इभेन्ट्समा खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगितामा ३८४ स्वर्ण, ३८४ रजत र ५६९ कास्य गरी कुल एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुनेछ । आयोजकका अनुसार पौडी र शारीरिक सुगठनसहितका खेलबाट ६६ पदकको टुंगो लाग्नेछ ।

फ्लडलाइटदेखि कभर्डहलसम्मका योजना

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहताले दशौँ राष्ट्रिय खेलकुदका क्रममा कर्णाली प्रदेश रङ्गशालामा फ्लडलाइटको आवश्यकता महसुस भएको बताँउनु भएको छ। रातिको समयमा पनि खेल सञ्चालन गर्न सकिने गरी रङ्गशालामा फ्लडलाइट जडान गर्नुपर्ने आवश्यकता देखिएको उहाँको भनाइ छ ।चालु आर्थिक वर्षमै नेपाल सरकारको सहरी विकास मन्त्रालयमार्फत फ्लडलाइट जडानको प्रक्रिया अघि बढाइएको उहाँले जानकारी दिनु भयो । त्यसका लागि प्राविधिक टोलीसमेत रङ्गशालामा पुगिसकेको उहाँले बताँउनु भयो ।‘चालु आर्थिक वर्षमै नेपाल सरकारको सहरी विकास मन्त्रालयमार्फत फ्लडलाइट जडानको प्रक्रिया अगाडि बढेको छ । आजै प्राविधिकहरू पनि यस रङ्गशालामा आइपुग्नुभएको छ,’ उहाँले भन्नु भयो।

मेहताले कर्णालीमा २५ देखि ३० करोड रुपैयाँ लगानीमा कभर्डहल निर्माण गर्ने योजना पनि सार्वजनिक गर्नु भयो । त्यसका लागि जग्गा खोजी भइरहेको र स्थानीय सरकारसँग जग्गा उपलब्ध गराउन आग्रह गरिएको उहाँले बताँउनु भयो।‘कभर्डहल निर्माणका लागि पनि जग्गाको खोजी भइरहेको छ । स्थानीयस्तरमा नगरप्रमुखसँग र यहाँको सरकारसँग मैले जग्गा उपलब्ध गराइदिन आग्रह गरेको छु । त्यसमा पनि जग्गा प्राप्त हुने अवस्था भइसकेको छ,’ उहाँले भन्नु भयो।उहाँका अनुसार जग्गा प्राप्त भएपछि कभर्डहल निर्माणका लागि चालु आर्थिक वर्षमै टेन्डर प्रक्रिया सुरु गरिनेछ ।त्यसैगरी क्रिकेट रङ्गशाला निर्माणका लागि २५ करोड रुपैयाँ विनियोजन गरिएको मेहताले जानकारी दिनु भयो ।उक्त बजेट क्रिकेट रङ्गशालाको संरचना निर्माण तथा खेलकुदका आवश्यक पूर्वाधार तयार गर्न खर्च गरिने उहाँको भनाइ छ । यसका लागि पनि सहरी विकास मन्त्रालयमार्फत प्रक्रिया अघि बढाउने प्रयास भइरहेको उहाँले बताँउनु भयो ।

कर्णालीमा पहिलोपटक राष्ट्रिय खेलकुद

कर्णाली प्रदेशमा पहिलोपटक आयोजना भइरहेको राष्ट्रिय खेलकुदका अधिकांश खेल सुर्खेतमा सञ्चालन भइरहेका छन् ।पूर्वाधार अभावका कारण केही खेल लुम्बिनी प्रदेशका बाँके र बर्दियामा पनि आयोजना गरिएका छन् । प्रतियोगिताका विभिन्न खेल अन्य जिल्लाका खेलस्थलमा समेत सञ्चालन भइरहेका छन् ।प्रतियोगिताका लागि खेलस्थल, खेलाडीको आवास, खानपान, यातायात, स्वास्थ्य सेवा र सुरक्षाको व्यवस्थापन गरिएको आयोजकले जनाएको छ । उद्घाटन समारोहमा कर्णालीका विभिन्न जिल्लाको मौलिक कला, संस्कृति, भेषभूषा र परम्परा झल्किने सांस्कृतिक प्रस्तुति राख्ने तयारी गरिएको छ ।राष्ट्रिय खेलकुद परिषद्का अनुसार प्रतियोगिताको समापन मंसिर २७ गते हुनेछ । प्रतियोगिताले कर्णालीमा खेलकुदको विकास र खेल पूर्वाधार विस्तारका लागि अवसर सिर्जना गरेको छ ।प्रतियोगिताका क्रममा देखिएका पूर्वाधारका आवश्यकता सम्बोधन गर्न फ्लडलाइट, कभर्डहल र क्रिकेट रङ्गशाला निर्माणका योजना अघि बढाइएको परिषद्का सदस्यसचिव मेहताले बताँउनु भएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मंसिर १६ गते प्रधानमन्त्री शाहद्वारा दशौँ राष्ट्रिय खेलकुदको उदघाटन हुने

सुर्खेत,१२ मंसिर । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले गर्ने हुनु भएको छ। आगामी मंसिर १६ गते बिहान १० बजे सुर्खेतको

पूर्व प्रहरीको अनुभव र ऊर्जालाई देश निर्माणमा उपयोग गर्नुपर्छ : अध्यक्ष लिङ्देन

काठमाडौं ,१२ मंसिर। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्व प्रहरीहरूको अनुभव, क्षमता र ऊर्जालाई देश निर्माण तथा समाज सेवामा उपयोग गर्नुपर्ने बताँउनु

कम्युनिस्ट एकता र स्थानीय चुनावको तयारीमा छौँ : प्रचण्ड

काठमाडौं,१२ मंसिर । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वाधीनताको रक्षा, कम्युनिस्ट आन्दोलनको एकता र जनतासँग पार्टीको सम्बन्ध सुदृढ गर्न राष्ट्रिय जागरण अभियान

प्रशासनको अवरोधपछि बोडेका विस्थापित सुकुम्बासीले सडकमै बसेर खाए खाना

भक्तपुर,१२ मंसिर । भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रको होल्डिङ सेन्टरमा आश्रय लिइरहेका विस्थापित सुकुम्बासी परिवारले शनिबार बिहान सडकमै बसेर खाना खाएका छन्।सरकारले बिहीबारदेखि

भड्किलो खर्च र तामझाम त्याग्दै गृहमन्त्री गुरुङले गोरखामा परम्परागत शैलीमा विवाह गर्ने घोषणा

इटहरी,१२ मंसिर । गृहमन्त्री सुधन गुरुङले आगामी मङ्सिर १७ गते आफ्नो गृहजिल्ला गोरखामा परम्परागत गुरुङ संस्कृतिअनुसार विवाह गर्ने घोषणा गर्नु भएको छ्।तमु ह्युल छोंज धीं

आधिकारिक कांग्रेस र रूख चिह्न प्रयोग गर्न कसैले रोक्न सक्दैन : डा. महत

काठमाडौं ,१२ मंसिर। नेपाली कांग्रेसका नेता एवम १५ औं महाधिवेशनको प्रचार–प्रसार समितिका संयोजक डा.प्रकाशशरण महतले नेपाली कांग्रेसको नाम, झण्डा र रूख चुनाव चिह्न प्रयोग गर्न

विवाहपञ्चमीको निमन्त्रणा (भार) लिएर जनकपुरधामको टोली अयोध्या प्रस्थान

जनकपुर,१२ मंसिर । विवाहपञ्चमी महोत्सवमा जन्ती लिएर जनकपुरधाम आउनका लागि निमन्त्रणा दिन जनकपुरधामबाट भार लिएको समूह अयोध्याका लागि प्रस्थान गरेको छ ।शनिबार विश्व हिन्दू परिषद्