जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगिता : १५ पालिकाकै सहभागिता

दमक, माघ १७
जिल्ला समन्वय समिति झापाको आयोजनामा जिल्लामा रहेका १५ वटै पालिकाबाट प्रतिनिधिमूलक विद्यार्थीहरु सहभागी गराएर अन्तरपालिकास्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

 

हरेक पालिकाबाट ३ जना विद्यार्थी गरी कुल ४५ जना विद्यार्थीहरुले यो प्रतियोगितामा सहभागिता जनाए । सहिद दिवसको अवसरमा बुधबार जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न प्रतियोगितामा भद्रपुर नगरपालिका बिजेता बनेको छ भने दमक नगरपालिका दोस्रो भएको छ । यस्तै, गौरादह नगरपालिका तेस्रो हुँदा शिवसताक्षी नगरपालिका सान्त्वनामा सीमित बन्न पुगेको छ ।

 

प्रतियोगिताका बिजेताहरुले क्रमशः २७ हजार, २१ हजार, १५ हजार र ६ हजार रुपैँया नगद सहित पुरस्कार प्राप्त गरेका छन् ।
कार्यक्रमको दर्शकदीर्घामा प्रत्येक पालिकाका शिक्षा शाखाका प्रमुख वा प्रतिनिधि, मावि स्तरका प्रधानाध्यापक वा शिक्षक प्रतिनिधि साथै प्रतियोगितामा सहभागी भएका विद्यालयका प्रतिनिधि शिक्षकहरुको सहभागिता रहेको थियो ।

 

जिल्ला समन्वय समितिकी उपप्रमुख शान्ता रोक्का क्षेत्रीले स्वागत मन्तव्य राख्नु भयो । स्वागतका क्रममा उपप्रमुख रोक्काले भन्नु भयो ‘यसअघि हुने हाजिरीजवाफ विद्यालयको सीमाभित्र मात्रै सीमित हुन्थ्यो । त्यसले विद्यार्थीको क्षमता कस्तो रहेछ भन्ने बारेमा त्यहि विद्यालयलाई मात्रै थाहा हुन्थ्यो । तर त्यसलाई केही फराकिलो बनाउन जिल्ला स्तरीय प्रतियोगिता त्यो पनि जिल्ला समन्वय समितिले संयोजन गरेकोले विद्यार्थीहरुको सिकाईको क्षमता अझ विस्तारित हुन सक्छ ।’

 

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले यसखाले प्रतियोगिताले देश तथा विदेशको बारेमा धेरै ज्ञान प्राप्त हुने र आफ्‌नो अध्ययन क्षमता बृद्धि हुने भएकोले यसलाई निरन्तरता दिन र यसखाले बृहत प्रतियोगिताको सहभागिताले अझ सफल तुल्याउन योगदान गर्ने उल्लेख गर्नुभयो ।

 

कार्यक्रमका प्रमुख अतिथि विश्वनाथ बरालले १५ वटै पालिकाबाट प्रतिनिधित्व हुने गरी सरकार तवरबाट यसखाले प्रतियोगिता नभइरहेको परिप्रेक्षमा समन्वय कार्यालयले प्रयास गरेको उल्लेख गर्नु भयो । पालिका पालिकामा यस्ता प्रतियोगिता भएपनि त्यहाँका उत्कृष्टहरुले अर्को ठूलो मञ्च प्राप्त गर्नु पर्छ भन्ने उद्धेश्ले यो काम गरिएको उल्लेख गदैै बरालले भन्नु भयो ‘ हामीले गरेको यो अभ्यासलाई सकेसम्म निरन्तरता दिने छौं । यसबाट विद्यार्थीको क्षमता बृद्धि हुनेमा हामी पूर्ण विश्ववस्त छांै ।’

 

जिल्ला समन्वय अधिकारी अकबर प्रधानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्लास्तरका विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको समेत उल्लेख्य सहभागिता रहेको थियो । यसरी सरकारी तवरबाटै जिल्लास्तरको प्रतियोगिताले विद्यार्थीको क्षमता विकास हुन त योगदान गर्छ नै जिल्लाका प्रमुख कार्यालयहरु तथा बाहिरी ज्ञान बारेमा समेत उनीहरुले प्रत्यक्ष जानकारी पाउने भएकोले यो खाले कार्यक्रमले निरन्तरता पाउन आवश्यक छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्न क्रस रिभर बैंकको नयाँ अभियान

काठमाडौं,१३ असार । अमेरिकाको अत्याधुनिक वित्तीय पूर्वाधार निर्माणमा अग्रणी संस्था क्रस रिभर बैंकले नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्न एक अभियान सुरु गरेको छ। हाल नेपालमा

धनुषामा पेस्तोल र गोलीसहित दुई जना पक्राउ

जनकपुर,१३ असार । धनुषामा पेस्तोलसहित २ जना पक्राउ परेका छन् । जिल्लाको जनकपुरधाम उपमहानगरपालिका ०९ थापा चोकस्थित एक होटलबाट शनिबार –आज) पेस्तोल, इगल र्याप्टर लेखिएको

राप्रपा महाधिवेशन मंसिर २६ देखि २८ सम्म काठमाडौंमै हुने, मिति सर्दैनः राजेन्द्र लिङ्देन

काठमाडौं,१३ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको महाधिवेशन आगामी मंसिर २६, २७ र २८ गते काठमाडौंमा नै हुने बताउनु भएको

फुटबलरकी श्रीमतीसहित ९२० भन्दा बढीको मृत्यु!

काराकास,१३ असार । भेनेजुएलामा आएको विनाशकारी भूकम्पमा एक आमाले आफ्नी सानी छोरीलाई बचाउने क्रममा ज्यान गुमाउनु भएको छ। स्थानीय सञ्चारमाध्यम र भेनेजुएलाका फुटबलर हेक्टर बेलोका

लुकाकु बने विश्वकपमा बेल्जियमका लागि सर्वाधिक गोल गर्ने खेलाडी

काठमाडौं,१३ असार । बेल्जियमका अनुभवी फरवार्ड रोमेलु लुकाकु फिफा विश्वकप इतिहासमा बेल्जियमबाट सर्वाधिक गोल गर्ने खेलाडी बन्नु भएको छ। क्यानडाको भ्यानकुभरमा शनिबार सम्पन्न फिफा विश्वकप