दमक नगरस्तरीय ‘ग्लोबल कप बुद्धिचाल प्रतियोगिता’ सम्पन्न

दमक, माघ १८
गुणस्तरीय शिक्षामा अगाडि रहेको झापाको दमक ६ मा अवस्थित ग्लोबल एजुकेशनल एकाडेमीले दमक नगरस्तरीय ‘ग्लोबल कप खुला बुद्धिचाल प्रतियोगिता’ सम्पन्न गरेको छ ।

 

विद्यार्थीलाई औपचारिक पढाईसँगसँगै थप सृजनशील बनाउने योजनामा सिनियर, जुनियर र छात्राका गरी ३ प्रकारका खेलहरु सञ्चालन भएको विद्यालयका शिक्षक घनश्याम पथिकले जनाउनु भयो ।

 

नगरका १ दर्जन बढी विद्यालय सहभागि २ दिने प्रतियोगितामा सिनियरतर्फ ग्लोबलका श्रीयन्स चौलागाईं पहिलो, ग्लोबलकै महेश दवाडी दोस्रो र सूर्योदयका चिरायू भट्टराईले तेस्रो स्थान हाँसिल गर्नुभयो ।

 

जुनियरतर्फ इस्टर्न स्टारका दर्शन पाठक पहिलो, प्रजिता एजुकेशनल एकाडेमीका निसुङहाङ राई दोस्रो र हिमालय माविका प्रसन राई तेस्रो हुनुभयो ।

 

छात्रातर्फको प्रतियोगितामा ग्लोबलकै प्रविशा दवाडी पहिलो, सोही विद्यालयकी अनुज्ञा ढुंगाना दोस्रो र अक्सफोर्डकी प्रतिमा बास्कोटाले तेस्रो स्थान सुरक्षित गर्नुभयो ।
समापन समारोहमा पुरस्कृत विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि दमक नगर प्रमुख रामकुमार थापा, विद्यालयका प्रिन्सिपल गुणराज अधिकिारीसहितले ट्रफी, मेडल र प्रमाणपत्र वितरण गर्नुभयो ।

प्रतियोगितामा सिनियरतर्फ २४, जुनियरतर्फ २७ र छात्रातर्फ ७ जना सहभागि थिए ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मेची राजमार्गको इलाम खण्ड गम्भीर संकटमा

इलाम ,११ जेठ। पूर्वी पहाडको लाइफलाइन (जीवनरेखा) मानिने मेची राजमार्गको इलामस्थित माईखोला राजदुवाली – गोलाखर्क भञ्ज्याङ् खण्ड यतिबेला गम्भीर संकटमा परेको छ। करिब ३ किलोमिटर

जनआस्था कार्यालयको गेटमा रक्सी र ५० हजार नगद, फसाउने षड्यन्त्र  भएकाे श्रेष्ठकाे दाबी

काठमान्डौं ,११ जेठ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा निवर्तमान गृहमन्त्री सुधन गुरुङका शंकास्पद गतिविधिबारे समाचार प्रकाशन गरिरहेको जनआस्था साप्ताहिक र त्यसका प्रधानसम्पादक किशोर

समयमै आयोजना सम्पन्न गर्न कानुनी सुधारको तयारी:मन्त्री गौतम

काठमाडौं,११ जेठ। प्रतिनिधिसभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यक्षेत्र, चालु आर्थिक वर्षको प्रगति समीक्षा, आगामी कार्ययोजना तथा

नागरिकको घरदैलोमै सरकारी ‘कुरियर’

काठमाडौँ,११ जेठ।सरकारले सार्वजनिक सेवा प्रवाहलाई नागरिकको घरदैलोमै पु¥याउने उद्देश्यले सुरु गरेको सरकारी ‘कुरियर’ सेवा देशका ६० जिल्लामा विस्तार भएको छ। हुलाक सेवा विभागले राहदानी (पासपोर्ट),

सेबोन अध्यक्ष नियुक्ति आजै टुङ्गिने सम्भावना

काठमाडौं,११ जेठ । आज दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक बस्दैछ । उक्त बैठकले नेपाल धितोपत्र बोर्ड (सेबोन) को नयाँ अध्यक्ष

देशभरका ३३८ स्थानीय तहद्वारा भू–उपयोग वर्गीकरण सम्पन्न

काठमाडौं,११ जेठ । देशभरका ३३८ स्थानीय तहले भू–उपयोग वर्गीकरणको काम सफलतापूर्वक सम्पन्न गरेका छन्। भू–उपयोग योजना तर्जुमा तथा कार्यान्वयन गर्ने उद्देश्यका साथ गत चैत मसान्तसम्ममा