दमक, माघ १८
झापाको दमकस्थित जीवन चक्र समाज नेपालले विभिन्न समयमा जनचेतनामूलक अभियान संचालन गर्ने क्रममा दमक ४ मा रहेको मानसरोवर कलेज (मिस्ट) मा रक्तदान सम्बन्धि प्रशिक्षण कार्य सम्पन्न गरेको छ ।
रगत के हो रक्तदान किन गर्ने भन्ने बिषयमा समाजका अनुशासन समिति संयोजक बासुदेव काफ्लेले जानकारी गराउनु भयो । सडक सुरक्षामा हामीले किन ध्यान दिने भन्ने बिषयमा कार्यक्रम सहजीकरण संयोजक डिल्लीप्रसाद अधिकारीले जनाउनु भयो । जीवनलाई कसरी सही मार्गमा हिडाउने भन्ने बिषयमा सदस्य लक्की सिटौला (बिन्दु) जानकारी प्रदान गर्नुभयो । जीवन चक्र समाज किन स्थापना भयो यस्ले कुन कुन क्षेत्रमा काम गर्छ भन्ने सन्दर्भमा समाजका उपाध्यक्ष बेनुराज प्रसाईंले जानकारी गराउनु भयो ।
मिस्ट कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई रगत सम्बन्धि जनचेतनामूलक अभियान संचालन गरी सहयोग पुर्याएकोमा कलेजका निर्देशक टीकाप्रसाद श्रेष्ठ र कलेजका प्रिन्सिपल सागर गौतमले धन्यवाद दिनु भयो ।
जनचेतनामूलक कार्यक्रम लाई आगामी दिनमा के कसरी सुदृढ गर्न सकिन्छ भन्ने सवालसहित लिडर ट्रेनर समाजका नेत्र चम्लागाईं, रेडक्रस उपशाखा दमक सभापति प्रकाश बुढाथोकी, समाजका सिदार्थ दहाल, सुरेन्द्रकुमार श्रेष्ठको उपस्थिति रहेको समाजका अध्यक्ष गणेश गौतमले जनाउनु भयो ।









