दमकमा प्रथम रोयल स्कुलस्तरीय फुटबल माघ २९ बाट

दमक, माघ २३
झापाको दमकमा रहेका विद्यालयस्तरका विद्यार्थीहरुकालागि रनिङ सिल्ड फुटबल प्रतियोगिता यो वर्षबाट थालनी हुँदैछ ।

 

प्रतियोगिताको आयोजक रोयल स्पोर्टिङ क्लब दमकले प्रथम रोयल स्कुलस्तरीय रनिङ सिल्ड फुटबल प्रतियोगितामार्फत विद्यार्थीलाई समेट्ने भएको हो । जुन प्रतियोगिता माघ २९ बाट सुरु हुने बुधबार पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।

 

कार्यक्रमका बारेमा क्लबका अध्यक्ष राजु खड्काले जानकारी गराउँदै क्लबले राष्ट्रियस्तरको प्रतियोगिता समेत सञ्चालन गर्दै आएको उल्लेख गर्नुभयो ।
दमकका निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याव्सन) मा आवद्ध विद्यालयका विद्यार्थीहरुको सहभागिता रहने प्रतियोगितामा १० टिमबीच प्रतिष्पर्धा हुने टुंगो लागेको छ । प्रतियोगिता दमक ३ स्थित प्रस्तावित मदन भण्डारी रंगशालामा हुनेछ ।

 

खेल तालिका समेत सार्वजनिक गर्दै खेल संयोजक खगेन्द्र बजगाईंले पहिलो पटकको यो प्रतियोगितामा सेमी फाइनलमा पुग्ने चार टिमलाई अर्को वर्षको प्रतियोगितामा प्रवेश शुल्क नलिई खेलप्रति प्रोत्साहित गर्ने योजना समेत सुनाउनु भयो ।

 

प्रतियोगिताको उद्घाटन खेल इन्सपायर र सनराईज स्कुलबीच हुने छ । यसकासाथै प्रतियोगितामा पाथीभरा, मेची, हिमज्योति, सेन्कु, रोयट, अक्सफोर्ड, नेपाल जापान र इभरेष्ट बोर्डिङको टिम सहभागि छ । प्रतियोगितामा विजेताले ३० हजार, उपविजेताले २० हजार, म्यान अफ द सिरिजले ७ हजार नगदसहितका पुरस्कार प्राप्त गर्नेछन् । यो ३ वर्षे रनिङ सिल्ड हो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्न क्रस रिभर बैंकको नयाँ अभियान

काठमाडौं,१३ असार । अमेरिकाको अत्याधुनिक वित्तीय पूर्वाधार निर्माणमा अग्रणी संस्था क्रस रिभर बैंकले नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्न एक अभियान सुरु गरेको छ। हाल नेपालमा

धनुषामा पेस्तोल र गोलीसहित दुई जना पक्राउ

जनकपुर,१३ असार । धनुषामा पेस्तोलसहित २ जना पक्राउ परेका छन् । जिल्लाको जनकपुरधाम उपमहानगरपालिका ०९ थापा चोकस्थित एक होटलबाट शनिबार –आज) पेस्तोल, इगल र्याप्टर लेखिएको

राप्रपा महाधिवेशन मंसिर २६ देखि २८ सम्म काठमाडौंमै हुने, मिति सर्दैनः राजेन्द्र लिङ्देन

काठमाडौं,१३ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको महाधिवेशन आगामी मंसिर २६, २७ र २८ गते काठमाडौंमा नै हुने बताउनु भएको

फुटबलरकी श्रीमतीसहित ९२० भन्दा बढीको मृत्यु!

काराकास,१३ असार । भेनेजुएलामा आएको विनाशकारी भूकम्पमा एक आमाले आफ्नी सानी छोरीलाई बचाउने क्रममा ज्यान गुमाउनु भएको छ। स्थानीय सञ्चारमाध्यम र भेनेजुएलाका फुटबलर हेक्टर बेलोका

लुकाकु बने विश्वकपमा बेल्जियमका लागि सर्वाधिक गोल गर्ने खेलाडी

काठमाडौं,१३ असार । बेल्जियमका अनुभवी फरवार्ड रोमेलु लुकाकु फिफा विश्वकप इतिहासमा बेल्जियमबाट सर्वाधिक गोल गर्ने खेलाडी बन्नु भएको छ। क्यानडाको भ्यानकुभरमा शनिबार सम्पन्न फिफा विश्वकप