दमक, माघ २८
झापाको दमक ६ मा रहेर गुणस्तरीय औपचारिक पठनपाठनसहित सृजनशील गतिविधिमा समेत विद्यार्थीलाई सक्रिय गराउँदै आएको ग्लोबल एजुकेशनल एकेडेमीले सोमबारबाट वार्षिक खेलकुद सप्ताह कार्यक्रम सुरु गरेको छ । जसबाट विद्यार्थीहरु उत्साहित देखिएका छन् ।
एक कार्यक्रमबीच विद्यार्थीहरुको कक्षागत, विषयगत र व्यक्तिगत रुपमा सहभागि गराएर चेस, टेबल टेनिस, लुँडो, बास्केटबल खेलकासाथै कविता, गजल, चित्रकला प्रतियोगिता समेत अघि बढाइएको छ ।
भोलि एथलेटिक्स अन्तर्गत पर्ने दौड, हाइजम्प, लङजम्प, ज्याम्लिङ थ्रो, कपर्दीसहितको खेलहरु हुने विद्यालयमा भाइस प्रिन्सिपल कृष्ण गुरागाईंले जनाउनु भयो । भोलि प्रतियोगिताका फाइनल खेल सम्पन्न गरी पुरस्कार वितरण गरिने उहाँले उल्लेख गर्नुभयो ।
कार्यक्रममा ६ नम्बर वडाध्यक्ष टेकबहादुर थापासहितको आतिथ्यतामा कार्यक्रम अघि बढाइएको विद्यालयका प्रिन्सिपल गुणराज अधिकारीले जनाउनु भयो ।
विद्यालयले आफ्नो खेलकुद सप्ताह उद्घाटनको पूर्वसन्ध्यामा सडकमा विद्यार्थीहरुको मार्चपास गराएर फोहोर व्यवस्थापनको सन्देश दिइएको थियो । विद्यार्थीहरुले हिजो सडकका फोहोर उठाउँदै ‘घर सफा राखे नगर सफा हुन्छ, त्यसैले फोहोरको व्यवस्थापन घरबाटै गरौं’ भन्ने सन्देशात्मक अभियान सञ्चालन गरेका थिए ।









