‘मेरो भ्वाइस र मेरो डान्स युनिभर्स’को पूर्वको अडिसन चैत २ र ३ मा

दमक, माघ ३०
नेपालीभाषीकालागि विश्वस्तरीय अन्तर्राष्ट्रिय रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’को सिजन–२ को अडिसन पूर्वका लागि चैत २ र ३ गते बिर्तामोडमा हुने भएको छ ।

 

नेपालबाट तेस्रो मुलुक बसोबास गराइएका नेपालीभाषी भुटानीहरुले स्थापना गरेको इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाको आयोजना हुँदै आएको रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’को सिजन २ को पूर्व अडिशन बिर्तामोड हुन लागेको इन्ट्रा–नेशनल वेलफेयरका नेपाल–भारत संयोजक राजेश घतानीले बताउनु भयो ।

 

हालसम्मकै सर्वाधित पुरस्कार राशि रहेको सो प्रतियोगितामार्फत विश्वमा छरिएर रहेका नेपालीभाषीलाई एक सुत्रमा बाँध्न मद्धत पुग्ने हिसाबले कार्यक्रम आयोजना गर्न लागिएको उहाँले उल्लेख गर्नुभयो ।

 

पूर्व अडिसनमा दुवै विधामा करिब ५ सय वढीले आवेदन दिने अनुमान गर्नुभयो । अनलाइनमार्फत एक सय बढीले आवेदन दिइसकेको समेत घतानीले जानकारी दिनुभयो ।

 

नेपाली जातिका कलाकारबीच प्रतिष्पर्धा गराइने यी दुबै शो का विजेताले १ करोड, उपविजेताले २५ लाख र तेस्रो हुनेले १० लाख पुरस्कार पाउने छन् ।
गत वर्ष गायनमा प्रितम राई (भारत) र नृत्यमा खुसी कार्की (थाइल्याण्ड) ले उपाधि हात पार्नुभएको थियो । सो वर्ष ५२ देशमा बसोबास गर्ने नेपालीभाषीले यसमा प्रतिष्पर्धा गरेका थिए । अमेरिकाकासाथै नेपालको काठमाडौं सहितमा अडिसन लिइएको थियो । फाइनल प्रतिष्पर्धा नेपालमा भएको थियो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नेपाली फुटबलको इतिहासमै पहिलो पटक गम्भीर संकट

काठमाडौँ,११ असार । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई निलम्बन गरेको घट्नाले नेपाली खेलकुदको क्षेत्रमा गम्भीर हलचल ल्याइदिएको छ । फिफा

राष्ट्रपतिद्धारा वैकल्पिक विधेयक प्रमाणीकरण

काठमाडौं,१२ असार । राष्ट्रपति रामचन्द्र पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८३ प्रमाणीकरण गर्नु भएको छ ।   बिहीबार राष्ट्रपति कार्यालयले जारी गरेको सूचना अनुसार

परीक्षाको नतिजा पारदर्शी र समयमै छ : शिक्षामन्त्री

काठमाडौं,११ असार । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशन प्रक्रिया पारदर्शी र निर्धारित समयमै सम्पन्न गरिएको बताउनु भएको छ। सामाजिक

दमक क्याम्पसमा बन्दै छ “स्मोकिङ जोन, आफ्नै “स्विमिङ पुल समेत

दमक | ११ असार | तपाईलाई सुन्दा अपत्यारिलो लाग्ला । विद्यार्थी अध्ययन गर्ने थलोमा “स्मोकिङ जोन” पनि बन्नेछ । यदि तपाईं नेपाल बाहिरका अन्तरास्ट्रिय क्याम्पसमा

रास्वपाको दस्तावेजमाथि सुदन किराँतीको टिप्पणी

काठमाडौं,११ असर । श्रम संस्कृति पार्टीका वरिष्ठ नेता तथा पूर्वमन्त्री सुदन किराँतीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशनमा प्रस्तुत दस्तावेजमाथि गम्भीर बहस नगरी ताली

बाल विकासलाई प्राथमिकतामा राख्न मुख्यमन्त्री कार्कीको जोड

विराटनगर,११ असार । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रारम्भिक बाल विकासमा गरिएको लगानीले समग्र समाजको भविष्य निर्माणमा महत्त्वपूर्ण योगदान पुग्ने बताउनु भएको छ । कोसी