वाद्यवादन तालिम सम्पन्न, तालिमबाट जाग्यो उत्साह

दमक, माघ ३०
झापाको दमक ६ नम्बर वडा कार्यालयले गीतसंगीतप्रतिको सम्भावनालाई खोज्न आयोजना गरेको ३० दिने वाद्यवादन तालिम उत्साहपूर्वक रुपमा सम्पन्न भएको छ ।

 

तालिम समापन कार्यक्रममा बोल्दै कार्यक्रममा अध्यक्ष एवम् वडाअध्यक्ष टेकबहादुर थापाले सिकेको सीपलाई व्यवहारिक बनाउने कुरामा वडाको जोड रहेको जनाउनु भयो ।

 

हार्मोनियम र मादल वादन सम्बन्धिको सो तालिमको समापनका अवसरमा प्रशिक्षार्थी लक्ष्मीप्रसाद दाहाल र अम्बिका आचार्यले तालिमबाट वाद्य वादन सिक्न पाएकोमा खुसी व्यक्त गर्नुभयो । दाहाल र आचार्यसहितका सहभागिले तालिमबाट उत्साह जागेको बताएका थिए । तालिमका सहभागिलाई प्रमाणपत्र वितरण गरिएको छ ।

 

पुस २१ गतेबाट सुरु भएको तालिममा संगीत शिक्षक चन्द्रकुमारी गड्तौलाले सहजीकरण गर्नुभएको थियो । वडाको सीप प्रवद्र्धन शिर्षकमा १ लाखको बजेटमार्फतको तालिममा १३ महिला र ५ पुरुष गरी १८ जनाको सहभागिता रहेको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढीपीडितका लागि दमकमा श्रीकृष्ण रथयात्रा, भेटी राहत कोषमा जम्मा गरिने

दमक । १६ भदौ |  रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको सहयोगका लागि दमकमा आयोजना हुने श्रीकृष्ण रथयात्रामा संकलन हुने दान–भेटी राहतका लागि

एआईको बढ्दो प्रयोगसँगै साइबर सुरक्षामा चनाखो बन्न आग्रह

काठमाडौं , भदौ १६ । नेपालको डिजिटल अर्थतन्त्रमा साइबर सुरक्षा र आर्टिफिसियल इन्टेलिजेन्स(एआइ)को भूमिका प्रमुख बन्दै गएकाले सचेत बन्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् ।मंगलबार नेपाल–भारत

राहत कोषमा इप्पानको १३ करोड १ रुपैयाँ सहयोग, १२ जलविद्युत् आयोजनामा क्षति

काठमाडौं , भदौ १६ । भोटकोशी नदीमा आएको महाविपत्तिका कारण हालसम्म आठवटा सञ्चालनमा रहेका र चारवटा निर्माणाधीन गरी १२ वटा विद्युत आयोजनाका संरचना ध्वस्त भएका

भोटेकोशी प्रलयअघि नै थियो चेतावनी, किन दराजमै थन्कियो प्रतिवेदन?

काठमाडौं , १६ भदौ। २४ असार २०८२ बिहान ३ बजे रसुवास्थित नेपाल-चीन अन्तर्राष्ट्रिय नाका हुँदै बग्ने भोटेकोशी नदी (चीनतर्फको ल्हेन्दे खोला) मा अकस्मात बाढी आयो

सडक–पुलमा ३० अर्बको क्षति, पुनर्निर्माणमा ५० अर्बभन्दा बढी लाग्ने

काठमाडौं , १६ भदौ । भोटेकोशी–त्रिशूली बाढीले सडक तथा पुलमा मात्र ३० अर्ब रुपैयाँ बराबरका संरचना क्षति भएको पाइएको छ ।सडक विभागका महानिर्देशक डा. विजय