ग्लोबल एजुकेशनल एकेडेमीको वार्षिक खेलकुद सप्ताह सम्पन्न

दमक, फागुन १
झापाको दमक ६ मा रहेर गुणस्तरीय औपचारिक पठनपाठनसहित सृजनशील गतिविधिमा समेत विद्यार्थीलाई सक्रिय गराउँदै आएको ग्लोबल एजुकेशनल एकेडेमीले वार्षिक खेलकुद सप्ताह कार्यक्रम सम्पन्न गरेको छ । जसबाट विद्यार्थीहरु उत्साहित देखिएका छन् ।

 

एक कार्यक्रमबीच सोमबारबाट सुरु गरेको प्रतियोगिता बिहीबार सम्पन्न भएको हो । विद्यार्थीहरुलाई कक्षागत, विषयगत र व्यक्तिगत रुपमा सहभागि गराएर प्रतियोगिता सञ्चालन गरिएको थियो ।

 

चेस प्रतियोगितामा छात्रातर्फ सरोनी गुप्ता र छात्रतर्फ निश्चल तामाङ विजेता बन्नु भयो । टेबल टेनिसमा छात्रतर्फ सक्षम बास्कोटा पहिलो र एञ्जल गुरागाईं दोस्रो बन्नु भयो । चित्रकलातर्फ, रोजीमेरी लिम्बू पहिलो, मेरिका लावती दोस्रो, एरिका धिताल तेस्रो हुनु भयो ।

 

कविता प्रतियोगितामा रोजित बस्नेत पहिलो, श्रद्धा गौतम दोस्रो, सृजना श्रेष्ठ तेस्रो भएर पुरस्कृत बन्नु भयो । लुँडोतर्फ, छात्रमा सम्राट गौतमले पहिलो र छात्रामा आशिका बस्नेतले पहिलो स्थान हाँसिल गर्नुभयो ।

 

बास्केटबलमा विज्ञान बस्नेत म्यान अफ दी म्याच सहित सहित कुमालको टोली पहिलो बन्न सफल भयो । ज्याब्लिन थ्रोमा छात्रतर्फ लक्ष्मण ताजपुरिया, छात्रातर्फ प्रतिक्षा लिम्बू पहिलो बन्नुभयो । त्यस्तै, सन्दिप तामाङ र दिपीका भुजेल दोस्रो, देवकुमार धिमाल र कृतिका थापा तेस्रो हुनु भयो ।

 

सर्टपुट प्रतियोगिताकालागि छात्रतर्फ विनम लिम्बू, छात्रातर्फ हंगमा लिम्बू पहिलो बन्नुभयो । निलम माझी र दिपीका भुजेल दोस्रो, अर्पित थापा र प्रतिक्षा लिम्बूले तेस्रो स्थान हाँसिल गर्न सफल हुनुभयो । तातो आलुमा,रेविका इङ्नाम पहिलो, दृष्टि दाहाल दोस्रो र उपासना निरौला तेस्रो बनेको विद्यालयले जनाएको छ ।

 

छात्रातर्फको १ सयमिटर दौडमा कृतिका थापा, प्रमिला महतो र श्रद्धा ढुंगेल क्रमशः पहिलो, दोस्रो र तेस्रो बन्नु भयो । २ सयमिटर दौडमा छात्रतर्फ इन्द्र कार्की, आर्यन राई र विशाल कार्की क्रमशः पहिलो, दोस्रो र तेस्रो बन्नु भएको थियो । छात्रातर्फ चाँही कृतिका थापा, तुलसा मण्डल र प्रमिला महतो क्रमशः पहिलो, दोस्रो र तेस्रोस्थानमा उभ्याउन सफल बन्नु भएको विद्यालयका प्रिन्सिपल गुणराज अधिकारीले जनाउनु भयो । पुरस्कार वितरण कार्यक्रम बाँकी रहेको छ ।

 

विद्यालयले आफ्‌नो खेलकुद सप्ताह उद्घाटनको पूर्वसन्ध्यामा सडकमा विद्यार्थीहरुको मार्चपास गराएर फोहोर व्यवस्थापनको सन्देश दिइएको थियो । विद्यार्थीहरुले सडकका फोहोर उठाउँदै ‘घर सफा राखे नगर सफा हुन्छ, त्यसैले फोहोरको व्यवस्थापन घरबाटै गरौं’ भन्ने सन्देशात्मक अभियान सञ्चालन गरेका थिए ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढीपीडितका लागि दमकमा श्रीकृष्ण रथयात्रा, भेटी राहत कोषमा जम्मा गरिने

दमक । १६ भदौ |  रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको सहयोगका लागि दमकमा आयोजना हुने श्रीकृष्ण रथयात्रामा संकलन हुने दान–भेटी राहतका लागि

एआईको बढ्दो प्रयोगसँगै साइबर सुरक्षामा चनाखो बन्न आग्रह

काठमाडौं , भदौ १६ । नेपालको डिजिटल अर्थतन्त्रमा साइबर सुरक्षा र आर्टिफिसियल इन्टेलिजेन्स(एआइ)को भूमिका प्रमुख बन्दै गएकाले सचेत बन्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् ।मंगलबार नेपाल–भारत

राहत कोषमा इप्पानको १३ करोड १ रुपैयाँ सहयोग, १२ जलविद्युत् आयोजनामा क्षति

काठमाडौं , भदौ १६ । भोटकोशी नदीमा आएको महाविपत्तिका कारण हालसम्म आठवटा सञ्चालनमा रहेका र चारवटा निर्माणाधीन गरी १२ वटा विद्युत आयोजनाका संरचना ध्वस्त भएका

भोटेकोशी प्रलयअघि नै थियो चेतावनी, किन दराजमै थन्कियो प्रतिवेदन?

काठमाडौं , १६ भदौ। २४ असार २०८२ बिहान ३ बजे रसुवास्थित नेपाल-चीन अन्तर्राष्ट्रिय नाका हुँदै बग्ने भोटेकोशी नदी (चीनतर्फको ल्हेन्दे खोला) मा अकस्मात बाढी आयो

सडक–पुलमा ३० अर्बको क्षति, पुनर्निर्माणमा ५० अर्बभन्दा बढी लाग्ने

काठमाडौं , १६ भदौ । भोटेकोशी–त्रिशूली बाढीले सडक तथा पुलमा मात्र ३० अर्ब रुपैयाँ बराबरका संरचना क्षति भएको पाइएको छ ।सडक विभागका महानिर्देशक डा. विजय