हिसान छात्र भलिबलमा सिद्धार्थ शिशुले जित्यो उपाधि

दमक, फागुन १
विद्यार्थीहरुको खेल प्रतिभा उजागर गर्ने उद्धेश्यले झापाको दमकस्थित हिमालय माद्यमिक विद्यालयमा आयोजित छात्रतर्फको जिल्लास्तरीय हिसान कप भलिबल प्रतियोगितामा भद्रपुरस्थित सिद्धार्थ शिशु सदनले उपाधि जितेको छ ।

 

सोमबारबाट सुरु भएको प्रतियोगिताको बुधबार सम्पन्न फाइनल खेलमा आदर्श कलेज बिर्तामोडलाई पराजित गर्दै सिद्धार्थले उपाधि हात पारेको हो । प्रतियोगितामा आस्था कलेज अफ मेनेजमेन्ट दमकले तेस्रो स्थान हाँसिल गरेको थियो ।

 

कार्यक्रममा पुरस्कार वितरण समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि दमक नगर प्रमुख रामकुमार थापाले विद्यार्थीहरुको खेल कौशलताको प्रशंसा गर्दै खेलकुद विकासको महत्व दर्शाउनु भयो ।

निजी विद्यालय तथा उच्च विद्यालयको छाता संगठनका रुपमा रहेको हिसानले ग्लोबल एजुकेशनल एकेडेमी दमक ६ को व्यवस्थापनमा प्रतियोगिता आयोजना गरेको हो । गत वर्ष च्याम्पियन बनेको विद्यालयले यो वर्षको कार्यक्रम व्यवस्थापन गर्ने विधि अनुरुप ग्लोबलको व्यवस्थापनमा खेल सञ्चालन भएको छ ।
कार्यक्रमको समापनका क्रममा बोल्दै हिसानका जिल्ला अध्यक्ष टेकनाथ भण्डारीले विद्यार्थीहरुलाई खेलकुदप्रति प्रोत्साहित गर्न आयोजना भएको प्रतियोगितामा क्रिकेटको खेल समेत आयोजना गरिने जानकारी गराउनुभयो ।

 

कार्यक्रममा हिसानका कोशी प्रदेश सदस्य प्रकाश भण्डारीसहित झापा जिल्ला उपाध्यक्ष उत्तम खनाल, कोषाध्यक्ष रञ्जितकुमार शाह, ग्लोलब एजुकेशनल एकेडेमीका प्रिन्सिपल गुणराज अधिकारी, हिमालय माविका प्रधानाध्यापक द्रोणबहादुर श्रेष्ठसहितको आतिथ्यता रहेको थियो । विजेता विद्यार्थी टिमलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको छ ।

प्रतियोगिताकालागि झापाका २४ विद्यालयका विद्यार्थीका २४ टिमको सहभागिता रहेको ग्लोबलमा भाइस प्रिन्सिपल कृष्ण गुरागाईंले जनाउनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्न क्रस रिभर बैंकको नयाँ अभियान

काठमाडौं,१३ असार । अमेरिकाको अत्याधुनिक वित्तीय पूर्वाधार निर्माणमा अग्रणी संस्था क्रस रिभर बैंकले नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्न एक अभियान सुरु गरेको छ। हाल नेपालमा

धनुषामा पेस्तोल र गोलीसहित दुई जना पक्राउ

जनकपुर,१३ असार । धनुषामा पेस्तोलसहित २ जना पक्राउ परेका छन् । जिल्लाको जनकपुरधाम उपमहानगरपालिका ०९ थापा चोकस्थित एक होटलबाट शनिबार –आज) पेस्तोल, इगल र्याप्टर लेखिएको

राप्रपा महाधिवेशन मंसिर २६ देखि २८ सम्म काठमाडौंमै हुने, मिति सर्दैनः राजेन्द्र लिङ्देन

काठमाडौं,१३ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको महाधिवेशन आगामी मंसिर २६, २७ र २८ गते काठमाडौंमा नै हुने बताउनु भएको

फुटबलरकी श्रीमतीसहित ९२० भन्दा बढीको मृत्यु!

काराकास,१३ असार । भेनेजुएलामा आएको विनाशकारी भूकम्पमा एक आमाले आफ्नी सानी छोरीलाई बचाउने क्रममा ज्यान गुमाउनु भएको छ। स्थानीय सञ्चारमाध्यम र भेनेजुएलाका फुटबलर हेक्टर बेलोका

लुकाकु बने विश्वकपमा बेल्जियमका लागि सर्वाधिक गोल गर्ने खेलाडी

काठमाडौं,१३ असार । बेल्जियमका अनुभवी फरवार्ड रोमेलु लुकाकु फिफा विश्वकप इतिहासमा बेल्जियमबाट सर्वाधिक गोल गर्ने खेलाडी बन्नु भएको छ। क्यानडाको भ्यानकुभरमा शनिबार सम्पन्न फिफा विश्वकप