‘दुखी आत्मा’ र ‘रंगी’ एकसाथ प्रदर्शनमा, कस्ले मार्ला बाजी ?

दमक, फागुन २
नेपाली कथानक चलचित्र ‘दुखी आत्मा’ र ‘रंगी’ शुक्रबारदेखि नेपालभरका हलहरुमा एकसाथ प्रदर्शनमा आएका छन् ।

 

फ्राइडे रिलिज अन्तर्गत सँगैै जुधेको ‘दुखी आत्मा’ मा दीपेन्द्र लामाले निर्देशन रहेको छ भने ‘रंगी’मा सुरेश न्यौपानेको निर्देशन छ । अघिल्ला साता प्रदर्शनमा आएका ‘ममी’, ‘एक्टरः टेक वान’ लगायतले पनि अझै केही हलहरुमा निरन्तरता पाइरहँदा यी सबै चलचित्र प्रतिष्पर्धात्मक अवस्थामा छन् ।

 

निर्देशक लामाकै लेखनमा यौन शिक्षाको विषयमा निर्माण भएको ‘दुखी आत्मा’ मा दयाहाङ राई र आँचल शर्माको मुख्य भूमिका रहेको छ । यसमा यौनमा कमजोर भएको पुरुषको कथा भन्छ । दयाहाङ र आँचलकासाथै कविता आले, अनुप विक्रम शाही, बुद्धि तामाङ, लोकेन्द्र लेखक, दिया मास्के, रेयर राई, पुष्कर गुरुङ, आरती आचार्य, आशान्त शर्मा, लुनिभा तुलाधर लगायतको अभिनय छ । हिमाल कडरियाको निर्माण रहेको चलचित्रमा सुदिप ढकाल कार्यकारी निर्माता रहनु भएको छ ।

 

सलोन बस्नेत र नम्रता श्रेष्ठको मुख्य भूमिका रहेको ‘रंगी’ बाबु र छोरीको भावनात्मक कथामा निर्माण भएको छ । अभिनेता सलोन बस्नेतको निर्माणमा बनेको सो चलचित्र सुरेशको सुरेशको पहिलो निर्देशित चलचित्र हो । यसमा सक्षम सुवेदी, करिश्मा केसी बस्नेत र अनीश गौतम निर्माता रहेको फिल्ममा सलोन र नम्रताको अलवा मलिका महत, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ र विशाल पहारीको अभिनय छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

श्रम संस्कृतिको पहिलो बैठकमा सुदन किरातीको २४ बुँदे फरक प्रस्ताव

विराटनगर , १७ भदौ। श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले पार्टीलाई व्यवस्थित र संस्थागत गर्न २४ बुँदे प्रस्ताव पेस गरेका छन् ।बुधबार पार्टीको केन्द्रीय

काठमाडौँ उपत्यकामा कसरी भित्रिँदै छ ग्यास ?

काठमाडौँ , भदौ १७। अविरल वर्षापछिको आएको बाढीका कारण देशकै मुख्य लाइफलाइन (नागढुंगा–मुग्लिन सडक खण्ड) क्षतविक्षत् बनाएपछि काठमाडौँ उपत्यकामा दैनिक उपभोग्य वस्तु र इन्धनको आपूर्ति

इन्टर्नशिपका लागि गएका शिशिर सम्पर्कविहीन, कलेजको भूमिकामाथि परिवारको प्रश्न

 काठमाडौँ , भदौ १७। काठमाडौं विश्वविद्यालयमा सिभिल इन्जिनियरिङ अध्ययनरत शिशिर गिरी साउन २८ गते रसुवा लागेका थिए । रसुवा जानुको उद्देश्य माथिल्लो त्रिशूली ३बी मा

मंसिर २१ देखि २३ सम्म महाधिवेशन गर्ने देउवा पक्षको तयारी

काठमाडौं ,१७ भदौ। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले पार्टीको १५औँ महाधिवेशन आगामी मंसिरमा गर्ने प्रस्ताव गरेको छ। बुधबार चुनदेवीमा जारी बैठकमा मंसिर २१ देखि

झापाको मुस्लिम समाज विकास प्रतिष्ठानद्वारा प्रधानमन्त्री राहत कोषमा १ लाख २८ हजार जम्मा

बिर्तामोड,१७ भदौ  । भदौ १० गतेको भीषण बाढी तथा विपदबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि मुस्लिम समाज विकास प्रतिष्ठान झापाले १ लाख २८

झापामा सीमा निगरानी र तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरीद्वारा ‘गोप्रो क्यामेरा’ प्रयोग

झापा ,१७ भदौ । सीमा सुरक्षा, सूचना सङ्कलन तथा निगरानीलाई थप प्रभावकारी बनाउन झापामा सशस्त्र प्रहरीले अत्याधुनिक ‘गोप्रो क्यामेरा’ प्रयोगमा ल्याएको छ।सशस्त्र प्रहरी बल, नेपाल