त्रिवेणी साहित्य मञ्चद्वारा ह्यारिस्बर्गको पेन्सलभेनियामा साहित्यिक कार्यक्रम

पेन्सलभेनिया, फागुन ५
त्रिवेणी साहित्य मञ्चको आयोजनामा अमेरिकास्थित ह्यारिस्बर्गको पेन्सलभेनियामा एक भव्य साहित्यिक कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमअन्तर्गत श्रृङ्खला–६ मा विभिन्न साहित्यकारहरूले आफ्ना रचनाहरू वाचन गरेका थिए । उपस्थित दर्शकहरूले साहित्यिक माहोलको भरपूर आनन्द लिएका थिए ।

लेखक सोम भण्डारीद्वारा लिखित chasing an Unknown Destiny पुस्तकको विमोचन तथा गुन्जन र अन्तरा उपाध्याय दिदीबहिनीद्वारा सञ्चालित Nepsisters युट्युब च्यानलको सार्वजनिक उद्घाटन गरिएको थियो ।

 

त्रिवेणी साहित्य मञ्चका अध्यक्ष केशव बैरागी माइलोको अध्यक्षताको कार्यक्रममा डा. तुलाराम न्यौपाने प्रमुख अतिथि रहनु भएको थियो । विशेष अतिथिका रूपमा साहित्यकार सीता पाण्डे उपस्थित रहनु भएको थियो । भण्डारीद्वारा लिखित सो कृतिबारे चर्चा गर्दै डा. न्यौपाने र डा. नारद पोख्रेलले आ–आफ्ना विचार प्रस्तुत गर्नुभयो । डा. न्यौपानेका अनुसार, उक्त कृति लेखकका आफ्नै भोगाइ र जीवनका कथाहरूसँग सम्बन्धित छ । डा. नारद पोख्रेलले यस कृतिलाई सरल र सुन्दर शैलीमा प्रस्तुत गरिएको उत्कृष्ट रचना भएको टिप्पणी गर्नुभयो ।

 

सांस्कृतिक प्रस्तुतिकरणतर्फ बालकृष्ण न्यौपानेले आफ्नो सुमधुर गायनमार्फत सबैलाई मोहित पार्नुभयो भने ल्यान्कास्टरबाट आएका बालप्रतिभाहरूले आकर्षक स्वागत नृत्य प्रस्तुत गरे ।

 

कार्यक्रममा खेम अधिकारी, नारद अधिकारी, ओम घिमिरे, विनिता पुरी, गण्डकी पुत्र, तुङ्गनाथ उपाध्यायलगायत साहित्यप्रेमीहरूको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमको सफल सञ्चालन त्रिवेणी साहित्य मञ्चका सचिव नारद आचार्य “सुदामा” ले गर्नुभएको थियो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कागती खेती गर्ने किसान पलायन हुँदै

  पथरीशनिश्चरे, १२ कार्तिक | विगत ७ वर्षदेखि मोरङको पथरी शनिश्चरे वडा नं २ कालापानीमा सुरेन्द्र दाहालले व्यवसायिक रुपमा कागती खेती गर्दै आउनु भएको छ

नागरिकको सुरक्षार्थ भन्दै झापामा एमालेले बनायो २ सय जनाको यूथ फोर्स

दमक, १२ कार्तिक । जेन जि आन्दोलन पछिको परिस्थिति असामान्य बन्दै गएको र नागरिकमा डर र त्रास बढिरहेको नेकपा एमालेका केन्द्रिय सदस्य गोभिन्द थापाले बताउनु

दमकमा दुर्घटनाका कारण एकजनाको मृत्यू २१ जना घाईते

दमक, १२ कार्तिक । दमक नगरपालिका–२ पाङ्गिनी चोक नजिकको भित्री सडक खण्डमा आज राती करिबे बस दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने २१ जना घाइते

नौमती बाजामा फरक देउसी भैलो

‘अहिले देखिन छोडेको नौमती बाजा । त्यसमा देउसी खेल्नु औधी औधी राम्रो लाग्यो । यसैगरी अझै अघि बढ्नु पर्छ ।’

एसियन हाईवेमा जोखीम मोल्दै यात्रु, पाइलेपिच्छे दुर्घटनाको भय

दमक,११ कार्तिक । एसियन हाइवे , नाम नै गौरवको, तर यात्रुका लागि दुःखको पर्याय बनेको छ । लाखौँको सपना जोड्ने यो सडक अहिले आफैं यात्रुका